शुक्रबार, १९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

शुक्रबार, १९ भाद्र २०८३खेलपाटी संवाददाता
आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली
Loading ad...
mustang rice ad

काठमाडौं। ब्राजिलका फरवार्ड गाब्रियल मार्टिनेलीले आर्सनलसँगको सात वर्ष लामो यात्रा टुंग्याउँदै बिहीबार साउदी प्रो लिग क्लब अल हिलालमा आबद्ध भएका छन्।

आर्सनलले सामाजिक सञ्जाल एक्समार्फत उनी साउदी जान लागेको घोषणा गरेको हो। ‘सबै कुराका लागि धन्यवाद र शुभकामना, गाबी,’ आर्सनलले लेखेको छ।

स्थानान्तरण रकम सार्वजनिक गरिएको छैन। तर‚ सञ्चारमाध्यमका अनुसार अल हिलालले मार्टिनेलीका लागि ६ करोड पाउन्ड (८ करोड १२ लाख अमेरिकी डलर) तिरेको छ। योसँगै २५ वर्षीय मार्टिनेलीलाई आर्सनलबाट बाहिरिने सबैभन्दा महँगो खेलाडी बनेका छन्।

यसअघि आर्सनलबाट सबैभन्दा ठूलो रकममा बाहिरिएका खेलाडी एलेक्स अक्सलेड–चेम्बरलेन थिए। उनी २०१७ मा ३ करोड ५० लाख पाउन्ड (४ करोड ६३ लाख अमेरिकी डलर) मा लिभरपुल पुगेका थिए।

बायाँतर्फ खेल्ने अर्का फरवार्ड लेआन्ड्रो ट्रोसार्ड गत महिना बेसिक्टासमा स्थानान्तरण भएका थिए। त्यसलगत्तै मार्टिनेली साउदी प्रो लिग जाने निर्णय भएको हो।

आर्सनलले क्लब ब्रुगबाट क्रिस्टोस जोलिसलाई अनुबन्ध गरेको छ। तर, मार्टिनेली र ट्रोसार्ड दुवै बाहिरिएपछि टोलीको बायाँतर्फको आक्रमण कमजोर हुन सक्ने देखिएको छ।

यस सिजन एबेरेची एजेले बायाँतर्फको फरवार्डका रूपमा बढी खेल्नेछन्। क्लबभित्र भने इंग्ल्यान्डका नानी माडुके र बुकायो साकाले पनि उक्त स्थानमा खेल्न सक्ने विश्वास छ।

मार्टिनेलीले आर्सनलका लागि २७८ खेल खेले। तर‚ गत महिना म्यानचेस्टर सिटीविरुद्धको कम्युनिटी शिल्ड जित्दा उनी टोलीमा परेनन्। त्यसपछि कोभेन्ट्री र एस्टन भिल्लाविरुद्धको प्रिमियर लिग खेलमा पनि उनलाई टोलीबाहिर राखिएको थियो।

आर्सनलका पूर्वस्ट्राइकर इयान राइटले मार्टिनेलीप्रति गरिएको व्यवहारले आफूलाई असहज महसुस गराएको बताएका थिए। उनका अनुसार मार्टिनेलीले अझ बढी सम्मान पाउनुपर्ने थियो।

मार्टिनेलीले ब्राजिलका लागि २७ खेल खेलेका छन्। प्रिमियर लिगको स्थानान्तरण विन्डो मंगलबार बन्द भइसकेको छ। तर‚ साउदी प्रो लिगको स्थानान्तरण विन्डो आइतबारसम्म खुला रहनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

Loading ad...
xTreme Energy Drink
 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा