काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब सरस्वती युथको तीन अंक घटाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा सरस्वती युथले रिलिज पत्रबिना नै फरवार्ड धर्मेन्द्रबहादुर शाह ठकुरीलाई नयाँ बस्ती युथ क्लबविरुद्धको खेलमा मैदान उतारेको भन्दै अंक खोसेको हो। सरस्वतीले उक्त खेलमा सरस्वतीले धर्मेन्द्रकै निर्णायक गोलमा १–० को नतिजा निकालेको थियो।
‘रिलिज पेपरबिनै अर्को क्लबमा आवद्ध खेलाडीलाई अनुबन्ध गरी म्याच नं १४ खेलाएको देखिएकाले प्रतियोगिता नियमावली २०८१ को परिच्छेद २ को नियम २६ आकर्षित हुने ठहर गर्नै ऐ नियमवालीको नियम १९ अनुसार अनुशासनको कारबाही उउपयुक्त देखिएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकत (सिइओ) इन्द्रमान तुलाधरले पठाएको पत्रका भनिएको छ। नियमावलीको परिच्छेद २ अनुसार अंक निर्धारण गर्ने गरी उक्त खेलको सुरुआती नतिजा रद्द गरी नयाँ बस्तीलाई ३-० गोलको नतिजा दिने निर्णय गरिएको उनले बताएका छन्।
धिरेन्द्रले टुसाल युवा क्लबसँगको आफ्नो सम्झौता २०८० मा नै समाप्त भएको र निष्क्रिय भइसकेको सम्झौतामा टेकी एन्फाले लिगका बाँकी खेलमा गरेको निलम्बन फकुवा उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्। हाल उक्त रिट अदालतमा विचाराधीन रहेको छ। यस विषयमा अदालतको पूर्ण फैसलाका आधारमा नै हुने गरी गर्ने निर्णय गरिएको तुलाधारले पठाएको पत्रमा भनिएको छ।