बिहिबार, १८ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

बायर्नको जितमा केनको २ गोल

बिहिबार, १८ भाद्र २०८३खेलपाटी संवाददाता
बायर्नको जितमा केनको २ गोल
Loading ad...
mustang rice ad

काठमाडौं। डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले दोस्रो डिभिजनको ओस्नाब्रुकलाई ४–१ ले हराउँदै बिहीबार जर्मन कपको दोस्रो चरणमा स्थान बनाएको छ। बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे।

जर्मनीका स्टार जमाल मुसियाला बायर्नको टोलीमा थिएनन्। न्युरोलोजिकल समस्याका कारण प्रि–सिजनका दुई खेलमा मैदानमै ढलेपछि उनी त्यसयता टोलीबाट बाहिर रहँदै आएका छन्।

बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पानीले शनिबार बढुवा भएको शाल्केविरुद्ध हुने लिग खेलमा मुसियाला खेल्न सक्ने सम्भावना रहेको बताए।

‘तर‚ म उनीमाथि थप दबाब सिर्जना गर्न चाहन्नँ,’ कोम्पानीले भने। तल्लो डिभिजनको टोलीविरुद्ध खेल्दा कोम्पानीले ठूलो संख्यामा खेलाडी परिवर्तन गर्ने विकल्प रोजेनन्।

उनले केनसँगै लुइस डियाज र माइकल ओलिसेलाई अग्रपंक्तिमा उतारे। यसैगरी पीएसभी आइन्डहोभनबाट नयाँ अनुबन्धित इस्माइल साइबारीले बायर्नका लागि पहिलोपटक सुरुआती टोलीबाट खेले।

ओस्नाब्रुकका रोबिन माइसनरले खेलको सुरुआतमै उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। उनले करिब ३० मिटर टाढाबाट प्रहार गर्दै बललाई पोस्टको माथिल्लो दायाँ कुनामा पुर्‍याएका थिए। गोलपछि केन र बायर्नका गोलरक्षक जोनास उर्बिगले समेत माइसनरको प्रशंसा गर्दै उनलाई बधाई दिए।

त्यसको केही समयपछि केनले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि २४औं मिनेटमा टम बिस्कोफले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए।

बायर्नले खेलको नतिजा सुनिश्चित गर्न ७३औं मिनेटसम्म कुर्नुपर्‍यो। ओलिसेले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। त्यसपछि केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको ४–१ को जित सुनिश्चित गरे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

Loading ad...
xTreme Energy Drink
बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास