ती पात्र जसले किरणलाई ‘किरण’ बनाए

काठमाडौं । सबै नेपाली फुटबल प्रेमीको ध्यान आज आइतबार किरण चेम्जोङमा हुनेछ ।
नेपाल दशरथ रंगशालामा दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि उत्रदैछ र त्यसैमा किरण नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुनेछन् ।
नेपालका लागि किरणको अन्तर्राष्ट्रिय खेल यात्रा १४ वर्ष छुने क्रममा छ र सायद अझै उनी केही वर्ष मज्जाले खेल्नेछन् । उनको यही एक दशक भन्दा लामो खेल जीवनमा सबै भन्दा महत्त्वपूर्ण भूमिका खेल्ने केही पात्रको हामी अब चर्चा गर्नेछौं ।
यी त्यस्ता पात्र हुन्, जसले किरणलाई ‘किरण’ बनाउन मदत गरे ।
१. श्याम थापा/राजु शाक्य
कोही पनि सफल खेलाडी पछाडि उसलाई त्यहाँसम्म पुर्याउन जग बसाउने केही पात्र हुने गर्छन् । किरणका लागि यस्तो भूमिका खेल्ने दुई पात्र छन्, श्याम थापा र राजु शाक्य ।
आज भन्दा १६ वर्ष जति अगाडि किरण स्कुले ठिटोका रूपमा मायोल अन्तर स्कुल फुटबल खेल्न धनकुटाबाट काठमाडौं झरेका थिए ।
उनको टिम सेमिफाइनलसम्म पुगेको थियो । उनको खेल देखेर श्याम थापा र राजु शाक्य प्रभावित भइहाले र उनलाई सिधा भर्ना गरिदिए, एन्फा एकेडेमीमा ।

२. थोमस फ्लाथ
दोहराएर भन्नु पर्छ, नेपाली फुटबलले पाएका अहिलेसम्मका उच्चकोटीका प्रशिक्षकमा पर्छन्, थोमस फ्लाथ ।
उनी टिममा पनि उच्च दर्जाका खेलाडी मात्र राख्ने गर्छन् । उनले एक पटक फरक प्रसंगमा भनेका थिए, ‘मलाई मर्सिडिजि चाहिन्छ, मारुती होइन ।’
उनका लागि किरण मर्जिडिज नै थिए, त्यसैले उनको नेतृत्वमा नेपालले खेलेको पहिलो खेलमै पहिलो रोजाईका गोलरक्षक बने, किरण ।
सन् २००८ मा फ्लाथले किरणमा डेब्युको अवसर दिए ।
३. उपेन्द्रमान सिंह
उपेन्द्रमान सिंह अचेल अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष हुन् ।
सायद उनी फुटबल राजनीतिमा भन्दा यही खेलको प्राविधिक पक्षमा हुनु पर्ने व्यक्ति हुन् । उनी नेपालले पाएका सर्वश्रेष्ठ गोलरक्षकमध्ये एक मात्र होइनन, उत्तिकै राम्रा गोलरक्षक प्रशिक्षक पनि हुन् ।
किरणलाई सुरुआती दिनमा गोलरक्षणको सटिक पाठ सिकाउने उनी नै हुन् । अहिले किरण गोलरक्षकका रूपमा जे जति छन्, ती सबैका पछाडि उपेन्द्रमानको ठूलो हात छ ।

४. बालगोपाल महर्जन
उपेन्द्रमान सिंहसँगै बालगोपाल महर्जनले खेले, सन्यास लिए र प्रशिक्षक पनि बने ।
जति बेला किरणको खेलाडीका रूपमा उदय हुने क्रम चलिरहेको थियो, त्यति बेला बालगोपालले उनलाई बलियो साथ दिए ।
राष्ट्रिय टिममै पनि किरणले खेलेका अधिकांस खेलमा उनी प्रशिक्षक छन् । अथवा प्रशिक्षकको सहयोगीका रूपमा ।
बालगोपाल त्यस्ता प्रशिक्षक हुन्, जसले किरणलाई पहिलो पल्ट कप्तानीको अवसर पनि थियो, सन् २०१८ को साफ च्याम्पियनसिपमा ।
५. अब्दुल्लाह अल्मुताइरी
किरणले प्रशिक्षकका रूपमा आधा दर्जन जतिको अनुभव बटुले, जस्तो, फ्लाथदेखि ग्राहम रोबर्टस, ज्याक स्टेफानोस्की, ग्योतुके कोजी र योहान कालिनसम्म । तर यी सबै प्रशिक्षक भन्दा पनि किरण सबैभन्दा बढी प्रभावित अहिलेकै अब्दुल्लाह अल्मुताइरीबाट देखिन्छन् ।
संयोगले उनकै समयमा उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी बने ।
किरणले त्यस्ते भनेका छैनन्, ‘अल्मुताइरी हामीलाई बुबाको जस्तो व्यवहार गर्नु हुन्छ ।’

यो पनि ...





-1785838174487.png&w=3840&q=75)



-1786248856569.webp&w=3840&q=75)

-1786249079423.webp&w=3840&q=75)

-1786196245905.jpeg&w=3840&q=75)

-1786188782049.jpeg&w=3840&q=75)
