मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

५ हजारको सम्झौता, ८ खेलमा सास्ती !

बिहिबार, ०१ जेठ २०८२खेलपाटी संवाददाता
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
Loading ad...
mustang rice ad

काठमाडौं। २०८१ सालमा कञ्चनपुरका धीरेन्द्रबहादुर शाह ठकुरीले तेस्रोपल्ट राजधानी टेके। उनीसँग एकै सपना थियो– फुटबलको मैदानमा खुबै चम्किने।

आफ्नो सपना साकार गर्न उनले कोटेश्वरको सरस्वती युथ क्लब रोजेका हुन्। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वतीको जर्सीमा सुरुआती दुई खेलमै निर्णायक गोल गरेर उनी लक्ष्यअनुसार नै एकाएक ‘हाइप’मा आएका थिए।

तर, त्यसपछि अचानक मैदान र गोलपोस्ट दुवै उनीसँग टाढा भए। टुसाल क्लबसँगको पुरानो सम्झौताका कारण उनलाई निलम्बन गरियो। अझ लिग नै गुम्ने जोखिममा।

सम्बन्धित समाचार
  • ८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक

‘पुरानो कन्ट्रयाक्ट थियो। तर, त्यही देखाएर नयाँ बस्तीले क्लबमाथि प्रोटेस्ट गर्‍यो। मलाई चाहिँ सस्पेन्स भनियो। धेरै नराम्रो लाग्यो। त्यो निकै असहज पल थियो,’ धीरेन्द्र सम्झिन्छन्। यो कुनै ठूलो क्लबसँगको करोडौंको सम्झौताको विवाद होइन। यो त ५ हजार रुपैयाँको गाडी भाडाको कुरासम्म सीमित थियो।

धीरेन्द्रले टुसालसँग २०७८ सालमा ‘बी’ डिभिजन लिग खेल्न ६० हजार रुपैयाँको सम्झौता गरेका हुन्। एक महिना प्रशिक्षण गरे। लिग सुरु हुने बेला भयो अनि अचानक सूचना आयो—लिग ‘क्यान्सिल’। लिग नहुने भएपछि टुसालले सम्झौता गरेअनुसारको पैसा दिएन।

सम्बन्धित समाचार
  • सरस्वतीका धीरेन्द्रलाई मैदान उत्रिन एन्फाको रोक !

उनी जन्मथलो फर्किन पाएको मै असाध्यै खुसी थिए। ‘त्यसपछि घर फर्किएँ। सरहरूले गाडीको भाडा भनेर ५ हजार रुपैयाँ दिनुभयो,’ उनी सम्झिन्छन्।  त्यसको चार वर्षपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुन: लिग गर्ने घोषणा गरेको हो। पुरानो सम्झौता सकिएको कारण उनी सरस्वतीसँग जोडिएका हुन्।

यसमा सहयोगी भूमिका भने यु–२० टोलीका गोलकिपर जियारथ शेखले गर्दिएका हुन्। उनकै विशेष पहलमा सरस्वतीले ‘ट्रयाल’मार्फत ठकुरीलाई आफ्नो क्लबमा भित्र्याएको थियो। उनी पुन: दोस्रोपल्ट लिग खेल्न मैदान उत्रिँदा उसै दंग थिए। तर, लिग सुरु हुँदा त्यो पुरानो सम्झौता अड्चन बन्यो। टुसालले लिग खेल्न उनलाई दर्ता नै गरेको थिएन।

न त उनको हातमा ‘रिलिज लेटर’ नै थमायो। त्योसँगै उनले टुसालसँग आफ्नो सम्झौता सक्किएको ठानिसकेका थिए। हुन त टुसालले उनीसँग गरिएको सम्झौतामै भनिएको थियो,‘सम्झौता अवधि २०७९ सम्मका लागि रहनेछ। साथै आवश्यक भएका खण्डमा २०८० भित्र सञ्चालन हुने बी डिभिजनका अन्य खेलहरूमा पनि सहभागी हुनुपर्ने छ।’ 

सम्बन्धित समाचार

  • तीन अंकको विवादले धीरेन्द्रको करियरमा राजनीति !

तर, न २०७९ मा लिग भयो न २०८० मै। त्यसैले उक्त सम्झौता यही सकिनुपर्ने हो। र, सम्झौता पत्रअनुसार सकिसकेको पनि छ। अन्तर्राष्ट्रिय अभ्यासले पनि यही भन्छ। तर, क्लबले दुई वर्षभन्दा अघि गरेको सम्झौतालाई धार बनाएर उनको भविष्यलाई रेट्ने प्रयास एन्फासँगै दुई क्लब टुसाल र नयाँ बस्तीले गरे। तर, यी तीन निकायले गरेको जिद्दी र तर्क ‘बी डिभिजन लिग फुटबल प्रतियोगिता नियमावली २०८१’ को कुनै परिच्छेदमा समेटिएको छ न कुनै नियम र उपनियममा।

नियमावलीको परिच्छेद २ को आयोजक, प्राविधिक तथा खेल सञ्चालनअन्तर्गत नियम सात (खेलाडी दर्ता)मा भनिएको छ,‘अखिल नेपाल फुटबल संघद्वारा जारी प्रतियोगिता नियमावलीको अधीनमा रही वर्ष २०७९/८० को ए डिभिजन लिग फुटबल प्रतियोगितामा सहभागी क्लबहरूबाट दर्ता भइसकेका खेलाडीहरू र वर्ष २०८०/८१ मा सञ्चालन भएको सी डिभिजन लिग फुटबल प्रतियोगितामा दर्ता भएका खेलाडीबाहेकका नेपाली नागरिकहरूले मात्र यस प्रतियोगितामा क्लब टिमहरूबाट (कम्तीमा १८ जना र बढीमा ४० जना दर्ता भई सहभागी हुन पाउनेछन्।’

नियमावलीमा खेलाडी दर्ता अवधि लिगको अवधिसम्म मात्र कायम रहने उल्लेख छ। तर, ‘बी’ डिभिजन लिग नभएमा या सम्झौता अवधि सकिएका खेलाडीको हकमा भने के हुन्छ भन्ने कुनै स्पष्ट छैन। तर, यही नियमावलीको गलत ब्याख्य गर्दै चैत ७ गते भएको आफ्नो क्लबविरुद्ध ठकुरीले निर्णायक गोल गर्दै सरस्वतीलाई १–० को जित दिलाएपछि नयाँ बस्तीका टिम म्यानेजर विकास राईले उजुरी गरे। 

सम्बन्धित समाचार

  • धीरेन्द्रलाई कारबाही, सरस्वतीको तीन अंक खोसियो

त्यसको एक हप्तापछि मात्रै एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सरस्वतीलाई पत्र पठाएर धीरेन्द्रलाई अनिश्चितकालका लागि निलम्बन गरिएको जानकारी दिइएको हो। खेलाडी जीवनको सबैभन्दा खराब समय उनका लागि त्यही थियो। सपना फुटेको क्षण हो भन्दा पनि फरक नपर्ला।

क्लबले ‘ए’ डिभिजनको सपना देखिरहेको बेला उनी निलम्बित भए। अन्य खेलाडीको आत्मबल पनि घट्यो। क्लब लगातार चार खेल गोलविना नै रह्यो। सात खेलमा पराजय बेहोर्‍यो। होस्टेलमा उनी एक्लै बसे। प्रशिक्षण भने रोकेका थिएनन्। आँखा रातो थिए। भोकले होइन, निदाउन नसकेको रातले। उनको दिमागमा बारम्बार एउटै कुरा खेल्थ– मैले त्यस्तो के गल्ती गरे? 

‘न पढाई राम्रो राम्रो थियो। फुटबलकै कारण विदेश पनि गइएन। अब फुटबलमै करियर बनाउँछु भनेर आएको थिएँ तर मलाई त यहाँ निलम्बित गर्‍यो। अब नेपालमा खेल्नै गाह्रो रैछ भन्ने लाग्यो। आँसु झर्छ नि त्यो बेला। म सुत्नै सक्दिनथें,’ उनी भन्छन्, ‘साथीहरूबाट टाढिएँ, बोल्न चाहिँन। एक किसिमको फ्रस्ट्रेसन भयो।’ तर, त्यही पीडाबाट जन्मियो एउटा दृढ संकल्प—पुनरागमन। 

उच्च अदालत पाटन, फिफा र एएफसी सहायताले अन्ततः प्रतिबन्ध फुकुवा भयो। ८ खेल गुमाए। तर, अन्तिम तीन खेलका लागि मैदान खुल्यो। ‘खेल्न पाइन्छ भन्ने थियो, मोटिभेट थिए। ट्रेनिङ रोकेको थिइन्। गोल गरें, टिम जित्यो। खुसी लाग्यो,’ बुधबार खेलपाटीसँग भेटेका उनले मुस्कानसहित भने।

सम्बन्धित समाचार
  • न्यायको खोजीमा सरस्वती

सातदोबाटोस्थित एन्फा मैदानमा अघिल्लो दिन सम्पन्न खेलमा सरस्वतीले वीरगञ्ज युनाइटेडविरुद्ध ३–० को सहज जित दर्ता गरेको थियो। उनले निलम्बन फुकुवा भएको दिन नै गोल गरे। ७२औं मिनेटमा गोल गरेपछि दौडिएर दुई हात फिजाउँदै ‘सेलिब्रेसन’ गरे।

त्यो केवल गोलको ‘सेलिब्रेसन’मा मात्रै सीमित थिएन। त्यो त न्यायको, धैर्यता र सपनाको ‘सेलिब्रेसन’ पनि थियो। ‘खुसीको आँसु पनि झर्‍यो। साथीहरूसँग मनमा भरिएको भावना फुट्यो,’ उनी भन्छन्। यो दोस्रो पटक धीरेन्द्र ‘बी’ डिभिजन लिग खेल्दै थिए। चार वर्ष अघि टुसालबाट तीन गोल गरेका हुन्। अहिले सरस्वतीबाट तीन खेलमा तीन गोल गरेका छन्। उनले आफूलाई फेरि प्रमाणित गरिसिसकेका छन्, उत्कृष्ट खेलाडी हुँ भनेर।

अब उनको अर्को लक्ष्यमा छ,‘ए’ डिभिजन लिग। अनि त्यसपछि राष्ट्रिय टिम। उनी भन्छन्, ‘नेपाललाई चिनाउन सक्छु र मेडल दिन सक्छु भन्ने लाग्छ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड