एनरिके पीएसजीमै बस्ने

काठमाडौं। युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र प्रशिक्षक लुइस एनरिकेबीचको सम्झौता सन् २०३० सम्म थपिएको छ। क्लबले शुक्रबार सम्झौता विस्तारको घोषणा गरेको हो।
५६ वर्षीय एनरिकेको अघिल्लो सम्झौता आगामी समरमा सकिँदै थियो। उनको नेतृत्वमा पीएसजीले लगातार दुईपटक च्याम्पियन्स लिगको उपाधि जित्नुका साथै तीनपटक फ्रेन्च लिगको उपाधि हासिल गरेको छ।
पीएसजीमा आबद्ध हुनुअघि एनरिकेले स्पेनको राष्ट्रिय टोली सम्हालेका थिए। त्यसअघि उनले बार्सिलोनालाई युरोपियन कपको उपाधि दिलाएका थिए। फ्रान्स आएपछि उनले पीएसजीको लामो समयदेखिको युरोपियन सफलताको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।
शुक्रबार मोनाकोविरुद्धको लिग वान खेलअघि पीएसजीले केही मुख्य खेलाडीको सम्झौता पनि विस्तार गरेको घोषणा गरेको छ।
जोआओ नेभेस, लुकास बेराल्डो, सेन्नी मायुलु र विलियन पाचोले सन् २०३१ सम्मका लागि नयाँ सम्झौता गरेका छन्। फाबियन रुइजको सम्झौता भने सन् २०२८ सम्म थपिएको छ।







-1788574492302.webp&w=3840&q=75)




-1788540913069.jpeg&w=3840&q=75)