बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

बुधबार, २० श्रावण २०८३खेलपाटी संवाददाता
भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!
Loading ad...
mustang rice ad

काठमाडौं। रियल मड्रिड र ब्राजिलियन स्टार भिनिसियस जुनियरबीच नयाँ सम्झौताबारे भइरहेको वार्ता निर्णायक चरणमा पुगेको छ।

ईएसपीएनको रिपोर्टअनुसार स्पेनिस क्लबले यसै साता भिनिसियसका प्रतिनिधिहरूसँग अन्तिम चरणको छलफल गर्ने तयारी गरेको छ। तर‚ पारिश्रमिकका विषयमा रियल आफ्नो अडानबाट पछि हट्ने पक्षमा छैन। क्लबले यसअघि दिएको प्रस्तावभन्दा एक युरो पनि बढी दिन नसकिने स्पष्ट संकेत दिएको छ।

क्लब विश्वकपपछि रियलले भिनिसियसलाई नयाँ सम्झौताको प्रस्ताव दिएको थियो। उक्त प्रस्तावअनुसार २६ वर्षीय विंगरले प्रतिसिजन करिब २२ मिलियन युरो पारिश्रमिक पाउनेछन्। क्लबका आन्तरिक स्रोतका अनुसार यही रकम नै रियलको अन्तिम प्रस्ताव हो।

यता भिनिसियस र उनका प्रतिनिधिहरू भने वार्षिक करिब ३० मिलियन युरो पारिश्रमिकको मागमा छन्। यसका कारण दुवै पक्षबीच अझै पनि करिब ८ मिलियन युरोको अन्तर कायम छ। हाल भिनिसियसले वार्षिक करिब १७ मिलियन युरो पारिश्रमिक लिइरहेका छन्।

उनको वर्तमान सम्झौता सन् २०२७ को जुनसम्म कायम छ। यदि नयाँ सम्झौतामा सहमति नभए आगामी जनवरीदेखि उनले विदेशी क्लबहरूसँग प्रि-कन्ट्र्याक्ट सम्झौताबारे औपचारिक रूपमा छलफल गर्न पाउनेछन्।

ईएसपीएनका अनुसार यस साताको वार्तामा रियलका प्रमुख स्काउट जुनी कालाफाटले क्लबको तर्फबाट नेतृत्व गर्नेछन्। सन् २०१८ मा फ्लामेङ्गोबाट भिनिसियसलाई रियलमा भित्र्याउन कालाफाटले महत्त्वपूर्ण भूमिका खेलेका थिए। अहिले पनि उनलाई लामो समयसम्म क्लबमै राख्ने प्रयासको जिम्मेवारी उनकै काँधमा छ।

पारिश्रमिकको विषयमा मतभेद रहे पनि दुवै पक्षबीच संवाद भने निरन्तर जारी छ। भिनिसियसका प्रतिनिधिहरूका अनुसार यो उनको करिअरकै सबैभन्दा महत्त्वपूर्ण सम्झौता हुनेछ।

रियलमा आबद्ध भएपछि उनले यूईएफए च्याम्पियन्स लिगका दुईवटा फाइनलमा गोल गर्दै टोलीका मुख्य खेलाडीका रूपमा आफूलाई स्थापित गरेका छन्। त्यसैले नयाँ सम्झौतामा आफ्नो योगदानअनुसारको सम्मान र पारिश्रमिक पाउनुपर्ने उनीहरूको धारणा छ।

यदि सम्झौता हुन नसके परिस्थिति फरक मोडमा जान सक्छ। नयाँ सम्झौता पूर्ण रूपमा असफल भए रियलले यही समरमा भिनिसियसलाई बेच्ने विकल्पसमेत विचार गर्न सक्ने बताइएको छ। त्यस अवस्थामा क्लबले उनको ट्रान्सफर शुल्क करिब १५० मिलियन युरो निर्धारण गर्न सक्नेछ। यद्यपि‚ त्यसबेला उनको सम्झौतामा एक वर्ष मात्र बाँकी रहनेछ।

यसैबीच, पूरा समरभरि भिनिसियसप्रति सबैभन्दा बढी चासो देखाउने क्लब इङ्लिस प्रिमियर लिग च्याम्पियन आर्सनल रहेको बताइएको छ। हालसम्म कुनै औपचारिक प्रस्ताव सार्वजनिक नभए पनि विभिन्न रिपोर्टका अनुसार खेलाडीका प्रतिनिधिहरूसँग अनौपचारिक छलफल भइसकेको छ। त्यसैले एमिरेट्स स्टेडियममा भिनिसियसको सम्भावित आगमनबारे चर्चा पनि तीव्र बन्दै गएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

अल्भारेजलाई भित्र्याउन बार्सिलोनालाई सकस

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

भिनिसियसलाई एक युरो पनि बढी तिर्न तयार छैन रियल!

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार