सानदार लयमा रहेको स्विट्जरल्यान्डलाई क्यानडा र कतारको चुनौती
विश्वकप फुटबलको सह-आयोजक क्यानडामाथि यसपटक ठूलो दबाब छ। घरेलु समर्थकहरूको साथ पाएको क्यानडाले इतिहासमै पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
विश्वकप फुटबलको सह-आयोजक क्यानडामाथि यसपटक ठूलो दबाब छ। घरेलु समर्थकहरूको साथ पाएको क्यानडाले इतिहासमै पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
फिफा विश्वकपको उद्घाटन खेल समूह ‘ए’ अन्तर्गत जुन ११ मा मेक्सिको सिटीमा हुनेछ। उक्त खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव तथा युद्धको प्रभावका बाबजुद इरानले फिफा विश्वकपमा सहभागिता जनाउँदैछ।
फिफा विश्वकप २०२६ को समूह ‘डी’ मा आयोजक राष्ट्र अमेरिका, टर्की, पाराग्वे र अस्ट्रेलिया छन्। यी चार टोलीबीचको प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ। विशेषगरी अमेरिकाले गत वर्ष मैत्रीपूर्ण खेलहरूमा यी तीनै टोलीसँग खेलिसकेको अनुभव बोकेको छ।
४८ टोली सहभागी हुने विस्तारित विश्वकप प्रतियोगिताले विगतका जस्तै ‘ग्रुप अफ डेथ’ (सबै बलिया टोली एउटै समूहमा पर्ने अवस्था) को सम्भावना धेरै हदसम्म घटाएको छ। तर, समूह ‘एल’ भने अपवादजस्तै देखिन्छ।
तीन पटक विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्यान्ड्स यसपटक इतिहास बदल्ने लक्ष्यमा छ।
चार पटकको विश्वकप विजेता जर्मनी र पहिलो पटक विश्वकपमा स्थान बनाएको सानो राष्ट्र कुरासाओ विश्व फुटबलका दुई विपरीत ध्रुवका टोली हुन्।
विश्वकप २०२६ मा समूह ‘एल’ ले पुरानो सम्झना र नयाँ महत्वाकांक्षा दुवै बोकेको छ। जब फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलविरुद्ध आफ्नो विश्वकप अभियान सुरु गर्नेछ, धेरैलाई सन् २००२ को विश्वकप उद्घाटन खेल सम्झना आउनेछ।
विश्वकप २०२६ मा अर्जेन्टिनाले उपाधि रक्षा गर्ने लक्ष्य मात्र बोकेको छैन, कप्तान लिओनल मेसीका लागि यो सम्भावित अन्तिम विश्वकप पनि हुन सक्छ। त्यसैले समूह ‘जे’ मा रहेको अर्जेन्टिनाको प्रत्येक खेल विशेष महत्वको हुनेछ।
दक्षिण एसियाली महिला फुटबलमा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा अब अर्को सेमिफाइनलमात्र होइन।
विश्वकपको इतिहासमा एउटा यस्तो संस्करण पनि थियो जहाँ कुनै औपचारिक फाइनल खेल नै आयोजना गरिएको थिएन।
युरोपियन च्याम्पियन स्पेन र दक्षिण अमेरिकी फुटबल शक्तिराष्ट्र उरुग्वे २०२६ विश्वकपको समूह ‘एच’ का मुख्य आकर्षण हुन्। यस समूहमा साउदी अरेबिया र पहिलो पटक विश्वकपमा पुगेको सानो अफ्रिकी राष्ट्र केप भर्डे पनि छन्।