बुधबार, १० भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफ च्याम्पियनसिप फेरि सर्‍यो

सोमबार, २५ जेठ २०८३खेलपाटी संवाददाता
साफ च्याम्पियनसिप फेरि सर्‍यो
Loading ad...
mustang rice ad

बंगलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप २०२६ निर्धारित समयमै नहुने भएको छ। यसअघि प्रतियोगिता २१ सेप्टेम्बरदेखि ६ अक्टोबरसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो।

तर, यो प्रतियोगिता पछि सारिएको छ। भारतीय फुटबल टोलीले फिफा आसियान कप २०२६ मा सहभागी हुने निमन्त्रणा स्वीकार गरेपछि प्रतियोगिताको मिति परिवर्तन गरिएको हो। दुवै प्रतियोगिता एउटै अन्तर्राष्ट्रिय खेल तालिकाभित्र पर्ने भएकाले साफले नयाँ मिति तय गर्ने निर्णय गरेको छ।

अब साफ च्याम्पियनसिप नोभेम्बरमा आयोजना हुने सम्भावना छ। फिफा विन्डो ९–१७ नोभेम्बर रहने भएकाले प्रतियोगिता केही दिनअघि नै सुरु गरिन सक्ने बताइएको छ।

प्रतियोगिता किन सारियो?

भारत दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो शक्ति र महत्त्वपूर्ण बजार भएकाले उसको अनुपस्थितिमा प्रतियोगिताको आकर्षण र प्रभाव घट्ने अनुमान गरिएको छ। त्यसैले सदस्य राष्ट्रहरूको सहमतिमा प्रतियोगिता पछि सार्ने निर्णय गरिएको साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए।

‘राष्ट्रको आकार, फुटबलको स्तर र बजारका दृष्टिले भारतको उपस्थिति अत्यन्त महत्त्वपूर्ण छ। हामीले सबै सात सदस्य राष्ट्रसँग छलफल गरेर प्रतियोगिता सार्ने सहमति गरेका छौं,’ उनले भने।

यसअघि प्रतियोगिता पुरानै मितिमा भए भारतले २३ वर्षमुनिको टोली पठाउने सम्भावनाबारे पनि छलफल भएको थियो। तर, भारत एसियाली खेलकुदमा सहभागी हुने स्वीकृतिको प्रतीक्षामा रहेकाले त्यो सम्भावना कमजोर देखिएको थियो।

कमजोर टोली सहभागी हुँदा प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर प्रभावित हुने कट्टेल बताउँछन्। ‘२३ वर्षमुनिको टोली पठाउनु प्रतियोगिताका लागि राम्रो हुने थिएन। यदि भारत एसियाली खेलकुदमा पनि सहभागी भयो भने टोली झन् कमजोर बन्थ्यो। कुनै पनि राष्ट्र हार्नका लागि प्रतियोगितामा आउँदैन, यहाँ प्रतिष्ठाको विषय पनि जोडिएको हुन्छ। त्यसैले छोटो समय भए पनि नोभेम्बर सबैका लागि उपयुक्त विकल्प हुन्छ,’ उनले भने।

प्रतियोगिता नोभेम्बरमा सारिए पनि अर्को ठूलो चुनौती भनेको क्लबहरूले आफ्ना खेलाडी ‘रिलिज’ गर्ने या नगर्ने भन्ने हो। प्रतियोगिता फिफा विन्डो सुरु हुनुअघि नै सुरु हुने सम्भावना रहेकाले क्लब र राष्ट्रिय टोलीबीच समन्वय आवश्यक हुनेछ।

हालै एकता कपमा मोहन बागान क्लबले आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको क्याम्पबाट फिर्ता बोलाएको घटना तथा साफ महिला च्याम्पियनसिपमा मनिषा कल्याण अन्तर्राष्ट्रिय खेल तालिका आएपछि मात्र टोलीमा सामेल हुन पाएको उदाहरण यसका संकेत हुन्।

विशेषगरी पाकिस्तान, बंगलादेश र श्रीलंकाका धेरै खेलाडी विदेशमा व्यावसायिक फुटबल खेलिरहेका छन्। यी राष्ट्रका खेलाडीको दोहोरो नागरिकता भएका कारण उपलब्धताको विषय थप जटिल बन्न सक्ने देखिएको छ।

‘विदेशमा खेलिरहेका धेरै खेलाडी भएकाले दर्ता प्रक्रिया कसरी सञ्चालन गर्ने भन्ने विषयमा थप छलफल गर्नुपर्नेछ। त्यसैले प्रतियोगिता केही दिनअघि सुरु गर्नुपर्ने अवस्था आउन सक्छ,’ कट्टेल भन्छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

Loading ad...
xTreme Energy Drink
नेपाल र एसीटी भिड्दै

नेपाल र एसीटी भिड्दै

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम