साफ च्याम्पियनसिप फेरि सर्यो
बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप २०२६ निर्धारित समयमै नहुने भएको छ। यसअघि प्रतियोगिता २१ सेप्टेम्बरदेखि ६ अक्टोबरसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो।
बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप २०२६ निर्धारित समयमै नहुने भएको छ। यसअघि प्रतियोगिता २१ सेप्टेम्बरदेखि ६ अक्टोबरसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो।
चार वर्षअघि कतारमा भएको विश्वकपमा साउदी अरबले फुटबल इतिहासकै सबैभन्दा ठूलो अप्रत्याशित नतिजामध्ये एक निकाल्दै शक्तिशाली अर्जेन्टिनालाई पराजित गरेको थियो।
स्पेनले दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित प्रतियोगितामा प्रवेश गर्दा टोलीको सबैभन्दा ठूलो आशा १८ वर्षीय लामिन यमलमाथि हुनेछ।
विश्वकप फुटबलको सह-आयोजक क्यानडामाथि यसपटक ठूलो दबाब छ। घरेलु समर्थकहरूको साथ पाएको क्यानडाले इतिहासमै पहिलो पटक समूह चरण पार गर्ने लक्ष्य राखेको छ।
नेपालले एसियन गेम्स छनोटको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ।
फिफा विश्वकपको उद्घाटन खेल समूह ‘ए’ अन्तर्गत जुन ११ मा मेक्सिको सिटीमा हुनेछ। उक्त खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव तथा युद्धको प्रभावका बाबजुद इरानले फिफा विश्वकपमा सहभागिता जनाउँदैछ।
फिफा विश्वकप २०२६ को समूह ‘डी’ मा आयोजक राष्ट्र अमेरिका, टर्की, पाराग्वे र अस्ट्रेलिया छन्। यी चार टोलीबीचको प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ। विशेषगरी अमेरिकाले गत वर्ष मैत्रीपूर्ण खेलहरूमा यी तीनै टोलीसँग खेलिसकेको अनुभव बोकेको छ।
भारतले सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
विश्वकप सुरु हुनुअघि चार पटकको विश्वच्याम्पियन जर्मनीलाई ठूलो धक्का लागेको छ। टोलीका प्रतिभाशाली फरवार्ड लेनार्ट कार्ल तीघ्राको चोटका कारण आगामी विश्वकपबाट बाहिरिएका छन्।
४८ टोली सहभागी हुने विस्तारित विश्वकप प्रतियोगिताले विगतका जस्तै ‘ग्रुप अफ डेथ’ (सबै बलिया टोली एउटै समूहमा पर्ने अवस्था) को सम्भावना धेरै हदसम्म घटाएको छ। तर, समूह ‘एल’ भने अपवादजस्तै देखिन्छ।
अब मात्र ६ दिन बाँकी छ। जुन ११ को मध्यरातमा मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेलसँगै फिफा विश्वकपको २३औँ संस्करण सुरु हुँदैछ।