फेरि एरिका फाइनलमा पराजित
आइतबार, २९ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ डब्लुकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन्।
चीनको लेसनमा जारी प्रतियोगिताको सेमिफाइनलमा इटलीकी खेलाडी फेराकुटी क्लियोलाई पराजित गर्दै एरिक स्वर्णनजिक पुगेकि थिइन्। उनले ६८ केजीमाथि तौलसमूहमा फेराकुटीलाई ८–३ ले पराजित गरेकी हुन्।
तर, स्वर्णका लागि भएको प्रतिस्पर्धामा उनी काजकिस्तानकी सोफिया बर्लुतशोभासँग २-१ ले पराजित भइन्।
गत जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन्। प्रिमियर लिग वर्षमा ४ पटक हुन्छ। उनी उक्त प्रतियोगिता बर्लुतशोभासँगै पराजित भएकी थिइन्।







-1775576795965.jpeg&w=3840&q=75)





-1775932166938.webp&w=3840&q=75)

