मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !

आइतबार, २१ बैशाख २०८२खेलपाटी संवाददाता
मणिलाई बेचैन बनाएको त्यो ‘रातो कार्ड’ !
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायरको १६औं मिनेट। दुईपल्टको उपविजेता धनगढी एफसीविरुद्धको खेल। स्ट्यान्डमा चर्किँदो आवाज। अचानक मणिकुमार लामामाथि एक निर्णायक ‘ट्याकल’ अनि लगत्तै रेफ्रीको रातो कार्ड। पिच एकाएक सुनसान। मणिको मनमा झन् ठूलो शंकाको बादल मडारियो। उनले अतालिँदै मनमनै भने– ला.....अब म फाइनल खेल्न पाउँदिन !

एनएसएलको च्याम्पियन टिम ललितपुर सिटी एफसीबाट खेल्दै गरेका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर मणिका लागि त्यो भुल्नै नसकिने क्षण बन्यो। ‘म ड्रेसिङ रुममै बसें। टिमले गोल गर्दैछ भन्ने थाहा थियो। तर, मसँग त्यसको उत्सव मनाउने हिम्मत थिएन,’ उनी सम्झिन्छन्। तर, कहानी यहीँ रोकिँदैन।

मणिलाई लागि यो सिजन सुरुदेखि नै भिन्न थियो। गत संस्करण बुटवल लुम्बिनी एफसीबाट खेलेका उनी यसपल्टको अक्सनमा सर्वाधिक मूल्य अर्थात् चार लाख रुपैयाँमा बिक्री हुने पहिलो खेलाडी बने। उनलाई ललितपुर र एफसी चितवनले अन्तिमसम्म बोली लगाएका थिए। ‘ए’ क्याटोगोरीमा रहेका उनको न्यूनतम मुख्य दुई लाख थियो। तर, चार लाखसम्म जाँदा पनि कुनै टोलीले नछाडेपछि लक्की ‘ड्र’ गरियो। त्यसमा उनी ललितपुरको भागमा परे।

अनुबन्ध हुने बेला नै उनलाई लागिसक्यो थियो– यो सिजन मैले अलिक बढी मूल्यमा पाएँ। त्यसैले उनीमाथि स्वाभाविक रूपमा दबाब पनि बढ्यो। तर, उक्त दबाब उनले पिचको कुनै स्थानमा देखाएनन्। न त कुनै टोलीविरुद्ध उत्रिँदा नै तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं रेजर्सविरुद्ध उत्रिँदै ललितपुरमा डेब्यु गरेका उनले फिजिकल फिटनेस, सानो चोटमा पनि नआत्तिने धैर्यता, गोलप्रतिको भोक र मिडफिल्डमा रचनात्मक शैली देखाए। यी सबैले उनलाई छोटो समयमै टिमको अपरिहार्य हिस्सा बनायो। 

‘कन्टिन्युस एउटा आफ्नो डाइट प्लान, रुटिन, नेसनल टिमको ड्युटी र क्लब लेभलको गेममा आफूलाई मेन्टली फिजिकली फिट हुनलाई चाहिँ धेरै मिहिनेत गर्नुपर्ने थियो। यो गाह्रो कुरा थियो,’ उनी हाँस्दै भन्छन्। यसपल्ट उनले ललितपुरलाई अपराजित रहँदै लिग सक्काउन एक असिस्ट र दुई गोल गरेका थिए। त्यही उनको मिहिनेतका कारण ललितपुर ६ खेलमा तीन जित र तीन बराबरीको नतिजा निकाल्दै १२ अंकसहित शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाउन सफल भएको थियो।

ललिपुरका प्रशिक्षक साइमन ग्रेसन मणिबाट यस्तै प्रदर्शनको अपेक्षा गरिरहेका थिए। तर, ‘टुइस’ भने १६ मिनेटमा आइपुग्यो। मणिको खुट्टामा रहेको एअर बललाई क्लियर गर्न धनगढीका डिफेन्सिभ मिडफिल्डर मोहमम्द अल जाउलीनी पुगेका थिए। उनले मणिबाट कुनै खतरा नरहेको अवस्थामा अनाहकमै सिधै खुट्टाले छातीमा प्रहार गरे।

