दबाबमा रहेको जर्मनी
-1780472588914.webp&w=3840&q=75)
चार पटकको विश्वकप विजेता जर्मनी र पहिलो पटक विश्वकपमा स्थान बनाएको सानो राष्ट्र कुरासाओ विश्व फुटबलका दुई विपरीत ध्रुवका टोली हुन्।
जुन महिनामा हुने विश्वकपको समूह ‘ई’ मा यी दुई टोलीसँगै आइभोरी कोस्ट र इक्वेडर पनि छन्।
जर्मनीमाथि यसपटक विशेष दबाब रहनेछ। किनभने २०१४ मा विश्वकप जितेपछि उसले लगातार दुई संस्करणमा समूह चरण पार गर्न सकेको छैन।
समूह चरण पार गर्न नसकेको जर्मनी
प्रशिक्षक जुलियन नागेल्समनको टोलीमा लिभरपुलका ‘प्लेमेकर’ मिडफिल्डर फ्लोरियन भिर्ट्स मुख्य खेलाडी मानिन्छन्।
-1780472597862.webp)
१.९८ मिटर अग्ला स्ट्राइकर निक वोल्टेमाडे विपक्षी रक्षापंक्तिका लागि ठूलो चुनौती हुन् भने १८ वर्षीय मिडफिल्डर लेनार्ट कार्ल प्रतियोगिताको ‘ब्रेकआउट स्टार’ बन्न सक्ने अपेक्षा गरिएको छ।
यद्यपि, मार्चमा स्विट्जरल्यान्डविरुद्ध ४–३ को मैत्रीपूर्ण जितमा तीन गोल खानुले जर्मनीको रक्षात्मक कमजोरीबारे चिन्ता बढाएको छ। साथै, रियल मड्रिडका अनुभवी डिफेन्डर एन्टोनियो रुडिगरलाई बेन्चमा राख्ने नागेल्समनको निर्णयमाथि पनि प्रश्न उठिरहेका छन्।
पूर्वकप्तान तथा गोलकिपर मानुएल नोयरको भरपर्दो उत्तराधिकारी अझै भेटिएको छैन। डिफेन्डर नाथानियल ब्राउनले अमेरिकाका लागि खेल्ने अवसर त्यागेर जन्मभूमि जर्मनीको प्रतिनिधित्व गर्ने निर्णय गरेका छन्।
पहिलो विश्वकप खेल्दै कुरासाओ
झन्डै १ लाख ५६ हजार जनसंख्या भएको कुरासाओ विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो राष्ट्र बनेको छ। विश्व फुटबलको महाशक्ति जर्मनीविरुद्धको पहिलो खेल उसलाई निकै कठिन हुनेछ।
-1780472605994.webp)
प्रतियोगिताको तयारीका क्रममा टोलीले झट्का पनि बेहोरेको छ। अनुभवी डच प्रशिक्षक डिक एड्भोकाटले आफ्नी छोरीको स्वास्थ्य समस्याका कारण फेब्रुअरीमा पद त्यागेका थिए।
उनको स्थानमा नेदरल्यान्ड्सका क्लब एफसी ट्वेन्टे, पीएसभी, फेयनोर्ड तथा जर्मनीको शाल्के ०४ का पूर्वप्रशिक्षक फ्रेड रुटेन नियुक्त भएका छन्।
क्यारिबियन क्षेत्रमा रहेको कुरासाओमा शताब्दीयौंसम्म डच उपनिवेश थियो। त्यसैले टोलीमा नेदरल्यान्ड्समा जन्मिएका तथा हुर्किएका खेलाडीहरूको संख्या उल्लेखनीय छ।
१२ वर्षपछि विश्वकप फर्किएको आइभोरी कोस्ट
आइभोरी कोस्ट २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको हो। राष्ट्रिय फुटबलका महान् खेलाडी डिडियर ड्रोग्बा र याया टुरेको सन्न्यासपछि टोलीले लामो समय संघर्ष गर्नुपरेको थियो।
-1780472613811.webp)
तर, अहिले नयाँ पुस्ताले टोलीलाई पुनः उचाइमा पुर्याएको छ। २०२४ मा अफ्रिका कप अफ नेसन्स जितेको आइभोरी कोस्टले विश्वकप छनोटमा पनि आफ्नो समूहको शीर्ष स्थान हासिल गर्दै १२ वर्षपछि विश्वकप यात्रा सुनिश्चित गर्यो।
आइभोरी कोस्टले यसअघि तीन पटक विश्वकप खेलेको भए पनि समूह चरण पार गर्न सकेको छैन।
प्रशिक्षक एमेर्स फाए २०२४ अफ्रिका कप अफ नेसन्सका क्रममा टोलीमा नियुक्त भएका थिए। उनले नै राष्ट्रलाई उपाधिसम्म पुर्याएका हुन्।
म्यानचेस्टर युनाइटेडका फरवार्ड अमाद डियालो नयाँ पुस्ताका मुख्य स्टारका रूपमा हेरिएका छन्।
२० वर्षपछि समूह चरण पार गर्ने लक्ष्य राखेको इक्वेडर
मिडफिल्डर मोइसेस काइसेडो २०२३ मा ब्राइटनबाट चेल्सीमा १४ करोड ६० लाख डलरमा अनुबन्ध भएपछि बेलायती फुटबल इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका थिए।
-1780472621957.webp)
विश्वकपमा २० वर्षपछि समूह चरण पार गर्ने लक्ष्य राखेको इक्वेडरका लागि काइसेडो मुख्य खेलाडी हुनेछन्। टोलीले आफ्नो इतिहासमा एकपटक मात्र विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ।
इक्वेडरले छनोट प्रतियोगितामा सुरुआतमै तीन अंक कटौतीको सजाय भोगे पनि साबिक विजेता अर्जेन्टिनापछि दोस्रो स्थान हासिल गर्दै विश्वकपमा स्थान सुरक्षित गर्यो।
फरवार्ड एनर भ्यालेन्सिया छनोट चरणमा इक्वेडरका सर्वाधिक गोलकर्ता बने। उनले टोलीका कुल १४ गोलमध्ये ६ गोल गरेका थिए।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


