बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

आइतबार, ०६ कार्तिक २०७९हेम राज हमाल
नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना
Loading ad...
mustang rice ad

काठमाडौं । पोखरा आफैमा खेलकुदको नगरी हो । खेलकुद पूर्वाधारको हिसाबले समेत पोखरा सम्पन्नै छ । राष्ट्रिय प्रतियोगिता आयोजनाको मुखमा नयाँ पूर्वाधार बनाउने दबाब आयोजकलाई थिएन । तर ब्यवस्थापकीय कमजोरी र नेतृत्वको असमक्षमताका कारण नवौं राष्ट्रिय खेलकुद झारा टार्नैमै सिमित बनेको छ । पोखरामा करिब एक हप्ता औपचारिक रुपमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ‘कर्मकाण्डी’ रुपमा सम्पन्न भएको छ । 

हरेक नेतृत्वको परिक्षा खास–खास समयमा हुने गर्छ । उसले गर्ने निर्णय, उसको कार्य क्षमताले कुनैपनि ब्यक्तिले अलग ब्यक्तित्व बनाउँछ, उचाई प्राप्त गर्छ । माओवादी केन्द्रले खेलकुदमा नयाँ ‘कुलमान घिसिङ’ बनाउने उद्घोष सहित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नेतृत्वमा स्थापित गरिएका पात्र टंकलाल घिसिङको ब्यवस्थापकीय कमजोरीका कारण नवौं राष्ट्रिय खेलकुद कर्मकाण्डी आयोजनामा सिमित बनेको छ । 

राज्यले करिब ६० करोड बढी रकम खर्चिएर आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुदले राष्ट्रिय प्रतियोगिताको गरिमा कायम राख्न सकेन । प्रतियोगिताको सञ्चालन, व्यवस्थापकीय कमजोरीका कारण नवौं राष्ट्रिय ‘झारा टार्ने’मै सिमित बनेको छ । सिंगो राज्यले लगानी गरेर आयोजना गरेको राष्ट्रिय प्रतियोगिताका अधिकांश खेलको सञ्चालनमा अन्तराष्ट्रिय मापदण्डनै पुरा भएनन् । धेरै कीर्तिमान बनेका एथलेटिक्स र पौडीका स्पर्धा ‘हाते घडी’मा मापन गरिए । पौडी पोखरीको नाप र मापदण्डकै प्रश्न उठिरहदाँ राष्ट्रिय प्रतियोगितामा बनेका अधिकांश कीर्तिमानले अन्तराष्ट्रिय रुपमा मान्यता पाउने छैनन् । 

सबैभन्दा ठुलो कमजोरी राखेपबाट समन्वयको देखियो । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना भैरहदाँ राखेप नेतृत्वले प्रादेशिक सरकार र स्थानीय पालिकालाई कार्यक्रमसँग जोड्नै सकेन । स्थानीय सरकार र सरोकारवाला निकायको अपनत्व नहुँदा नवौं राष्ट्रिय खेलकुदको उद्घाटनदेखि समापनसम्म जनसहभागिता कतै देखिएन । 

प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका उपसमितिलाई काम गर्न नदिएर राखेप नेतृत्व ‘माइक्रो म्यानेजमेन्ट’मा उत्रिएपनि अधिकांश काम प्रभावित भए । खेल स्थल निर्माणमा आफुलाई बाइपास गरेर बजेट खर्च गरेपछि उपसमितिका संयोजक तथा बोर्ड सदस्य राजेश गुरुङले सार्वजनीक रुपमै असन्तुष्टि पोखे । खेल स्थल मात्र हैन, अधिकांश उपसमितिका बजेटमा राखेपको नेतृत्वले हस्तक्षप गरेर आफु अनुकुलका ब्यक्ति र संस्थामार्फत काम गराउँदा कार्यसम्पादनमा समस्या आए । ‘नेतृत्वनै माइक्रो म्यानेजमेन्टमा उत्रिएपछि काममा असर गरिहाल्छ नि । उपसमितिमा आफ्ना मान्छे भर्नेदेखि कसलाई कुन काम दिने भन्नेसम्म उहाँ (सदस्य सचिव)को हस्तक्षप रह्यो ।’ समितिका एक संयोजकले भने । 

प्रभावकारी रुपमा काम गर्नुपर्ने उपसमितिलाई राखेप नेतृत्वले आसेपासे भर्ति केन्द्रको रुपमा परिणत गरेपछि अधिकांश उपसमितिले काम गर्नै सकेनन् । ‘सदस्य सचिवले जसलाई भेट्यो, उसैलाई उप समितिको सदस्य भन्दै पत्र दिए । जिल्लाभरीका मान्छे ल्याएर उपसमितिलाई भर्ति केन्द्र बनाए । प्रतियोगिता सञ्चालनका बेला सदस्य सचिवका मान्छेले पैसा मागेर हैरान गरेपछि कसरी काम गर्नु ?’ उपसमितिका एक सदस्यले गुनासो गर्दै भने । 

पर्याप्त समय भएपनि समयमै खेल स्थल बन्न सकेनन् । महिला फुटबल भएको स्याङ्जाको वालिङमा मैदान बनाउन स्थानिय सरकारले पैसा खर्च गर्न पर्यो । संघीय सरकारको आयोजनामा भएको राष्ट्रिय खेलकुदमा स्थानीय सरकारबाट पैसा खर्च गराउन परेपछि राखेप उपाध्यक्षले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए । घाँसे मैदानमा हकी खेलाईयो । भलिबल, जिन्म्याष्टिक लगायतका अधिकांश खेल पुरानै म्याटमा सम्पन्न भए । गतिलो म्याट नहुँदा भलिबलका धेरै खेलाडीले चोट बोके । खेलाडीले समयमै खेल सामाग्री नपाएर फेन्सिङ लगायतका खेल सकिए । बजेट अनुसारको खेलाडीलाई पोशाक सामाग्री नभएको भन्दै राखेप सदस्य सचिव घिसिङतर्फ शंका सहितका प्रश्नहरु उठ्न थालेका छन् ।

सबैभन्दा ठुलो कमजोरी बसोबास र यातायातमा देखियो । तर राखेपले व्यवस्था गरेको यातायात पोखरा रंगशालामा वरपर देखिएन । राखेप नेतृत्वले आफु र आफु निकटका पदाधिकारीलाई पोखरा सहित आसपासका जिल्लामा घुमघामका लागि यातायातमा राम्रो खर्च गर्यो, तर रिपोर्टिङका लागि खेल स्थलसम्म पुग्न पत्रकारलेनै ठुलै सास्ती भोग्न पर्यो । आसेपासेलाई तेल सहितको गाडी सुविधा दिदाँ  यातायातमा टेण्डरमा दिएको भन्दा बढी खर्च निस्किएको राखेपका एक अधिकारी बताउँछन् । ‘सदस्य सचिवले यसको टेण्डर भन्दा बढी खर्च गराएको भरपाई कसरी गर्छन्, हेर्न बाँकी छ ।’ ती कर्मचारी बताउँछन् । 

सधैजसो बसोबासमा देखिने यस पटक पनि उस्तै रह्यो । उप समितिका संयोजक नियुक्तिको सुरुवातमै राखेप सदस्य सचिवले सबैभन्दा ठुलो बजेट भएको बसोबास उपसमितिमा आफ्ना मान्छे सेट गरेका थिए । तर बसोबास उपसमितिले खोजेका होटल महङ्गो भएको भन्दै खेलाडी र अफिसियल बस्न मानेनन् । कमिसनको चक्करमा आफुलाई महङ्गो होटलमा राख्न खोजेको भन्दै अधिकांश खेलाडीले आफु अनुकुलको बसोबासको व्यवस्था गरे । पदाधिकारी तारे होटलमा बस्ने र खेलाडीले बसपार्क नजिकका होटल खोज्ने पुरानो परम्परालाई घिसिङले समेत कायम राखे ।  

प्रत्येक दुई वर्षमा आयोजना हुने लक्ष्य सहित सुरुवात भएको राष्ट्रिय प्रतियोगिता समयमै आयोजना नहुनुनै यसको चुनौती हो । यस चुनौतीलाई पार गर्दै राखेपले नवौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको छ । राखेप नेतृत्वले दाबी गरे जस्तै १० लाखको रनिङ सिल्डको निर्माण, खेलाडीको एन्टि डोपिङ परिक्षण, खेलाडीको अनलाईन फारम दर्ता जस्ता केही सुधारात्मक काम भएका छन् । तर राष्ट्रिय गौरवको प्रतियोगिता जसरी आयोजना र सञ्चालन हुनुपर्ने हो, त्यो हुन सकेन । सम्बन्धित संघ, र अन्य निकायले आयोजना गर्ने खेल स्पर्धा भन्दा राष्ट्रिय प्रतियोगिता फरक हुन सकेन । युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वले राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अडान लियो, निर्णय गर्यो र प्रतियोगिता अगावै आवश्यक ६० करोड रुपैयाँ राखेपको खातामा व्यवस्था गर्यो । त्यसपछि राखेप नेतृत्वले यसको कसरी सञ्चालन गर्यो त ? कसरी प्रतियोगिताको व्यवस्थापन गर्यो त भन्ने मुख्य प्रश्न हो । 

एक हप्ता पोखरा रंगशाला र आसपासका खेल मैदानमा रिपोर्टिङ गर्दै गर्दा राष्ट्रिय प्रतियोगिताको महशुश न खेलाडीले गरेको देखियो, न खेलकुदका सरोकारवाला निकायले । खेलाडीलाई एक ठाउँमा जम्मा गर्दैमा राष्ट्रिय प्रतियोगिता हुदैन भन्ने चेत राखेपको नेतृत्वमा अझै पलाउन सकेन । राष्ट्रिय गौरवको प्रतियोगिता सञ्चालनको अन्तराष्ट्रिय मापदण्ड र व्यवस्थापनको चुस्तता नवौंमा पनि भेट्न सकिएन । हुन त नवौं संस्करणसम्म आईपुग्दा प्रतियोगिता आयोजना र सञ्चालनमा राखेप खारिनुपर्ने हो, अझ अब्बल देखिन पर्ने हो । तर राखेप नेतृत्वको ध्यान कमाउ धन्दामै सिमिति बन्दा गण्डकीमा नवौं राष्ट्रिय खेलकुद इतिहास रच्नबाट चुकेको छ । 
 

Loading ad...
LiNing Ad
#नवौं राष्ट्रिय खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

 मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

मुम्बई भर्सेस पञ्जाब : टक्करका प्रतिस्पर्धी !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन