शुक्रबार, ०८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

सोमबार, २५ जेठ २०८३खेलपाटी संवाददाता
पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने
Loading ad...
mustang rice ad

काठमाडौं। तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डीएभी खेल्ने भएका छन्।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न पहिलाे सेमिफाइनलमा डीएभी स्कुलले जेम्स स्कुललाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। डीएभीका लागि प्रसिद्ध जैशीले २८ बलमा ९ चौकासहित ४९ रनको उत्कृष्ट इनिङ्स खेले। बिराज जैसवालले ३७, सत्याम बस्नेतले १६ तथा मयंक शाहले १० रन जोडे।

जेम्सका स्वराज चौलागाईंले ३ विकेट लिए भने प्रगव पाण्डे, प्रचेत लखोटिया र अन्जन झाले समान १–१ विकेट लिए।

१३१ रनको लक्ष्य पछ्याएको जेम्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। स्वराज चौलागाईंले २७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। सुदिश पौडेलले १६ तथा प्रचेत लखोटियाले १५ रनको योगदान दिए।

डीएभीका लागि कुञ्जन आचार्यले २ विकेट लिए भने प्रसिद्ध जैशी, कमल शाही र केशव अग्रवालले समान १–१ विकेट लिए। डीएभीका प्रसिद्ध जैशी ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

दोस्रो सेमिफाइनलमा पुलिस स्कुलले सैनिक आवासीय महाविद्यालयलाई ८ रनले पराजित गर्दै डीएभीसँगको भेट पक्का गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिस स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो। पुलिसका लागि प्रियंशुकिशोर राउतले ३६ रनको योगदान दिए। यस्तै मोहम्मदअब्बास साफीले ३२, राकेशकुमार साहले अविजित २१ तथा सुनिल ठाकुरले २० रन बनाए।

सैनिकका सफल पौडेलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। आभाष केसी र रोशन तिवारीले समान २–२ विकेट हात पारे।

१४७ रनको लक्ष्य पछ्याएको सैनिकले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो। उसका लागि राजदिप आचार्यले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ऋषव साहले १९ तथा रोशन तिवारीले ११ रन जोडे।

पुलिसका प्रियंशुकिशोर राउत, सुनिल ठाकुर, आर्यन साह, सुजित यादव र सागर सिंहले समान १–१ विकेट लिए। खेलमा पुलिसका प्रियंशु ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

अब प्रतियोगिताको उपाधिका लागि पुलिस स्कुल र डीएभीबीच मंगलबार फाइनल प्रतिस्पर्धा हुनेछ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान १० बजेबाट सुरु हुनेछ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनल समीकरण पूरा

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालको लगातार हार

नेपालको लगातार हार

विश्वकपमा म्याच फिक्सिङ भएन !

विश्वकपमा म्याच फिक्सिङ भएन !

नेपाल कठिन समूहमा

नेपाल कठिन समूहमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी

विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा स्पेनका तीन खेलाडी