समूह ‘एल’ अर्थात् ‘ग्रुप अफ डेथ’
-1780711875069.webp&w=3840&q=75)
४८ टोली सहभागी हुने विस्तारित विश्वकप प्रतियोगिताले विगतका जस्तै ‘ग्रुप अफ डेथ’ (सबै बलिया टोली एउटै समूहमा पर्ने अवस्था) को सम्भावना धेरै हदसम्म घटाएको छ। तर, समूह ‘एल’ भने अपवादजस्तै देखिन्छ। यो समूहमा युरोपका दुई बलिया टोली इङ्ल्यान्ड र क्रोएसिया आमनेसामने हुनेछन्।
इङ्ल्यान्ड लगातार दुईपटक युरोपियन च्याम्पियनसिपको उपविजेता बनेको टोली हो भने क्रोएसियाले २०१८ को विश्वकपमा फाइनल र २०२२ मा सेमिफाइनल यात्रा तय गरेको थियो। यस समूहमा फिफा वरीयताको ३३औं स्थानमा रहेको पनामा र युरोपमा खेलिरहेका स्टार खेलाडीहरू समेटिएको घाना पनि छन्।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको इङ्ल्यान्ड
सन् १९६६ मा आफ्नै भूमिमा विश्वकप जितेपछि इङ्ल्यान्डले अर्को ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। त्यसयता समर्थकहरूले लामो समयदेखि ‘इट्स कमिङ होम’ गीत गाएर आशा र निराशाको मिश्रित भावना व्यक्त गर्दै आएका छन्।
यद्यपि, पछिल्ला आठ वर्षमा इङ्ल्यान्डले मुख्य प्रतियोगिताहरूमा लगातार राम्रो प्रदर्शन गरेको छ। टोलीले २०१८ विश्वकपको सेमिफाइनल, २०२१ र २०२४ युरोपियन च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गरेको थियो।
यी सफलताहरू पूर्वप्रशिक्षक ग्यारेथ साउथगेटको नेतृत्वमा सम्भव भएका थिए। युरो २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि साउथगेटले पद छाडे र उनको स्थानमा जर्मन प्रशिक्षक थोमस टुचेल नियुक्त भए।
टुचेलको नेतृत्वमा इङ्ल्यान्डले छनोट चरणमा शतप्रतिशत जित निकाल्दै एक गोल पनि नखाई विश्वकपमा स्थान बनायो। तर, टोलीको प्रदर्शन सधैं प्रभावशाली भने देखिएको छैन र युरोपछि टोली अझ बलियो बनेको छ कि कमजोर भन्ने प्रश्न उठिरहेको छ।
विश्वकप जित्न नसकेका मोड्रिच
क्रोएसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीका रूपमा परिचित छ। स्वतन्त्र राष्ट्र बनेपछि १९९८ मा पहिलोपटक विश्वकप खेल्दै तेस्रो स्थान हासिल गरेको यो टोलीले २०१८ मा फाइनल र २०२२ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
४० वर्षीय लुका मोड्रिच अझै पनि टोलीका मुख्य खेलाडी हुन्। रियल मड्रिडका पूर्वस्टार मोड्रिचले क्लब करिअरमा ६ पटक च्याम्पियन्स लिग जितेका छन्। २०१८ विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याएपछि उनले विश्व फुटबलको प्रतिष्ठित बालोन डी'ओर पुरस्कार समेत जितेका थिए।
-1780711888327.webp)
पहिलेजस्तो धेरै स्टार खेलाडी नभए पनि एमएलएसमा खेल्ने पेटार मुसा र मार्को पासालिच अमेरिकी समर्थकमाझ परिचित नाम हुन्। म्यानचेस्टर सिटीका मिडफिल्डर मातेयो कोभाचिच चोटका कारण लामो समय मैदानबाहिर रहे पनि विश्वकपसम्म पूर्ण रूपमा फिट हुने अपेक्षा गरिएको छ।
लयमा नरहेको घाना
घानाका लागि सबैभन्दा चर्चित खेलाडी एन्टोइन सेमेन्यो हुन्। उत्कृष्ट प्रदर्शनपछि उनले जनवरीमा ८७ मिलियन डलरमा म्यानचेस्टर सिटीमा अनुबन्ध गरेका थिए।
घानाले पछिल्ला ६ मध्ये पाँच विश्वकपमा स्थान बनाएको छ। टोलीको सबैभन्दा ठूलो सफलता २०१० मा क्वार्टरफाइनल पुग्दा हासिल भएको थियो।
-1780711904333.webp)
त्यो प्रतियोगितामा उरुग्वेका लुइस सुआरेजले अतिरिक्त समयको अन्तिम मिनेटमा गोललाइनमा हातले बल रोकेका थिए। त्यसपछि घानाले पेनाल्टी पाएको भए पनि आसामोआ ग्यानले गोल गर्न सकेनन्। अन्ततः उरुग्वेले टाइब्रेकर जित्दै सेमिफाइनल प्रवेश गरेको थियो। उक्त घटना विश्वकप इतिहासकै सबैभन्दा विवादास्पद क्षणमध्ये एक मानिन्छ।
त्यसपछि घाना समूह चरण पार गर्न असफल रहँदै आएको छ। यसपटक विश्वकपमा छनोट भए पनि टोली हालैको अफ्रिका कप अफ नेसन्सका लागि छनोट हुन सकेन।
विश्वकप तयारीका क्रममा लगातार चार मैत्रीपूर्ण खेल हारेपछि प्रशिक्षक ओटो अड्डोलाई मार्चमा बर्खास्त गरिएको थियो। उनको स्थानमा पूर्व रियल म्याड्रिड प्रशिक्षक कार्लोस क्वेइरोज नियुक्त भएका छन्।
सम्भावना बोकेको पनामा
पनामाले आफ्नो इतिहासमा दोस्रोपटक विश्वकप खेल्दैछ। यसअघि टोलीले २०१८ मा पहिलोपटक विश्वकप खेलेको थियो।
पनामाले छनोट चरणमा आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्यो। पछिल्ला वर्षहरूमा टोलीले उल्लेखनीय प्रगति गरेको छ। २०२३ गोल्ड कप र २०२५ कन्काकाफ नेसन्स लिगमा फाइनलसम्म पुग्नु त्यसको उदाहरण हो।
-1780711917448.webp)
लिड्स युनाइटेड पूर्वप्रशिक्षक थोमस क्रिस्टियानसेनले २०२० देखि टोली सम्हाल्दै पनामाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।
समूह ‘एल’मा इङ्ल्यान्ड र क्रोएसिया अन्तिम चरणमा पुग्ने मुख्य दाबेदार मानिए पनि पनामा तेस्रो स्थानका लागि बलियो प्रतिस्पर्धी बन्न सक्छ। राम्रो प्रदर्शन गर्न सके उसले अन्तिम ३२ को चरणमा स्थान बनाउने सम्भावना पनि कायम राखेको छ।









-1786022688387.jpeg&w=3840&q=75)
-1786005627596.jpeg&w=3840&q=75)


