नामिबियासँग नेपालको हार

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल ८ विकेटले पराजित भएको छ । नेदरल्याण्ड्समा भएको लिग टू अन्तर्गतको सिरिजमा नेपालले फराकिलो हार ब्यहोरेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य नामिबियाले ३७ दशमलव ४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
जान फ्राइलिन्कले अविजित ७८ रनको पाली खेलेपछि नामिबियाले सहज जित निकालेको हो । ओपनर माइकल वेन लिंगनले ५१ रन बनाएर राम्रो सुरुवात दिलाएका थिए ।
नेपालका नन्दन यादव र रोहित पौडेलले समान एक एक विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ५७ रनमा समेटियो । नेपालका कप्तान रोहित पौडेलले बनाएको ३१ रनको ब्यक्तिगततर्फ उच्च स्कोर रह्यो । दिपेन्द्र सिंह ऐरीले ३० र गुलसन झाले २० रन बनाए ।
एकदिवसीय मान्यताका लागि महत्वपुर्ण मानिएको प्रतियोगितामा नेपालले राम्रो प्रर्दशन गर्न सकेको छैन । अब जित सहित नामिबियाले २४ अंक सहित नेपालसँग अंक बराबरी गरेको छ ।














