आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

बिहिबार, ०५ असार २०८२खेलपाटी संवाददाता
गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई
mustang rice ad

काठमाडौं । एमेच्योर गल्फर राहुल विश्वकर्मालेसूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपालप्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।

समग्रमा २१ अन्डर २ सय ६७ को स्कोरमा नेपाल नम्बरएक प्रोफेसनलगल्फर भुवन नगरकोटीलाई २ स्ट्रोकलेहराउँदै करियरकै उपाधि जितेका हुन्। राहुलले आज ५-अन्डर ६७ को स्कोर गरे।

राहुलले यो सिजनको दोस्रो उपाधि जिते। यसअघि उनलेसिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनजितेका थिए। समग्रमा १९-अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटीदोस्रो भए। उनले आज ८-अन्डर ६४ को स्कोर गरे। प्रोतर्फपहिलोभएका उनले नगद ३ लाख प्राप्त गरे। एमेच्योरसदभाव आचार्य समग्रमा १८-अन्डर २ सय ७० को स्कोरमातेस्रो भए। उनलेआज ५-अन्डर ६७ को स्कोर बनाए। उनीएमेच्योरतर्फ दोस्रो भए।

साबिक विजेता सुबाश तामाङ समग्रमा १५-अन्डर २ सय ७३सहित चौथो भए। उनले आज इभन-पार ७२ स्कोर गरे। प्रोतर्फउनी दोस्रो हुँदा नगद १ लाख ८५ हजार प्राप्त गरे।भुटानका एमेच्योर निम दोर्जी तामाङ समग्रमा १४-अन्डर २सय ७४ सहितपाँचौं स्थानमा रहे। उनले आज ६-अन्डर ६६को उत्कृष्ट स्कोर गरे। एमेच्योरतर्फ उनी तेस्रो भए।

धरानका प्रो निरज तामाङले आज १-ओभर ७३ स्कोर गरे।समग्रमा १०-अन्डर २ सय ७८ सहित छैटौं भए। प्रोतर्फ तेस्रोभएकाउनले १ लाख २५ हजार नगद हात पारे। उनी आगामीसिजनको नम्बर एक खेलाडी बनेका छन्। उनले यो सिजनतीन उपाधिसहित सर्वाधिक ८ लाख ६७ हजार ५ सय नगदपुरस्कार प्राप्त गर्दै अर्डर अफ मेरिटमा पहिलो भए।


दिनेश प्रजापति समग्रमा ९-अन्डर २ सय ७९ को स्कोरमासातौं भए। उनले आज २-अन्डर ७० स्कोर गरे। प्रोतर्फ चौथो हुँदैनगद १ लाख ५ हजार प्राप्त गरे। शुक्र बहादुर राईसमग्रमा ८-अन्डर २ सय ८० सहित आठौं भए। आज ५-अन्डर६७ स्कोर गरे।प्रो तर्फ पाँचौं भएका उनले नगद ९२ हजारहात पारे।

समग्रमा ३-अन्डर २ सय ८५ को स्कोरमा प्रो सञ्जय लामा रएमेच्योर वाङ्चेन ढोन्डुपले संयुक्तरुपमा नवौं स्थान बाँडे। सञ्जयले इभन-पार ७२ र वाङ्चेनले २-अन्डर ७० मा आजको खेल सकाए। प्रो तर्फ छैटौं भएका सञ्जयले ८४ हजार प्राप्त गरे। यस्तै रविखड्का, धन बहादुर थापा, जयराम श्रेष्ठ र तोरण विक्रम शाही प्रो तर्फ उत्कृष्ट दशमारहे।

तेस्रो दिनका लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित५-अन्डर ३१ स्कोर गरे। उनले पहिलो, तेस्रो, छैटौं, सातौं रनवौंहोलमा बर्डी प्रहार गरे। ११औं र १२औं होलमा पनिएक-एक सट बचाउँदा २३-अन्डरमा स्कोर पुर्याइसकेकाथिए। तर ४-पारको१४औं होलमा डबल बोगी खेप्दा ब्याकनाइन इभन-पार ३६ मा सकाए।

भुवन नगरकोटीले तेस्रो होलमा इगलको सफलता प्राप्त गरे।चौथो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दे फ्रन्ट नाइन ५-अन्डर ३१मा सकाए। यसपछि ११औं, १२औं, १५औं र१७औं होलमा एक-एक सट बचाए। १४ औं होलको बोगीलेब्याक नाइन ३-अन्डर३३ मा पुरा गरे।

सदभावले फ्रन्ट नाइनमा इभन-पार ३६ खेले। तेस्रो होलमाडबल बोगी खेपे। छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दाआठौंहोलमा एक सट खेर फाले। यसपछि १२औं‌ होलमाइगलको सफलता प्राप्त गर्दा ११औं, १४औं र १५औं होलकोबर्डीले ब्याकनाइन ५-अन्डर‌ ३१ मा सकाए।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशकरवि कुमार रायवरम र नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठलेपुरस्कार वितरण गरे। एनपिजिएद्वारा आयोजित चार दिने प्रतियोगितामाहालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेकोथियो। जहाँ ३७ प्रोर १८ एमेच्योर गरी कुल ५५ गल्फरले सहभागीता जनाएका थिए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bajaj Pulsar Motorcycle Ad
test post

test post

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने