बिहिबार, ३१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘लेगेसी’ को परीक्षामा श्रीलंका

बिहिबार, २२ माघ २०८२खेलपाटी संवाददाता
‘लेगेसी’ को परीक्षामा श्रीलंका
Loading ad...
mustang rice ad

टी–२० विश्वकप २०२६ विशेष

कहिल्यै नथाक्ने लडाकु टोलीको उपनामलले चिनिन्थ्यो, श्रीलंका।

तर, टी–२० क्रिकेटमा यो उपनाम पछिल्ला वर्षहरूमा सम्झनामा मात्रै सीमित हुँदै गएको छ। २०२२ को सुरुआतयता श्रीलंकाले कुनै पनि क्यालेन्डर वर्षमा जितभन्दा बढी हार बेहोरेको छ। टेस्ट र वनडेमा कहिलेकाहीँ आशाको किरण देखिए पनि टी–२० ढाँचामा यो टोलीको निरन्तरता हराएको छ।

यही अन्योलका बीच श्रीलंका टी–२० विश्वकप २०२६ मा प्रवेश गर्दैछ। विश्वकपअघि कप्तानी फेरबदलले श्रीलंकाको अन्योललाई अझ प्रस्ट बनाइदिएको छ।

दसुन शनाकाले फेरि कप्तानी जिम्मेवारी पाउनु नयाँ सुरुआतभन्दा बढी अस्थायी समाधानजस्तो देखिन्छ। कोचिङ स्टाफ निरन्तर दबाबमा छन्। त्यो दबाब हालको नतिजामा स्पष्ट झल्किन्छ।

412866

जिम्बाब्वेसँगको अप्रत्याशित हार, पाकिस्तानसँगको संघर्षपूर्ण सिरिज र घरेलु मैदानमै इङ्ल्यान्डसँगको पराजयले श्रीलंकाको तयारीमाथि प्रश्नचिह्न खडा गरेको छ।

यति हुँदाहुँदै पनि यो टोली पूर्ण रूपमा आशाहीन छैन। पथुम निसंका श्रीलंकाका लागि सबैभन्दा भरपर्दा नाम हुन्। वनडेमा दोहोरो शतक र टी–२० आईमा शतक बनाइसकेका निसंकाको आत्मविश्वास र खेल्ने शैलीले श्रीलंका विश्वकपमा फरक देखिन सक्छ।

वानिन्दु हसरंगाका आँकडा अहिले सामान्य देखिएको छ। तर, उनको खेल बदल्ने क्षमतालाई कुनै पनि टोलीले बेवास्ता गर्न सक्दैनन्। घरेलु परिस्थितिमा दुनिथ वेल्लालगे विपक्षी ब्याटरमाथि हावी हुन सक्छन् र दुष्मन्त चमीरा लयमा आए भने तीव्र गतिका बलरहरूको आक्रमणलाई दिशा दिन सक्छन्।

412865

समस्या भनेको यो टोलीमा यति धेरै प्रतिभावान् खेलाडी भएपनि लामो समयदेखि जित दिलाउने प्रदर्शन गर्न सकेको छैन। श्रीलंकाली समर्थकहरूका लागि विगत अझै ताजा छ। २००९ देखि २०१४ सम्म लगातार चार पटक सेमिफाइनल पुग्नु र २०१४ मा ढाकामा उपाधि जित्नु कुनै सानो उपलब्धि थिएन।

तर, त्यसपछि विश्वकपको नकआउट चरणसम्म पनि नपुग्नुले श्रीलंका कति खस्किएको छ भनेर प्रष्टै देखाउँछ। यो गिरावट आकस्मिक होइन, बरु संरचनागत कमजोरीको परिणाम हो।

यस विश्वकपमा पनि श्रीलंकाको यात्रा केही सीमित नाममा निर्भर देखिन्छ। निसंकासँगै हालै वनडेमा शतक बनाएर चर्चा कमाएका पवन रत्ननायकेबाट धेरै अपेक्षा गरिएको छ। उनी युवा उत्साह र निडर शैलीको प्रतीक बन्न सक्छन्।

412883

अर्कोतर्फ, कुशल परेराका लागि यो सम्भवतः अन्तिम विश्वकप हुनेछ। पछिल्ला महिनामा क्रिकेटको छोटो फर्म्याटमा नखेले पनि ठूलो प्रतियोगितामा उनी टोलीमा फर्किने गरेका छन्। उनको अनुभवको महत्त्व फरक हुन्छ।

संकटको क्षणमा उनले श्रीलंका फेरि उकास्न सक्ने क्षमता राख्छन्। उनीजस्ता खेलाडीको अनुभवलाई नै प्रयोग गरेर श्रीलंकालाई आफ्नो ‘लेगेसी’ फर्काउनुको विकल्प हुनेछैन।

अन्य लेख

फरक दिशातर्फ अघि बढेको नेपाल

ब्याटिङमा बलियो भारत

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली



Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

अमेरिकाले भन्यो– इराकी खेलाडीलाई भिसामा समस्या छैन

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

एनकेएलको एन्थम सार्वजनिक

एनकेएलको एन्थम सार्वजनिक

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

क्रिकेट युनाइटेस कप सिरिज वर्षाले प्रभावित

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार