काठमाडौं । हामीले नेपाल र बंगलादेशी महिला राष्ट्रिय टिमबीचका खेलको चर्चा गरिरहेका छौं । त्यसको पहिलो भागमा हामीले सुरुआती दुई खेलको चर्चा गर्यौं, अब दोस्रो भागको पालो ।
यसमा पनि हामीले बीचका दुई खेलका चर्चा गर्नेछौं ।
दक्षिण एसियाली देशबीच एक आपसमा भिड्ने अवसर दुई प्रमुख प्रतियोगिताले जुराउने गरेको छ । त्यसमा पहिलो दक्षिण एसियाली खेलकुद रह्यो भने अर्को वुमेन्स साफ च्याम्पियनसिप ।
यी दुई प्रतियोगिताको अभावमा यसअघि दक्षिण एसियाली देशबीचमै खेल सम्भव भइरहेको थिएन् ।
जे होस, बीचका यी दुवै खेलमा पनि नेपाल विजयी रह्यो र बंगलादेशमाथि लगाचार चार जित निकाल्न सफल रह्यो ।
३. सन् २०१४ नोभेम्बर १९, इस्लामावाद
पाकिस्तानले सन् २०१४ मा तेस्रो वुमेन्स साफ च्याम्पियनसपिको आयोजना गरेको थियो र त्यसैक्रममा नेपालले तेस्रो पल्ट बंगलादेशको सामना गर्यो ।
यसपल्टको भेट भने लिग चरणमा थिएन्, सेमिफाइनलमा थियो ।
यसरी नेपालले पहिलो पल्ट नकआउट चरणमा बंगलादेशको सामना गर्यो । यसमा पनि नेपाल १–० को जित निकाल्न सफल रह्यो र टिमले फाइनल यात्रा तय गर्न सफल रह्यो ।
यस खेलको निर्णायक गोल सजना रानाको नाममा रह्यो ।
४. सन् २०१६ फेब्रवरी ५, सिलोङ
भारतले आयोजना गरेको सन् २०१६ को दक्षिण एसियाली खेलकुदको महिला फुटबल सिलोङमा भएको थियो । यसपल्ट नेपाल र भारतको भेट फेरि लिग चरणमै भएको थियो, एउटै समूहमा परेपछि ।
यसमा नेपाल फेरि एकपल्ट ३–० को प्रभावशाली जित निकाल्न सफल रह्यो ।
लिग चरणमा यो नेपालको पहिलो खेल थियो र यसबाटै नेपाल लय समात्न सफल रह्यो । यस खेलमा तीन खेलाडीले एक एक गोल गरे र ती थिए, दीपा अधिकारी, अनु लामा र निरु थापा ।
र, यो पनि ....
बंगलादेशविरुद्ध नेपालको अपराजित यात्रा (भाग १)