त्यसपश्चात् दुवै खेलाडी एक अर्कामाथि लड्न पुगे। तर, मोहम्मदले अनौठो नाटक गरे। लड्दा  मणिले आफ्नो अनुहारमा खुट्टाले प्रहार गरेको भन्दै उनी छटपटाउन लागे। फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मुख्य रेफ्री उमेश बिडारीले उल्टै मणिलाई सिधै रातो कार्ड देखाए। लड्दा मणिको खुट्टाले कतै लागेको देखिएको थिएन। ललितपुरका कप्तान अनन्त तामाङसहित खेलाडीले गरेको अपिलमा पनि बिडारीले कुनै चासो देखाएनन्। सहायक रेफ्री किसन कन्हैयाले पनि प्रतिवाद गर्न आवश्यक नै ठानेनन्।

बरु मणिलाई नै मैदान बाहिर पठाए। मणिलाई सिधै छातीमा प्रहार गर्ने मोहम्मदले भने पहेँलो कार्ड मात्रै पाए। बिडारी र दनुवार कुनै साना रेफ्री पनि थिएनन्। न त यी दुईले पहिलोपल्ट यति ठूलो प्रतियोगिता नै खेलाएका हुन्। तर, फिफा ब्याच प्राप्त रेफ्रीबाट नै खराब निर्णयको सिकार भए मणि। ‘रेड कार्ड पाएपछि मैले आफूलाई दोष दिएँ। मेरो स्थानमा कोही अर्को खेलाडी जान्थ्यो होला, तर मलाई त्यो पोजिसनमा खेलेको अनुभूति, जिम्मेवारी र दबाब थाहा थियो,’ उनी भन्छन्

रातो कार्ड पाएपछि उनी ८२ मिनेट ड्रेसिङ रुममै बसे, एक्लो महसुस गरे। बाहिर खेल चलिरह्यो। उनलाई गोल भएको खबर बेलाबेलमा मुख्य प्रशिक्षक साइमनले टिम अफिसियलमार्फत पठाउँदै थिए। ‘तर मलाई त्यो गोलमा खुसी मनाउने मुड नै थिएन,’ मणि सुनाउँछन्। यसका बाबजुद पनि धनगढीविरुद्ध ललितपुर २–१ को जित निकाल्न सफल रह्यो। रातो कार्डपछि उनले सोचेका थिए– सायद अब फाइनल खेल्न पाउने छैन। तर, खेल सकिएसँगै टिम व्यवस्थापनले अपिल दर्ता गर्ने भयो। योसँगै उनको आत्तिएको मन अलिकति हलुका भयो। त्यसको तीन दिनपछि अन्ततः उनले फाइनल खेल्न पाउने खबर सुने। ‘त्यो क्षण म असाध्यै खुसी भएँ,’ उनी भन्छन्।

धनगढीको पक्षमै रेफ्रीले निर्णय सुनाइदिए पनि जित भने निकाल्न सकेन। फेरि धनगढीले ललितपुरसँगको भेट पक्का गर्न पोखरा थन्डर्स विपक्षी पायो। इलिमिनेटमा चितवनलाई ३–१ ले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको पोखराले लगातार दुई संस्करणको फाइनलिस्ट धनगढीलाई पनि १–० ले पाखा लगायो। योसँगै ललितपुरले फाइनलमा प्रतिद्वन्द्वी पायो, पोखरा। भन्छन्, ‘फिजिकली र फिटनेसमा पोखराका खेलाडी बलिया थिए। तर, हाम्रो टोलीको आत्मबल उच्च थियो।’ 

मणिको एनएसएल यात्रा फुटबलको कथा मात्र रहेन। त्यो आत्मसंयम, निरन्तरता, अनुशासन र भावनात्मक उतारचढावको कथा पनि रह्यो। कार्ड कार्डपछि उनी भत्किएनन्। बरु त्यो रातको पीडालाई उनले ऊर्जा बनाउँदै फाइनल खेले। अर्कोतर्फ गत संस्करणको फाइनलमा धनगढीविरुद्ध गोल गरेका इमोह इजिकेलले एक गोल र एक असिस्ट अनि पापा केबेले एक गोल थप्दै (२–१) ललितपुरलाई ‘ब्याक टु ब्याक’ च्याम्पियन बनाए।

