शुक्रबार, १९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

शुक्रबार, १९ भाद्र २०८३खेलपाटी संवाददाता
मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने
Loading ad...
mustang rice ad

काठमाडौं। अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औं मिनेटमा एक मिनेट रोकिने भएका छन्।

अर्जेन्टिना फुटबल संघ (एएफए) ले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका सुपरस्टार लिओनल मेसीको सम्मानमा उक्त समयमा एक मिनेट ताली बजाउने कार्यक्रम तय गरेको हो।

मेसीले सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका थिए। ३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि खेल्दा अधिकांश समय १० नम्बरको जर्सी लगाएका छन्।

एएफएले बुधबार राति जारी गरेको विज्ञप्तिमा पुरुष र महिला दुवैका सबै डिभिजन तथा विधाका आगामी खेलमा पहिलो हाफको १०औं मिनेटमा खेल रोकेर मेसीको राष्ट्रिय टोलीसँगको करिअरको सम्मानमा एक मिनेट ताली बजाउने जनाएको छ।

त्यसैगरी, स्क्रिन जडान गरिएका रंगशालामा खेल सुरु हुनुअघि एएफएको आधिकारिक भिडियो पनि प्रसारण गर्न निर्देशन दिइएको छ।

इन्टर मियामीका स्टार मेसीले यसै ग्रीष्ममा भएको विश्वकपमा अर्जेन्टिनालाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेले। आठ खेलमा उनले आठ गोल गरेका थिए। यससँगै उनको अन्तर्राष्ट्रिय गोलसंख्या १२५ पुगेको छ, जसमा विश्वकपमा गरेका २१ गोल पनि समावेश छन्।

मेसीले सोमबार इन्स्टाग्राममा राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गर्दै आफूले धेरै सोचविचार गरेपछि यो निर्णय लिएको बताएका थिए। उनले राष्ट्रिय टोलीका लागि खेल्दा आफूले सधैं सक्दो प्रयास गरेको र मैदानमा सबै कुरा दिएको उल्लेख गरेका थिए।

यो मेसीको दोस्रो अन्तर्राष्ट्रिय सन्यास हो। सन् २०१६ मा चिलीविरुद्ध कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि उनले पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। तर पछि निर्णय फिर्ता लिँदै उनले अर्जेन्टिनालाई २०२२ को विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिका उपाधि जिताउन नेतृत्व गरे।

मेसीले मेजर लिग सकर (एमएलएस) मा जारी सिजन नै आफ्नो अन्तिम सिजन हो वा होइन भन्नेबारे भने केही बताएका छैनन्।

विश्वकै उत्कृष्ट खेलाडीका रूपमा आठपटक बालोन डी’ओर जितेका मेसी अहिले इन्टर मियामीमा चौथो सिजन खेलिरहेका छन्। गत सिजन उनले मियामीलाई पहिलोपटक एमएलएस कप उपाधि जिताउन नेतृत्व गर्नुका साथै लगातार दोस्रोपटक लिगको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) को अवार्ड जितेका थिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

Loading ad...
xTreme Energy Drink
नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

नेपाललाई विशाल लक्ष्य

नेपाललाई विशाल लक्ष्य

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित