शनिबार, २० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीलाई फेरि फर्काउन चाहन्छ अर्जेन्टिना

शनिबार, २० भाद्र २०८३खेलपाटी संवाददाता
मेसीलाई फेरि फर्काउन  चाहन्छ अर्जेन्टिना
Loading ad...
mustang rice ad

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरिसकेका छन्। उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल स्पेनविरुद्धको विश्वकप फाइनल थियो।

उक्त खेलमा अर्जेन्टिना १–० ले पराजित भएको थियो। सो खेल सकिएको दुई दिनपछि नै मेसीले सन्न्यास लिएका थिए। तर, बुबाको मृत्युपछि मात्रै उनले उक्त कुरा सार्वजनिक गरेका थिए।

तर, विश्व फुटबलमै तहल्का मच्चाएका मेसीले यसरी राष्ट्रिय टोलीबाट बिदा लिने अपेक्षा धेरैले गरेका थिएनन्। त्यसैले अर्जेन्टिना फुटबल संघ (एएफए) ले देशका महान् खेलाडीलाई उचित सम्मानसहित बिदाइ गर्न चाहेको छ।

अर्जेन्टिनाका सञ्चारमाध्यमका अनुसार मेसीको राष्ट्रिय टोलीसँगको यात्रा औपचारिक रूपमा अन्त्य भए पनि उनलाई घरेलु मैदानमै विशेष बिदाइ दिने योजना अघि बढिरहेको छ। आगामी फिफा विन्डोमा मेसीका लागि विशेष खेल आयोजना गर्ने विषयमा छलफल भइरहेको छ।

यद्यपि, योजना अहिलेसम्म निश्चित भइसकेको छैन। एएफएले सबैभन्दा पहिले मेसी स्वयं अर्को एउटा खेल खेल्न इच्छुक छन् कि छैनन् भन्ने यकिन गर्न चाहेको छ। योजना कार्यान्वयन भए अर्जेन्टिनाका समर्थकले घरेलु मैदानमै आफ्ना महान् खेलाडीलाई प्रत्यक्ष रूपमा बिदाइ गर्ने अवसर पाउनेछन्।

आगामी फिफा विन्डो सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म चल्नेछ। यस अवधिमा अर्जेन्टिनाले दुई वा तीनवटा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको छ। केही रिपोर्टमा अर्जेन्टिनाले तीन वा चारवटासम्म खेल खेल्न सक्ने उल्लेख गरिएको छ। तर‚ प्रतिद्वन्द्वी टोली, मिति र खेलस्थल भने अहिलेसम्म तय भएको छैन।

अर्जेन्टिनाका पत्रकार पाब्लो ग्राभेलोने भन्छन्,‘सबै संकेतले मेसीले घरेलु मैदानमा अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल खेल्ने सम्भावना देखाएको छ।’

सम्भावित खेलस्थलका रूपमा राजधानी ब्युनस आयर्सस्थित एस्तादियो मोनुमेन्ताललाई हेरिएको छ। अर्जेन्टिनाले नियमित रूपमा घरेलु खेल खेल्ने यो मैदानमा मेसीलाई बिदाइ गर्ने सम्भावना बढी रहेको बताइएको छ। मेसीको जन्मस्थान रोसारियोमा रहेको मैदानमा खेल आयोजना गर्ने सम्भावना पनि छ।

टीएनटी स्पोर्ट्स अर्जेन्टिनाका म्याक्सिमिलियानो ग्रिलोका अनुसार सेप्टेम्बरमा दुई वा तीनवटा मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा अर्जेन्टिना काम गरिरहेको छ। उनका अनुसार ती खेल ब्युनस आयर्स, कोर्दोबा वा रोसारियोमा हुन सक्छन्।

एएफएले यस विषयमा अहिलेसम्म औपचारिक घोषणा गरेको छैन। त्यसैले मेसीलाई घरेलु मैदानमा बिदाइ गर्ने योजना अहिले चर्चामै सीमित छ। अन्तिम निर्णयअघि एएफएले मेसीसँग छलफल गरेर उनी उक्त विशेष खेलमा सहभागी हुन इच्छुक छन् कि छैनन् भन्ने टुंगो लगाउनुपर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !

एनरिके पीएसजीमै बस्ने

एनरिके पीएसजीमै बस्ने

Loading ad...
xTreme Energy Drink
ताप्लेजुङ गोल्डकपको  उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकपको उपाधि फेरि सलहेसलाई

ताप्लेजुङ गोल्डकप  फाइनलअघि मेसीलाई  सम्मान !

ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !

मेसीलाई फेरि फर्काउन  चाहन्छ अर्जेन्टिना

मेसीलाई फेरि फर्काउन चाहन्छ अर्जेन्टिना

एनरिके पीएसजीमै बस्ने

एनरिके पीएसजीमै बस्ने

पीएसजीको पहिलो हार

पीएसजीको पहिलो हार

लिभरपुलको जितमा  इसाकको २ गोल

लिभरपुलको जितमा इसाकको २ गोल

एसियाड खेलाईलाई  ‘भीआईपी’ सुविधा

एसियाड खेलाईलाई ‘भीआईपी’ सुविधा

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित

एमबाप्पेको पेनाल्टी रोक्दै रियलमाथि बेटिसको जित