नेपाललाई सामान्य लक्ष्य
बिहिबार, १८ भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। तीव्र गतिका बलर करण केसी चम्किएसँगै नेपालले एसीसी मेन्स प्रिमियर कपमा १०४ रनको सामान्य लक्ष्य पाएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भएको हो।
मलेसियाका कप्तान सैयद अजिजले ४९ बलमा सर्वाधिक ३० रन बनाए।
अकिल वाहिदले २४ तथा विरन्दीप सिंहले १४ रन जोडे।
नेपालका करणले सर्वाधिक ४ विकेट लिए। ७.३ ओभर बलिङ गरेका उनले २३ रन खर्चिए। ललितनारायण राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट लिए।












