शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

सविनलाई दुई विकल्प– राष्ट्रिय टोलीमा चढ्ने कि लामो प्रतीक्षा गर्ने?

शुक्रबार, ०२ फाल्गुण २०८१खेलपाटी संवाददाता
सविनलाई दुई विकल्प– राष्ट्रिय टोलीमा चढ्ने कि लामो प्रतीक्षा गर्ने?
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय टोलीमा उक्लिन के चाहिन्छ? सहज उत्तर हो, उत्कृष्ट प्रदर्शन। अहिले उमेरसमूहमा भइरहेको त्यस्तो खाले प्रदर्शन हेर्ने हो भने ठ्याक्कै आइहाल्ने नाम हो, सविनकुमार लुंगेली मगर। 

दुई वर्षअघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित एन्फा यु–१६ युथ लिगमा संकटा फुटबल क्लबको जर्सीबाट १७ गोल गर्दै चर्चमा आएका मिडफिल्डर सविनको प्रदर्शन अहिले पनि उस्तै छ।

उमेरले १८ टेक्न लागेका सविनले गत वर्ष सोही मैदानमा आयोजित एन्फा यु–१८ लिगमा पनि तहल्कै मच्चाएका थिए। त्यो लिगमा उनले १३ गोल गरे। त्यही मात्रै होइन, २० भन्दा बढी गोलका लागि प्रत्यक्ष सहयोग पनि गरे।

त्यसैले त उनलाई राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने पछिल्लो पुस्ताका बलियो दाबेदार खेलाडी मानिन्छ। नेपाली युवा टोलीका मुख्य प्रशिक्षक राजेश शाही दाबी ठोकेरै भन्छन्, ‘सविन हेर्नलायक खेलाडी हुन्। उनी राष्ट्रिय टोलीमा जान योग्य छन्।’

राजेशले राष्ट्रिय टोलीमा जाने योग्य देखे पनि सविनले एउटा ‘अग्नि परीक्षा’ दिन भने बाँकी नै छ। त्यो परीक्षामा उत्रिर्ण भए उनी यसै वर्ष सिधैं राष्ट्रिय टोलीमा उक्लिन सक्छन्। नत्र अझै लामो प्रतीक्षा गर्नुको विकल्प उनीसँग रहने छैन। 

त्यो निर्णयको छिनोफानो भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार चीनको युनान युथ फुटबल टोलीसँगको मैत्रीपूर्ण खेलमा अडिएको प्रशिक्षक शाही बताउँछन्।

‘सिनियर खेलाडी विदेश पलायन भएका कारण धेरै ठाउँ खाली छ। त्यो खाली ठाउँ यही युवा टोलीबाट भर्ने तयारी एन्फाले गरेको छ। नाम नै लिएर भन्नुपर्दा सविन एउटा दाबेदार खेलाडी हुन्। तर, उनले हामीले सोचेजस्तो प्रदर्शन गर्नुपर्‍यो,’ उनले भने। 

‘प्लेमेकर’द्वय तेज तामाङ र सुजल श्रेष्ठजस्ता अनुभवी खेलाडी अस्ट्रेलिया पलायन भएको धेरै भइसकेको छ। त्यसैले नेपाली टोलीमा पछिल्लो समय यी दुई खेलाडीको स्थान लिन सक्ने खेलाडीको अभाव खड्किएको छ।

सविन आफैंमा पनि उमेर समूहको घरेलु लिग र अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेका खेलाडी हुन्। उनले  गत वर्ष कतारमा भएको एएफसी यु–१७ एसिया कप छनोट पनि खेलिसकेका छन्। घरेलु टोलीविरुद्ध उनी उत्रिँदा नेपालले ५–१ को फराकिलो हार बेहोरेको थियो।

यद्यपि, एक वा दुई खेलको खराब नतिजाले कुनै खेलाडीको योग्यता प्रमाणित हुँदैन। त्यो त उनले विगतमा देखाउँदै आएको प्रदर्शनले जाँच गर्ने हो।

पछिल्लो यु-१८ लिगको नतिजाले भने उनीमा उत्कृष्ट मिडफिल्डर बन्ने क्षमता देखिसकेको शाही दाबी गर्छन्। तर, सविनले शनिबार त्यसरी नै प्रमाणित गर्नुपर्ने उनको भनाइ छ। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अडिक यूईएफए

अडिक यूईएफए

रोड्रीको रोजाइमा परेन रियल

रोड्रीको रोजाइमा परेन रियल

रियलमै बस्ने भए भिनिसियस

रियलमै बस्ने भए भिनिसियस

बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने