बुधबार, ०७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ४)

सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता
नेपालविरुद्ध भारत : इतिहासले के भन्छ ? (भाग ४)
mustang rice ad

काठमाडौं ।  हामी नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अगाडि यिनै दुई देशबीच यसअघि भएका प्रतिस्पर्धाको इतिहास पस्कने काममा छौं ।

पछिल्लो भागमा हामीले सन् नब्बेको दशकका खेलबारे चर्चा गरेका थियौं । अब पालो सन् दुई हजारको दशकका खेलको । यो समय नेपालले चार पल्ट भारतको सामना गरेको छ ।

यी खेलको नतिजा मिश्रित रहे । अब यिनै खेलको छोटकरीमा चर्चा गर्नेछौं ।

९. सन् २००५ डिसेम्बर १८, कराँची

सन् २००५ मा पाकिस्तानको कराँचीले साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र त्यसमा नेपालको पहिलो खेल नै भारतविरुद्ध थियो । यी दुई टिमबीच पाँच वर्षको अन्तरमा खेल भएको थियो । त्यसमा भारत २–१ ले विजयी रह्यो ।

यसमा दुवै टिमले पेस गरेको चुनौती बराबरीको थियो । नेपालका लागि वसन्त थापाले गोल गरे । यही खेलबाट त नेपाली राष्ट्रिय टिममा नयाँ पुस्ताको सुरुआत भएको ।

यस खेलमा एकै पल्ट नेपालका लागि सात खेलाडीले डेब्यु गरेका थिए ।

१०. सन् २००६ अप्रिल ९, चिटगाउँ

नेपालले भारतीय टिमका पूर्व स्टार श्याम थापाको प्रशिक्षणमा पहिलो संस्करणको एएफसी च्यालेञ्जकप खेलेको थियो र यसमै नेपालले भारतमाथि ३–० को शानदार जित निकाल्न सफल रह्यो ।

नेपालका लागि वसन्त थापाले एक गोल गरे भने दुई गोल रह्यो, प्रदीप महर्जनको नाममा । प्रतियोगितामा भारतले उतारेको टिम भने पहिलो रोजाईको थिएन्, यसमा सम्मिलित अधिकांस खेलाडी नयाँ र युवा थिए ।

त्यसैले यो खेलमा प्राप्त जितलाई लिएर धेरै चर्चा भने गरिन्न ।

११. सन् २००८ जुन ३, माले

नेपालले मालेमा गरेको डेब्यु सुखद रहेन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको त्यस संस्करणमा फेरि एकपल्ट नेपालको पहिलो खेल भारतविरुद्ध नै थियो, त्यसमा फेरि एकपल्ट नेपाल नराम्रोसँग पराजित भयो ।

भारतले यो खेल सजिलै ४–० ले जित्यो ।

नेपाल भारतविरुद्ध चार गोलको अन्तरले दुई पल्ट पराजित रहेको छ र यो दोस्रो पल्ट थियो । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले विरलै मात्र राम्रो खेल्ने गर्छ । यो संस्करण पनि अपवाद रहेन ।

१२. सन् २००९ डिसेम्बर ७, ढाका

नेपालले फेरि एकपल्ट साफ च्याम्पियनसपमा भारत प्रतिद्वन्द्वी पाएको थियो, बंगलादेशमा भएको यस संस्करणमा ।

नेपालका लागि भने यो समूह चरणको दोस्रो खेल थियो र यसमा भारत १–० ले विजयी रह्यो । नेपालले यसअघि माल्दिभ्सविरुद्ध बराबरी खेलेको थियो । भारतविरुद्ध नेपालको यो दसौं हार थियो ।

यसले पनि देखाउने गर्छ, नेपालमाथि भारत कति हाबी छ भनेर । भारतसँग हारेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि एकपल्ट कमजोर बनेको थियो । 

र यो पनि .......

नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग १)

नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग २)

नेपालविरुद्ध भारत : इतिहासमा के छ ? (भाग ३)

 
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

लय समात्दै जिसस

लय समात्दै जिसस

रियलको गोलको वर्षा

रियलको गोलको वर्षा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार