पीएसजीको पहिलो हार
-1788574492302.webp&w=3840&q=75)
काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वानमा मोनाकोसँग २–१ ले पराजित भएको छ।
घरेलु मैदानमा पीएसजीका लागि मार्किन्होसले ३१औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि मोनाकोले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
मोनाकोका लागि फ्लाभियो नाजिन्होले ५८औं मिनेटमा बराबरी गोल गरे। स्टानिस इडुम्बोले ७२औं मिनेटमा निर्णायक गोल गरे।
यो जितसँगै मोनाको लिग वानको शीर्ष स्थानमा पुगेको छ। उसले सिजनका सुरुआती तीनवटै खेल जितेको छ।
पीएसजीले भने लिगको पहिलो दुई खेलमा रेनेस र लिलसँग समान २–२ को बराबरी खेलेको थियो। गत महिना फ्रेन्च सुपर कपमा लेन्ससँग १–० ले पराजित भएको पीएसजीका लागि यो सिजनको पहिलो लिग हार हो।
पीएसजीको हार क्लबले प्रशिक्षक लुइस एनरिकेसहित केही खेलाडीको सम्झौता नवीकरण घोषणा गरेको केही घण्टापछि आएको हो। जोआओ नेभेस, लुकास बेराल्डो, सेन्नी मायुलु र विलियन पाचोले सन् २०३१ सम्मका लागि नयाँ सम्झौता गरेका छन्। फाबियन रुइजको सम्झौता भने सन् २०२८ सम्म लम्ब्याइएको छ।
यसैबीच, अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनलाई मोनाकोको टोलीमा समावेश गरिएको थिएन। उनको एभर्टनमा हुने भनिएको स्थानान्तरण यो साता असफल भएपछि उनी टोलीबाट बाहिर रहेका हुन्।










-1788540913069.jpeg&w=3840&q=75)

