बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

बुधबार, २० श्रावण २०८३खेलपाटी संवाददाता
करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’
Loading ad...
mustang rice ad

अधिकांश समय साना क्लब र तल्लो डिभिजनका टोलीमा बिताएका केप भेर्डेका अनुभवी गोलरक्षक जोसिमार एभोरा डियास (भोजिन्हा)ले अन्ततः आफ्नो करिअरको सबैभन्दा ठूलो क्लबमा स्थान बनाएका छन्।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वभरका फुटबल समर्थकको मन जितेका ४० वर्षीय गोलरक्षकलाई चिलीको सबैभन्दा सफल क्लब कोलो–कोलोले मंगलबार औपचारिक रूपमा सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा उनले भने,‘मैले धेरै वर्ष साना क्लब र साना लिगमा खेलें। तर‚ मनभित्र सधैं आफू ठूलो क्लबका लागि खेल्न योग्य छु भन्ने विश्वास थियो। त्यसैले कोलो–कोलोबाट प्रस्ताव आएपछि निर्णय गर्न कुनै कठिनाइ भएन।’

क्लबले जुलाईको अन्त्यतिर नै उनको अनुबन्ध घोषणा गरे पनि केही प्रशासनिक प्रक्रियाका कारण उनी चिली पुग्न ढिलाइ भएको थियो। उनले अन्य क्लबबाट पनि प्रस्ताव आएको स्वीकार गरे। तर‚ कोलो–कोलो नै आफ्नो पहिलो रोजाइ रहेको बताए।

उनले भने,‘पहिलो दिनदेखि नै म कहाँ खेल्ने भन्ने निर्णय गरिसकेको थिएँ। धेरै प्रस्ताव आए, तर मेरो प्राथमिकता सधैं कोलो–कोलो नै थियो।’

जर्सीमा उपनाम राख्न विशेष अनुमति

अनुबन्ध प्रक्रियामा एउटा रोचक समस्या पनि आएको थियो। चिलीको फुटबल नियमअनुसार खेलाडीले जर्सीमा आफ्नो कानुनी थर लेख्नुपर्ने व्यवस्था छ।

तर‚ आफू जीवनभर चिनिएको ‘भोजिन्हा’ नाम हटाउनुपर्ने सम्भावनाले आफू निराश भएको उनले बताए। अन्ततः चिली फुटबल महासंघले विशेष अनुमति दिएपछि उनले जर्सीमा पुरानै नाम प्रयोग गर्न पाउने भएका छन्।

उनले भने,‘भोजिन्हा मेरो जीवनभरको परिचय हो। केप भेर्डेमा यसको विशेष महत्त्व छ र अहिले संसारभर यही नामले चिनिन्छु। यदि मेरी हजुरआमा आज जीवित हुनुहुन्थ्यो भने उहाँ गर्व गर्नुहुन्थ्यो। उहाँको सम्मानमा करिअरभर यही नाम प्रयोग गर्न चाहन्छु।’

उनी आइतबार सान्टियागो विमानस्थल पुगेका थिए, जहाँ समर्थकले झण्डा, ब्यानर र बाजागाजासहित भव्य स्वागत गरेका थिए।

सोमबार स्वास्थ्य परीक्षण पूरा गरी उनले सम्झौतामा हस्ताक्षर गरे भने मंगलबार टोलीसँग पहिलो प्रशिक्षण पनि गरे। उनी आइतबार हुने शीर्ष स्थानमा रहेको कोलो–कोलो र युनियन ला कालेराबीचको लिग खेलबाट पहिलो पटक मैदान उत्रिन सक्ने सम्भावना छ।

विश्वकपपछि नयाँ अध्याय

उनले विश्वकप आफ्नो फुटबल जीवनको सबैभन्दा ठूलो अनुभव भए पनि अहिले कोलो–कोलोबाट खेल्न पाउनु आफ्नो क्लब करिअरकै सबैभन्दा ठूलो उपलब्धि भएको बताए।

उनले भने,‘विश्वकप मेरो करिअरको अविस्मरणीय क्षण थियो। तर त्यो अब इतिहास बनिसकेको छ। अहिले कोलो–कोलो जस्तो प्रतिष्ठित क्लबको प्रतिनिधित्व गर्नु मेरो क्लब करिअरकै सबैभन्दा ठूलो उपलब्धि हो।’

स्पेन, उरुग्वे र अर्जेन्टिनाजस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनी विश्वभर चर्चामा आएका थिए। विश्वकपअघि ५० हजारभन्दा कम रहेका उनका सामाजिक सञ्जालका अनुयायी केही सातामै करिब तीन करोड पुगेका थिए। उनी विश्वकपको सर्वोत्कृष्ट ११ खेलाडीमा पनि परेका थिए।

अब दक्षिण अमेरिकामा नयाँ चुनौती सुरु गर्दै उनले टोलीको सफलताका लागि कडा मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने,‘विश्वकपमा संसारका उत्कृष्ट टोलीविरुद्ध खेल्नु ठूलो दबाबको विषय थियो। अब म मेहनत गरेर कोलो–कोलोलाई आफ्नो लक्ष्य पूरा गर्न सहयोग गर्न चाहन्छु।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो