शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित

शनिबार, २० भाद्र २०८३खेलपाटी संवाददाता
एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित
Loading ad...
mustang rice ad

काठमाडौं। गोलरक्षक अल्भारो भालेसले इन्ज्युरी समयमा किलियन एमबाप्पेको पेनाल्टी बचाएपछि रियल बेटिसले रियल मड्रिडलाई स्पेनिस ला लिगामा शुक्रबार १–० ले पराजित गरेको छ।

ला कार्टुजा रंगशालामा भएको खेलमा ट्रोय पारोटले ८१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। बेटिसविरुद्धको हार रियलका प्रशिक्षक जोसे मोरिन्होको यस सिजन बेन्चमा फर्किएपछिको पहिलो पराजय हो।

खेलको अन्तिम समयमा रियलले बराबरी गर्ने अवसर पाएको थियो। भिनिसियस जुनियरले बायाँतर्फबाट बल लिएर गोललाइनतर्फ अघि बढ्ने क्रममा बेटिसका डिफेन्डर नातानले हतारमा ट्याकल गर्दा पेनाल्टी प्राप्त भयो।

पेनाल्टी लिन आएका एमबाप्पेले केही क्षण रोकिँदै बलको दिशा तय गरे। उनले तल्लो बायाँतर्फ प्रहार गरे पनि भालेसले डाइभ गर्दै बल नियन्त्रणमा लिए। त्यससँगै बेटिसले अप्रत्याशित जित सुनिश्चित गर्‍यो।

भालेसले खेलअघि एमबाप्पेले प्रहार गर्ने पेनाल्टीको अध्ययन गरेको र आफूले सही दिशा अनुमान गर्न सफल भएको बताए।

‘हामीलाई लागिरहेको थियो कि हामीले यो रोक्न सक्छौं, तर त्यसका लागि केही भाग्य पनि चाहिन्छ,’ भालेसले भने‚ ‘उनी गोलरक्षकलाई चाँडै निर्णय गर्न बाध्य पार्न निकै माहिर छन् र आफूले कहाँ प्रहार गर्दैछु भन्ने संकेत दिँदैनन्। म भाग्यमानी रहें, त्यसलाई रोक्न सकें।’

भालेसले खेलभर उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले पहिलो हाफमै जुड बेलिङ्घमको हेडरलाई डाइभ गर्दै रोकेका थिए। एमबाप्पेको पेनाल्टी बचाउनु भने उनको प्रदर्शनको सबैभन्दा महत्त्वपूर्ण क्षण बन्यो। पेनाल्टी बचाएपछि उनले उत्सव मनाउँदै एमबाप्पेसँग छाती ठोक्काएका थिए।

एमबाप्पेले यस सिजनको सुरुआत भने प्रभावशाली रूपमा गरेका छन्। उनले तीनमध्ये दुई खेलमा गोल गरेका छन्, जसमा एक खेलमा ह्याट्रिकसमेत गरेका थिए।

तर‚ सेभियामा भएको खेलमा उनी आफ्नो उत्कृष्ट लयमा देखिएनन्। पेनाल्टी गुमाउनुका साथै पहिलो हाफमा भिनिसियसले गोलरक्षक भालेसलाई आफ्नो स्थानबाट बाहिर निकालेर दिएको अवसरमा उनले लगातार दुईपटक प्रहार गरे पनि दुवै प्रयास बेटिसका फरक–फरक डिफेन्डरलाई लागेर रोकिएका थिए। एमबाप्पेको अर्को प्रहार गोलको फ्रेममा लागेर बाहिरिएको थियो।

यस समरममा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका एमबाप्पेले रियलका लागि मंगलबार च्याम्पियन्स लिगको सुरुआती खेलमा सुधार गर्ने अवसर पाउनेछन्। उक्त खेलमा रियलले इन्टर मिलानको सामना गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिभरपुलको जितमा  इसाकको २ गोल

लिभरपुलको जितमा इसाकको २ गोल

फाइनलमा सलहेस र फिदिम भिड्दै

फाइनलमा सलहेस र फिदिम भिड्दै

मेसीको सम्मानमा  १०औं मिनेटमा खेल एक मिनेट रोकिने

मेसीको सम्मानमा १०औं मिनेटमा खेल एक मिनेट रोकिने

Loading ad...
xTreme Energy Drink
लिभरपुलको जितमा  इसाकको २ गोल

लिभरपुलको जितमा इसाकको २ गोल

एसियाड खेलाईलाई  ‘भीआईपी’ सुविधा

एसियाड खेलाईलाई ‘भीआईपी’ सुविधा

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित

कराते टोली जापान लाग्यो

कराते टोली जापान लाग्यो

सगरमाथाको सुखद् सुरुआत

सगरमाथाको सुखद् सुरुआत

एसियन गेम्स तयारी गर्न  योंङगी र इभाना थाइल्यान्ड  प्रस्थान

एसियन गेम्स तयारी गर्न योंङगी र इभाना थाइल्यान्ड प्रस्थान

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

नेपाललाई विशाल लक्ष्य

नेपाललाई विशाल लक्ष्य