आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

आइतबार, २५ माघ २०८२खेलपाटी संवाददाता
फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?
mustang rice ad

टी–२० विश्वकप २०२६ विशेष
अघिल्लो १५ वर्षमा निरन्तर प्रगति गर्ने टोली हो अफगानिस्तान।

यी वर्षमा टोलीले क्रिकेटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। तर, अफगानिस्तानले टी–२० विश्व कपमा साँच्चिकै प्रभाव भने सन् २०२४ मा मात्रै देखाएको थियो। यसअघि अफगानिस्तानले धेरै जित ठूला स्तरका टिमविरुद्ध जित्न सकेको थिएन।

तर, मध्यमस्तरका राष्ट्रविरुद्ध भने यो टोली एकोहोरो हाबी हुँदै आएको थियो। २०२४ मा वेस्ट इन्डिजविरुद्धको १०४ रनको फराकिलो हार भने त्यसको अपवाद रह्यो। तर, वेस्ट इन्डिजमा सम्पन्न अन्तिम संस्करणमा अफगानिस्तानले आफैंलाई ‘डार्क हर्स’ रूपमा उभ्याउँदै उपाधिको दावेदार साबित गर्‍यो।

समूह चरणमा न्युजिल्यान्डलाई ८४ रनले पराजित गर्दै सुपर ८ मा स्थान बनाएको थियो।सुपर ८ मा पनि अफगानिस्तानले सानदार प्रदर्शन गर्दै बंगलादेशलाई २१ रनले पाखा लगायो। त्यसपछि आश्चर्यजनक शैलीमा अस्ट्रेलियालाई २१ रनले हराउँदै सेमिफाइनलसम्मको बाटो खोल्यो।

२००३ को केन्यापछि यो अफगानिस्तान यसरी आईसीसीको विश्वकपको सेमिफाइनमा पुग्ने पहिलो नयाँ टोली बनेको थियो।

413060

अफगानिस्तानले यही सानदार लयलाई निरन्तरता दिन नयाँ र युवा टोली तयार पारेको छ। यो टोलीले मोहम्मद नबी र गुलबदिन नैबको युगपछि पनि टिममा सहज रूपान्तरण सम्भव रहेको देखाउँछ।

राशिद खान र रहमानुल्लाह गुरबाज अन्तर्राष्ट्रियस्तरका स्टार भइसकेका छन्। नूर अहमद र इब्राहिम जाद्रान आगामी पुस्ताका नेतृत्व लिने तरखरमा देखिन्छन्। अफगानिस्तानको टोलीमा २७ वर्षमाथिका मात्र दुई खेलाडी छन्। त्यसैले यो टोली नामिबिया र नेपालपछि प्रतियोगितामा तेस्रो सबैभन्दा युवा टोली बनेको छ।

भारतका स्लो पिचले अफगानिस्तानको उत्कृष्ट स्पिन बलरलाई लाभ दिन सक्छ। धेरै खेलाडीसँग इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेको अनुभव छ। त्यसबाहेक उच्चस्तरको टी–२० क्रिकेटको चुनौतीसँग परिचित छन्। न्युजिल्यान्डविरुद्धको पछिल्लो खेलले नै त्यो पुष्टि गर्छ।

413061

सोही लयलाई निरन्तरता दिँदै टोली यसपल्ट पनि न्युजिल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ। त्यसपछिका अन्तिम दुई खेल युएई र क्यानाडाविरुद्ध खेल्नेछ।

यो अफगानिस्तानका लागि ‘फेवरेट’ छ। तालिका पनि टोलीलाई नेट रन रेटको आवश्यकतालाई विचार गर्दै रणनीति बनाउने मौका दिनेछ।

राशिदमा भर

टी–२० विश्व कप २०२६ अघि अफगानिस्तानले ठूलो नतिजा त ल्याउन सकेको छैन। तर, निरन्तरता कायम राखेको छ। विश्वकपमा जानुअघि अफगानिस्तानले पाकिस्तान र युएईसँग त्रिकोणीय सिरज खेलेको थियो।

युएईसँग २–१ ले सिरिज जितेको अफगानिस्ताले पाकिस्तानलाई भने एक खेलमा मात्र हराउन सक्यो। सधैंझैँ राशिद टोलीको केन्द्रबिन्दुमा रहन्छन्।

413056

उनी आफ्नो पुस्ताका उत्कृष्ट टी–२० स्पिनर मानिन्छन्। २७ वर्षको उमेरमा उनले ५१५ टी–२० खेल खेलेका छन्। २०१६ देखि अफगानिस्तानको मेरुदण्ड उनी बनेका छन्।

पावरप्लेको अन्तदेखि इनिङ्सको जुनसुकै क्षणमा विपक्षीका लागि उनी खतरा साबित हुने गर्छन्। हालैको वेस्ट इन्डिजविरुद्धको सिरिजमा उनले १२ ओभरमा मात्र ५१ रन दिए र ५ विकेट लिएका थिए।

ब्याटिङबाट पनि उनी कहिलेकाहीँ निर्णायक बन्ने गरेका छन्।

अन्य लेख

फरक दिशातर्फ अघि बढेको नेपाल

ब्याटिङमा बलियो भारत

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली
‘लेगेसी’ को परीक्षामा श्रीलंका


LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

Bajaj Pulsar Motorcycle Ad
फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

सूर्य चम्किँदा अमेरिकालाई चुनौतीपूर्ण लक्ष्य

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने

एक्सट्रिमले सिफल मैदानमा विश्वकपको खेल देखाउने