मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अदालत छिरेको खेलकुद 

सोमबार, २६ पौष २०७८हिम बिक्रम केसी
अदालत छिरेको खेलकुद 

राखेप सदस्य सचिवको रुपमा टंकलाल छिसिङलाई शपथ गराउँदै खेलकुद मन्त्री महेश्वर गहतराज । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad


काठमाडौं । 

घटना एक – यसै वर्ष गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्यौलमा छ । २०७५ सालमा भएको राष्ट्रिय खेलकुद २०७७ सालभित्र हुनपर्ने थियो । तर कोभिडका कारण समयमै हुन सकेन । कोभिडको अवस्था सामान्य बनेको अवस्थामा समेत नवौं राष्ट्रिय खेलकुदको विषयमा औपचारिक निर्णय हुन सकेको छैन । 

घटना दुई – राजनीतिक अस्थिरता र छिटो छिटो हुने सरकार परिवर्तनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकनै नबसकेको साढे दुई वर्ष नाघिसकेको छ । २०७५ सालमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदको समापनमा अन्तिम पटक राखेप बोर्ड बैठक बसेको थियो । त्यसपछि राखेपको नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने परिषद्को बैठक बस्न सकेको छैन ।  

घटना तीन – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएको साढे दुई वर्ष बितेको छ । तर न ऐन अन्तर्गतको नियमावली बनेको छ । न त ऐनको कार्यान्वयनमा जान सकेको छ । संघीय संरचना अनुसार ऐन लागु गर्न नसक्दा खेलकुद भद्रगोल अवस्थामा छ । धेरै राष्ट्रिय खेलकुद संघको निर्वाचननै रोकिएको अवस्थामा छ ।  

यी त केही प्रतिनिधि घटना मात्र हुन् ।

युवा तथा खेलकुद मन्त्रालयमा फेरिरहने मन्त्री र पछिल्लो समय राखेपमा देखिएको सदस्य सचिवको विवादले नेपाली खेलकुद धरासायी अवस्थामा पुगेको छ । मैदानभित्र भन्दा बाहिर राजनीतिक खेलाडीको दाउपेच चर्को बन्दा नेपाली खेलकुद अदालत छिरेको छ । 

खेलकुद अदालत छिरेसँगै राखेप, सिंहदरबार र मैदानभित्रका सबै गतिविधि प्रभावित बनेका छन् । सबैको ध्यान र शक्ति यतिबेला अदालतको कोर्टतर्फ छ । नयाँ सरकार फेरिएसँगै खेलकुदमा विवादको नयाँ श्रृङ्खला सुरु भएको हो ।

राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्ट खेलकुदको विवाद अदालतमा पस्नु समग्र खेलकुदकै लागि दुखद विषय भएको बताउँछन् । 

‘यो समग्र खेलकुदका लागि दुखद विषय हो । यसले फेरी नेपाली खेलकुद अस्थिरतातर्फ गएको देखिन्छ ।’ उनी भन्छन्, ‘एक समय खेलकुद लयमा गएको देखिन्थ्यो । तर विवाद अदालतमा केन्द्रित हुँदा समग्र खेलकुद प्रभावित बनेको छ ।’

‘खेलकुदको कुनै गतिविधि छैन । अस्तव्यस्त देखिन्छ । कुनै कार्यक्रम, योजना अघि बढेका छैनन् । संघहरु अलपत्र अवस्थामा छन् । कर्मचारी, खेलाडीमा आत्मविश्वास छैन । खेलकुद पुरानै विवादको श्रृङ्खलामा फर्किएको देखिन्छ । जसका कारण भएपनि यसले खेलकुदलाई नै क्षती भएको छ । यो राम्रो हैन ।’ विष्ट भन्छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रका नेता महेश्वर गहतराज आए । गहतराज मन्त्री बनेर आउने बित्तिकै केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोधे । तत्कालिन ओली नेतृत्वको सरकारले नियुक्त गरेका रहेक राजनीतिक नियुक्तिलाई खारेज गर्ने वर्तमान सरकारको नीति अनुसार सिलवाल स्पष्टिकरण हुँदै पदमुक्तसम्म पुगे ।

वर्तमान सरकारले सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रीपरिषद्को कात्तिक १ गतेको बैठकले सदस्य सचिव पदबाट पदमुक्त गर्यो । 

सरकारको निर्णयविरुद्ध सिलवालले कात्तिक २५ गते सर्वोच्च अदालतमा मुद्धा दायर गरे । अदालतले मंसिर २९ गते सिलवाललाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगराउन र सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई काममा नलगाउन अल्पकालिन अन्तरिम आदेश जारी गर्यो ।

सिलवालले सो आदेशलाई पुर्नबहालीको रुपमा ब्याख्या गरे । सो मुद्धा अदालतमा विचाराधिन छ । अदालतले आगामी माघ ३ गते बहशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । 

नेपाली खेलकुदको मुख्य प्रशासनीक निकायका प्रमुख सदस्य सचिवको मुद्धा अदालतमा विचाराधिन हुँदा सिंगो खेलकुद कार्यकारी प्रमुख विहिन भएको छ । सदस्य सचिवको विवाद अदालत छिरेपछि खेलकुदको प्रशासनीयक निकायको गतिविधि शुन्य अवस्थामा छ । जसबाट सम्पुर्ण खेलकुद र दैनिक कार्यसञ्चालन प्रभावित छ । 

सदस्य सचिवको विवाद मात्र हैन, राखेपको बोर्ड सदस्य पदमुक्त गर्ने र नयाँ बोर्ड सदस्य नियुक्त गर्ने विषयले समेत अदालतमा विचाराधिन अवस्थामा छ । बोर्ड सदस्य नियुक्त भएपछि एकपटक समेत बोर्ड बैठक बस्न नपाएको बोर्ड सदस्य सरकार परिवर्तनसँगै पदमुक्त भए । 

सरकारको निर्णयविरुद्ध बोर्ड सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ र रिम रानाभाटले अदालतमा मुद्धा दायर गरेका थिए । अदालतले समेत बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गर्यो ।

अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न मंसिर ९ गते अन्तरिम आदेश जारी गरेको थियो । अदालतले पुन दुवै पक्षलाई छलफलमा बोलाएर पुस १३ गते अन्तिम फैसला नहुने बेलासम्म पदमुक्तको निर्णय कार्यान्वयन नगर्न दिएको पुरानै आदेशलाई निरन्तरताको पक्षमा निर्णय सुनाएको थियो । 

सदस्य सचिव र बोर्ड सदस्यको मुद्धा अदालतमा विचाराधिन हुँदा सरकारले न खेलकुद सम्बन्धि गतिविधिनै अघि बढाउन पाएको छ, न बोर्ड बैठक बसेर कुनै नीति, योजना सार्वजनीक वा कार्यान्वयननै गर्न सकेको छ ।

अदालतको पछिल्ला निर्णयहरुले आफुहरुलाई क्रसिद बनाएको मन्त्रालयका एक अधिकारीले खेलपाटीलाई बताए । 
‘अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । यो भनेको छोटो समयका लागि हो । तर अदालतले यसलाई बढाईरहेको छ । उनले भने, आदेश के हो भन्ने विषयमा क्रसिद छौं । अदालतले छिट्टै निर्णय दिने आश गरेर बसेका छौं ।’ उनले भने । 

‘मन्त्रालयका सबै काममा अदालतबाट रोक्ने काम भएको छ । मन्त्रीले एउटा निर्णय गर्नुहुन्छ, अदालतले रोकिदिन्छ । ऐन अनुसारको निर्णयलाई मान्यता दिन पर्ने हो । आश पनि थियो । तर अदालतबाट लम्ब्याईदिने काम भएको छ ।’ ती अधिकारीले भने ।  
 

Loading ad...
LiNing Ad
#अदालत छिरेको खेलकुद

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी