बंगलादेशविरुद्ध नेपालको अपराजित यात्रा (भाग ३)
२०२१ सेप्टेम्बर ९, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । पछिल्लो समय बंगलादेशले महिला फुटबलमा राम्रै लगानी गरेको छ र त्यसको प्रतिफल पनि राम्रैसँगै आउन थालेको छ ।
विशेषत: बंगलादेशले उमेर समूहको महिला फुटबलमा ठूलै लगानी गरेको छ र उसको विश्वास के छ भने यसले अब ढिलो चाँडो रंग देखाउने छ । पारम्परिक रूपमा दक्षिण एसियाका दुई शक्ति हुन्, भारत र नेपाल ।
त्यसमा सर्वोच्च शक्ति त भारत भइहाल्यो । बंगलादेश भने तेस्रो शक्तिका रूपमा अगाडि आउने प्रयासमा छ । अहिलेको नेपाल भ्रमण त्यसको एउटा क्रम हुन सक्छ । नेपाल र बंगलादेशबीचका पछिल्ला दुई खेलका यसको संकेत पनि दिन थालेको छ । अब हामी यिनै अन्तिम दुई खेलको चर्चा गर्नेछौं ।
५. सन् २०१८ नोभेम्बर १३, याङ्गुन

नेपाल र बंगलादेशबीच दक्षिण एसियाली प्रतियोगिता छाडेर पहिलो भेट भएको सन् २०१८ मा हो, जति बेला म्यानमारले एसियाको वुमेन्स ओलम्पिक छनोटको समूह सी का खेल आयोजना गरेको थियो । नेपालको समूहमा आयोजक म्यानमारसँगै भारत र बंगलादेश थिए । लिग चरणको आ–आफ्नो अन्तिम खेलमा नेपाल र बंगलादेश भिडे र खेलको नतिजा रह्यो, १–१ को बराबरी ।
बंगलादेशले नेपाललाई बराबरीमा रोकेको यो नै पहिलो पल्ट हो । नेपालका लागि निरु थापाले गोल गरिन् भने बंगलादेशका लागि ऐतिहासिक गोल गर्ने खेलाडी रहिन्, अखि आतुन । उनले खेलको अन्तिम समयमा गोल गरेकी थिइन्, इन्ज्युरी समयको चौथो मिनेटमा । यो गोलपछि बंगलादेशी टिममा खुबै खुसीयाली छाएको थियो ।
६. २०१९ मार्च १६, विराटनगर
नेपालको पूर्वी सहर विराटनगरले सन् २०१९ मा साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र बंगलादेशसँग नेपालको भेट फेरि एक पल्ट समूह चरणमा भएको थियो । यसपल्ट भने नेपाल आरामदायी जित निकाल्न सफल रह्यो । नेपालका लागि सावित्रा भण्डारी र अन्जलीकुमारी योञ्जनले एक एक गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो । यी देशबीच नेपाली भूमिमा भएको यो नै पहिलो खेल हो । अब यही खेलपछि काठमाडौंमा पहिलो पल्ट नेपाल र बंगलादेश भिड्ने छन् ।