ताप्लेजुङ गोल्डकप फाइनलअघि मेसीलाई सम्मान !

ताप्लेजुङ। चौथो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकपको फाइनल खेलअघि विश्वप्रसिद्ध फुटबल खेलाडी लिओनल मेसीलाई विशेष सम्मानसहित सम्झना गरिएको छ।
शुक्रबार फाइनल खेल सुरु हुनुअघि मैदानमा मेसीको तस्बिरसहितको ब्यानर प्रदर्शन गर्दै विश्व फुटबलमा उनले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गरिएको हो।
आयोजकले मेसीको २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्राको चर्चा गर्दै अर्जेन्टिनाका लागि उनले राखेको योगदानको प्रशंसा गरेको थियो। ३९ वर्षीय मेसीले हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
उनले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन् भने विश्वकप उपाधिसहित छ वटा विश्वकपमा सहभागिता जनाउने कीर्तिमान पनि बनाएका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
मेसीलाई सम्मान गर्दै सुरु भएको फाइनलमा सिराहाको सलहेस युवा क्लब ले पाँचथरको फिदिम स्पोर्टिङ क्लब लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको छ।
उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख ५२ हजार ८३ रुपैयाँ नगद प्राप्त गरेको छ।









-1788574492302.webp&w=3840&q=75)