स्टार खेलाडीहरूले भरिएको ललितपुरलाई मणि ‘आफ्नो स्तरभन्दा एक कदम माथिको टिम’ भन्न रुचाउँछन्। ‘हामी सबै साथी थियौं, तर प्रतिस्पर्धा स्वाभाविक रूपमा थियो। खेल सुरु हुने बेला एक अर्कालाई भन्थ्यौं– आज म खेल्ने हो कि तिमी?’ उनी सम्झिन्छन्।

विदेशी खेलाडी र प्रशिक्षकसँगको अनुभव पनि उनका लागि यसपल्ट नयाँ बन्यो। ललितपुरले इजिकेल र पापाबाहेक हाइटीका पूर्व फरवार्ड केरवेन्स बेलफोर्ट, प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना र सेनेगलका डिफेन्डर पापे डियाकेटेलाई भित्र्याएको थियो। यी दुई खेलाडी ललितपुरमा नयाँ थिए। बाँकी दुईसँग भने मणिले दोस्रो संस्करणमा विपक्षी टोलीमा रहेर प्रतिस्पर्धा गरेका थिए। अझ ललितपुरले ‘हाई प्रोफाइल’ प्रशिक्षक साइमनलाई भित्र्याएर टोली सशक्त बनाएको थियो। 

इङ्लिस प्रशिक्षक साइमनले लिड्स युनाइटेडका इङ्लिस लिगको दोस्रो डिभिजन च्याम्पियनसिपमा उकालेका थिए। त्यतिमा मात्रै उनी कहाँ रोकिन्थे र? हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत त्यी सफलता दिलाएर उनी पछिल्लो समय दक्षिण एसिया झरेका थिए। इन्डियन सुपर लिग (आइएसएल) क्लब बैंग्लुरु एफसीलाई उनले डुरान्ड कप जिताए।

आइएसएल र सुपर कपको फाइनलसमेत उनले टोलीलाई पुर्‍याए। त्यो सफलता एनएसएलमा पनि दोहोर्‍याउन उनी सफल भए। ‘एक दिन म साइड लाइननजिक अभ्यास गरिरहेको थिएँ, प्रशिक्षकले टाढाबाट चिच्याउँदै यसरी खेल, ध्यान देऊ। त्यो सानो कुरा थियो। तर, मलाई लाग्यो ममाथि प्रशिक्षकले विशेष ध्यान दिइरहनु भएको छ,’ मणिले भने।

मणि टेबल टेनिस र फुटसल हुँदै फुटबलमा हाम फ्याँकेका खेलाडी हुन्। विभागीय टोली एपिएफबाट शहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यु गरे पनि उनको लागि त्यो सम्झनलायक नै रहेन। उनी खेलेकै वर्ष एपिएफ इतिहासमै पहिलोपल्ट रेलिगेसनमा पर्‍यो। त्यसयता लिग नै भइदिएन। यद्यपि, उनले एनएसलमा तीन फरक टोलीबाट खेल्ने अवसर प्राप्त गरे। पहिलो संस्करणमा उनी पोखरा भित्रिएका थिए। तर, पोखरा प्लेअफमै पुग्न सकेन।

दोस्रो संस्करण भने बुटवल लुम्बिनी पुगे। यसमा पनि उनी अभागी रहे। पोखरा शीर्ष स्थानमा रहेर सिधैं पहिलो क्वालिफायरमा पुग्दा बुटवल लुम्बिनी भने ललितपुरसँग गोल अन्तरमा पछि पर्दै लिग चरणबाटै बाहिरियो। तर, मणिसँग अमिट रहने दुई संस्करणको एनएसएलको अनुभव भने भरपूर रह्यो। ए’ डिभिजन लिगभन्दा बढी एनएसएल खेलेर नै होला उनी यसैलाई बढी प्रतिस्पर्धी र व्यवस्थित मान्छन्। 

उनी भन्छन्,‘यहाँ हरेक खेलाडी टार्गेट लिएर आउँछ। ड्रेसिङ रुममा दबाब र प्रतिस्पर्धा दुवै हुन्छ। रमाइलो पनि उत्तिकै छ। तर, मिहिनेत गर्नुपर्छ।’ 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड