काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलसँगै किरणले यो उपलब्धी हात पारेका हुन् । किरण सुरुवाती-११ मा परेका छन् ।
किरणको यो नेपालका लागि ७४ औं खेल हो ।
किरणले पूर्व कप्तान विराज महर्जनको कीर्तिमान भङ्ग गरेका हुन् । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् । किरणले बिहीबार भारतविरुद्धको पहिलो मैत्रीपूर्णमा विराजको कीर्तिमान बराबरी गरेका थिए ।
विराजले नेपालको लागि सर्वाधिक खेल खेल्ने उपलब्धी थ्री नेसन्स कप फाइनलका क्रममा प्राप्त गरेका थिए । विराजले सन्यास लिइसकेका छन् ।
सन् २००८ मे २४ मा किरणले नेपालका लागि डेब्यु गरेका थिए । एएफसी च्यालेञ्जकप छनोटको मकाओविरुद्ध कम्बोडियाविरुद्धको खेलमा उनी पहिलो पल्ट नेपालका लागि उत्रेका थिए ।
उनलाई जर्मन प्रशिक्षक थोमस फ्लाथले डेब्युको अवसर दिएका हुन् । किरण र विराजपछि रोहित चन्द र पूर्व कप्तान राजुकाजी शाक्य नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।
रोहितले नेपालका लागि ६९ पल्ट खेलिसकेका छन् । शाक्यले ६८ क्याप जितेका छन् । राष्ट्रिय टिमका सदस्य रहेका रोहित भने व्यवसायिक फुटबल खेल्ने क्रममा इन्डोनेसियामा छन् ।
यो पनि ....