शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
  4. /
  5. बार्सिलोनाको लिजेन्ड बन्न चाहन्छन् यमल

बार्सिलोनाको लिजेन्ड बन्न चाहन्छन् यमल

२०२४ सेप्टेम्बर १६, सोमबारखेलपाटी संवाददाता

बार्सिलोनाको लिजेन्ड बन्न चाहन्छन् यमल

मड्रिड (एएफपी) – विश्वमा यस्ता थोरै क्लब छन्, जसले बार्सिलोनाले जस्तै स्टार खेलाडी उत्पादन गरेको भन्दै गर्व गर्न सक्छन्। यो क्याटलान क्लबको एकेडेमीले को मात्रै दिएन छैन?

अर्जेन्टिनी स्टार लिओनल मेसीमात्रै होइन, कार्लोस पुयोल, जाभी हर्नान्डेज, आन्द्रेस इनिएस्टा, सर्जियो बुस्केट्स र जेरार्ड पिकेजस्ता विश्व फुटबलमा तहल्का नै मच्चाउने खेलाडी यही क्लबको देन हुन्। यसमा पछिल्लो समय अर्को नाम थपिएको छ, लामिन यमल। १७ वर्षीय स्पेनका युवा स्टारलाई धेरैले पहिलादेखि नै भनिँदै आइएको छ— यी पछिका मेसी हुन्।

यमल भन्छन्, ‘इतिहासकै उत्कृष्ट खेलाडीसँग तुलना गर्नु अविश्वसनीय कुरा हो। यसको अर्थ म राम्रो गरिरहेको छु भन्ने हो। तर, उहाँले आफ्नो करियरमा जे जति उपलब्धि हासिल गर्नुभयो त्यो गर्न निकै कठिन हुनेछ।’

मेसी १३ वर्षकै उमेरमा बार्सिलोनाको एकेडेमी भित्रिएका हुन्। उनले क्लब करियरमा जित्नुपर्ने सबै उपाधि यहीँबाट जितेका छन्। त्यसैले मेसीको सफलताको चर्चा जतिबेला चल्न सुरू हुन्छ त्यसमा बार्सिलोनाको नाम जोडिन्छ नै। त्यसैले त मेसी पनि यही क्लबबाट करियर अन्त्य होस् भन्ने चाहन्छे। उनी भन्थे, ‘बार्सिलोना मेरो घर हो। मलाई यही क्लबले जन्माएको हो। त्यसैले म करियरको अन्तिमसम्म पनि यहीबाट खेल्न चाहन्छु।’ अहिले यमल पनि ठ्याकै मेसीकै लाइनमा उभिएका छन्। भन्छन्, ‘बार्सिलोना कहिल्यै छाड्न नपरोस्।’

सन् २०२३ को अप्रिलमा १५ वर्षको उमेरमा यमलले बार्सिलोनामा डेब्यु गरेका थिए। डेब्यु गरेयता नै क्लबका लागि उनी महत्त्वपूर्ण खेलाडी बनेका छन्। स्पेनिस निजी टेलिभिजन एन्टेना ३ को हिट शो ‘एल होर्मिगुएरो’ मा उनले भने, ‘म कहिल्यै बार्सिलोना छोड्दिनँ। बार्सिलोनाको म लिजेन्ड बन्न चाहन्छु।’ किन त? यमलको आफ्नै तर्क छ— सानो उमेरदेखि नै बार्सिलोनाले उत्कृष्ट खेलाडी बनाउन मनोवैज्ञानिक रूपमा तयार पारेको छ।

उनी आफैँलाई पनि सानैदेखि बार्सिलोनाले यसरी नै तयार भएका हुन्। त्यसैले उनी आफू बार्सिलोनाको उत्कृष्ट उत्पादन रहेको प्रमाणित गर्न चाहन्छन्। 

‘सानो उमेरदेखि बार्साले खेलाडीलाई उत्कृष्ट  बनाउन मनोवैज्ञानिकको रूपमा तयार पार्छ। मलाई पनि सानैदेखि तयार पार्दै आएका छन्। त्यसैले म पनि आफू उत्कृष्ट बन्ने कोसिस गर्छु र आफूलाई भविष्यमा बार्सिलोनाको लिजेन्डको रूपमा चिनोस् भन्ने चाहन्छु,’ उनले भने।

जुलाईमा १७ वर्ष पुगेका विंगरले जति क्लबका लागि महत्त्वपूर्ण योगदान दिएका छन् त्यति नै राष्ट्रिय टोलीका लागि पनि दिँदै आएका छन्। स्पेनले युरो कप २०२४ मा कीर्तिमानी चौथोपल्ट उपाधि जित्दा यी नै यमल प्रतियोगिताको इतिहासमा खेल्ने र गोल गर्ने सबैभन्दा कान्छो फुटबलर बनेका थिए।  फ्रान्सविरुद्धको सेमिफाइनलमा शानदार गोलसहित युरो कपभर उनले गरेको उत्कृष्ट प्रदर्शनको जति प्रशंसा गरेपनि कम हुँदैन।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

भुटानसँग सजग नेपाल

भुटानसँग सजग नेपाल

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’