शनिबार, १३ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी

बुधबार, ३० बैशाख २०८३खेलपाटी संवाददाता
मेसी बने एमएलएसमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं। मेजर लिग सकर (एमएलएस) का सबैभन्दा ठूलो स्टार लिओनल मेसी नै लिगका सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन्।

एमएलएस प्लेयर्स एसोसिएसनले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार इन्टर मियामीका यो अर्जेन्टिनी सुपरस्टारको वार्षिक आधारभूत तलब २ करोड ५० लाख अमेरिकी डलर पुगेको छ। यो लिगकै दोस्रो उच्च पारिश्रमिक पाउने खेलाडीभन्दा दोब्बरभन्दा बढी हो।

सार्वजनिक गरिएको नयाँ तलब सूचीले गत अक्टोबरमा इन्टर मियामीसँग गरिएको नयाँ सम्झौतापछि मेसी सन् २०२८ सम्म क्लबमै रहने पनि पुष्टि गरेको छ। नयाँ सम्झौतापछि उनको आधारभूत तलब झन्डै दोब्बर बनेको हो। सबै सुविधा जोड्दा उनले कुल २ करोड ८३ लाख डलर सुनिश्चित रूपमा पाउनेछन्।

दोस्रो स्थानमा दक्षिण कोरियाली स्टार सन ह्युङ–मिन रहेका छन्। गत अगस्टमा लस एन्जलस एफसीमा आबद्ध भएका उनले यसअघि टोटनह्यामको कप्तानी सम्हालेका थिए। उनको आधारभूत तलब १ करोड ३ लाख ६० हजार डलर रहेको छ भने कुल सुनिश्चित पारिश्रमिक १ करोड १२ लाख डलर पुगेको छ। उनलाई टोलीमा भित्र्याउन एलएएफसीले एमएलएस इतिहासकै कीर्तिमानी २ करोड ६० लाख डलर ट्रान्सफर शुल्क खर्च गरेको बताइएको छ।

यो तलब विवरणमा प्रायोजन तथा विज्ञापनबाट प्राप्त आम्दानी समावेश गरिएको छैन। साथै मेसीलाई इन्टर मियामीको स्वामित्वमा हिस्सा खरिद गर्ने अवसर पनि दिइएको छ। यो यस सूचीमा गणना गरिएको छैन। क्लबका सह–मालिक इंग्ल्यान्डका पूर्वस्टार डेभिड बेकह्याम हुन्।

३८ वर्षीय मेसीले एमएलएस नियमित सिजनमा मियामीका लागि ६४ खेल खेल्दै ५९ गोल गरिसकेका छन्। गत सिजन उनले २९ गोल गर्दै लिगकै सर्वाधिक गोलकर्ता बनेका थिए र लगातार दोस्रो पटक एमभीपी अवार्ड जितेका थिए।

मेसीकै क्लब तथा अर्जेन्टिनाका टोलीसाथी रोड्रिगो डी पउल पारिश्रमिक सूचीको तेस्रो स्थानमा छन्। उनको सुनिश्चित आम्दानी ९७ लाख डलर रहेको छ। चौथो स्थानमा मेक्सिकोका हिर्भिङ लोजानो छन्, जसलाई ‘चाकी’ नामले पनि चिनिन्छ। उनको सुनिश्चित आम्दानी ९३ लाख डलर छ। यद्यपि गत नोभेम्बरयता उनले सान डिएगो एफसीका लागि मैदान उत्रिएका छैनन्।

शीर्ष पाँचको अन्तिम स्थानमा मिगुएल अल्मिरोन छन्। एटलान्टा युनाइटेडका यी मिडफिल्डरले कुल ७९ लाख डलर सुनिश्चित पारिश्रमिक पाउनेछन्। एमएलएसका सबै खेलाडीको कुल पारिश्रमिक रकम ६३ करोड १० लाख डलर पुगेको बताइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

सानदार सिटी

सानदार सिटी

Loading ad...
xTreme Energy Drink
अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

टप एन्ड टी–२० सरिजबाट आज र भोलि उठेको रकम नेपाली बाढीपीडितलाई सहयोग गरिने

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

मंगोलियाका स्टार आउटसाइड हिटर अन्नपूर्णमा

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सुखद अन्त्य गर्ने लक्ष्यमा नेपाल

सानदार सिटी

सानदार सिटी

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा

रवीन्द्र रोड टु युएफसी सिजन–५ को फाइनलमा