एसियाड खेलाईलाई ‘भीआईपी’ सुविधा
शनिबार, २० भाद्र २०८३खेलपाटी संवाददाता

काठमाडौं। जापानमा हुने २०औं एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ।
एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीहरूले पहिलोपटक ‘भीआईपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्।
‘खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा भीआईपी पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौं। सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना,’ शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फेसबुकमा लेखेका छन्।
उनका अनुसार राष्ट्रिय खेलाडीहरूको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भिआइपी कक्षको प्रयोगको व्यवस्था गरिएको हो।







-1787661904658.jpeg&w=3840&q=75)

-1788574492302.webp&w=3840&q=75)


-1788540913069.jpeg&w=3840&q=75)


