शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. फुटबलमा समर्पित शुलभ 

फुटबलमा समर्पित शुलभ 

२०२४ सेप्टेम्बर १७, मङ्गलबारनवराज चौलागाई

फुटबलमा समर्पित शुलभ 

निजगढ । शुलभ जंग राणा नेपाली फुटबलमा क्रियाशील नाम हो । २०३७ सालमा पाल्पामा जन्मिएका राणाले २०६१ सालदेखि व्यवसायिक रुपमा फुटबल खेल्न थालेका हुन् ।

शहिद स्मारक सी डिभिजन लिगमा डेब्यु गर्दै व्यवसायीक फुटबल सुरु गरेका राणाको करिअर सुखद रह्यो । स्टार क्लब काठमाडौंबाट खेलेको पहिलो प्रतियोगितामै उत्कृष्ट प्रदर्शन गर्दै टोली लिग बिजेताको रुपमा बी डिभिजन लिगमा उक्लिन सफल भयो । जसमा राणाको प्रदर्शन उत्कृष्ट रह्यो ।

सोही प्रदर्शनको आधारमा उनलाई तत्कालिन ए डिभिजन क्लब रानी पोखरी कर्नर टिम आरसिटीले अनुबन्ध गर्यो । राणाले २०६४ देखि २०७० सम्म आरसिटीबाट नेपालको माथिल्लो डिभिजनको सर्वाधिक प्रतिष्ठित व्यवसायीक फुटबल प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग खेले । सो अवधिमा आरसिटीबाट उनले चितवनमा संचालित वि सं २०६५ को अमिला स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता, धरानमा संचालित वि सं २०६७ को बुढासुब्बा गोल्डकप र वि सं २०६७ मा पोखरामा संचालित आदर्श कपको उपाधि जितेका छन् भने अन्य थुप्रै प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई अघि बढाउन भूमिका खेलेका थिए । उपाधिको अलावा उनले आरसिटीलाई वि सं २०६७ मा शहिद मजदुर कपको उपविजेता, वि सं २०६८ मा भारतको सिक्किममा संचालित गभर्नर्स गोल्डकप र धरानमा संचालित बुढासुब्बा गोल्डकपको उपविजेता, वि सं २०६९ मा एनसेल कपको उपविजेता र वि सं २०७० मा सिमरा गोल्डकपको उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

आरसिटीबाट व्यवसायीक फुटबल खेलेका राणाले २०७३ देखि सोहि क्लबमा सहायक प्रशिक्षकको रुपमा काम गरे । दुई वर्ष भन्दा बढी आरसिटीको सहायक प्रशिक्षकको रुपमा काम गरेका राणाले सो अवधिमा आरसिटीलाई बी डिभिजनको उपाधी जिताउन सफल भए । उनी सहायक प्रशिक्षक रहेको आरसिटीले तेस्रो स्थानमा रहदै २०७३ को बी डिभिजन लिग टुंग्याएको थियो भने २०७५ मा बी डिभिजन लिगको उपाधि जित्न सफल भएको थियो । राम्रो प्रशिक्षण कलाको कारण राणाले २०७६ मा आरसिटीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका थिए । खेलाडी र प्रशिक्षक दुबैको भूमिकामा आरसिटीमा आबद्ध भएका राणाले नेपाली फुटबललाई राम्रोसँग बुझ्ने अवसर पाए ।

आरसिटीमा १ वर्ष प्रशिक्षण गराएका राणालाई २०७६ देखि २०७८ सम्म अखिल नेपाल फुटबल संघ एन्फाले मधेश प्रदेशको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । मधेश प्रदेशको मुख्य प्रशिक्षकको रुपमा काम गरे लगत्तै राणा मोफसलको बी डिभिजन फुटबल क्लब बिरगंज युनाईटेडमा २०७७ देखि आबद्ध भए । हाल बिरगंजका स्थायी बासिन्दा रहेका राणाले २०७९ सम्म बिरगंज युनाइटेडमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण गराए । सो अवधिमा बिरगंजलाई मोफसलमा संचालन हुने फुटबल प्रतियोगिताहरुमा बलियो फुटबल क्लबको रुपमा प्रस्तुत गराउन सफल भए । रणनैतिक रुपमा टोलीलाई अघि बढाउन सक्ने राणा एएफसी ए कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त प्रशिक्षक हुन । सन् २०१३ मा एएफसी सी कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त गरेका राणाले सन् २०१५ मा एएफसी बी कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त गरेका थिए भने सन् २०१७ मा एएफसी ए कोचीङ सर्टिफाईड लाईसेन्स प्राप्त गर्न सफल भएका थिए ।

यसका अलावा राणाले सन् २०२२ मा एएफसी फिटनेस कोचीङ सर्टिफिकेट कोर्स लेभल १ ए र रोयल नेदरल्याण्ड फुटबल एसोसियसनद्वारा आयोजित वर्ल्ड कोचेज कोर्स भाग १ पुरा गरेका छन् । शुलभ उनका दाइ बिशाल राणाबाट प्रेरित भएर फुटबल जगतमा लागेका हुन् । विशाल थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबाट फुटबल खेल्ने गर्थे । बिशालले पछि बिरगंजमा फुटबल प्रशिक्षण गराउन थाले । पर्सा जिल्ला फुटबल संघको प्रशिक्षकको जिम्मेवारी पाएका राणा खेलाडी उत्पादन गर्न लागिपरेका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व सदस्य अमर डङ्गोल बिशालको प्रशिक्षणबाट उत्पादित खेलाडी हुन । अमर सहित अन्य थुप्रै खेलाडी बिशालले उत्पादन गरेका थिए ।

बिशालको निधन भएपछि शुलभ बिशालकै पथमा अघि बढे । बिशालको उद्धेश्यलाई पूरा गर्न शुलभले पर्सा जिल्ला र आसपासका क्षेत्रहरुमा फुटबल प्रशिक्षण गराउन लागे । फुटबल प्रशिक्षणमा अब्बल राणा नेपाली फुटबलमा दक्ष रुपमा निखारिएका प्रशिक्षक हुन् । रानी पोखरी कर्नर टिम आरसिटी, मधेश प्रदेश र बिरगंज युनाईटेड क्लबलाई प्रशिक्षण गराएका राणा हाल बिरगंजस्थित दिल्ली पब्लिक स्कुलमा प्रशिक्षण गराउँछन् । मधेश प्रदेश फुटबल संघको मुख्य प्रशिक्षकको रुपमा कोभिड संक्रमणका कारण सम्पूर्ण फुटबल गतिविधि बन्देज भएको समयमा पनि गरेको उत्कृष्ट कामको प्रतिफल स्वरूप मधेश प्रदेशमा फुटबल गतिविधिलाई बढाउन सफल भएका थिए । अप्ठ्यारो समय परिस्थितिमा पनि आफ्नो टोलीलाई सफलता हासिल गराउन सक्ने क्षमता भएका राणा जस्ता पात्रनै नेपाली फुटबलको आधार हुन् । 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

भुटानसँग सजग नेपाल

भुटानसँग सजग नेपाल

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’