आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अल्पकालिन आदेशले दीर्घकालिन असर गर्यो - खेलुकद मन्त्री

मंगलबार, १३ पौष २०७८खेलपाटी संवाददाता
अल्पकालिन आदेशले दीर्घकालिन असर गर्यो - खेलुकद मन्त्री

एनओसीको साधारण सभालाई सम्बोधन गर्दै खेलकुद मन्त्री महेश्वर गहतराज । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन  असर गरेको टिप्पणी गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपनि त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको बताए ।

'आदेश त अल्पकालिन थियो । तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ ।' उनले भने, 'देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्राधिकारमा राखेर हेरिनुपर्छ भन्ने लाग्छ ।'

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था आएको मन्त्री गहतराजले उल्लेख गरे ।

'यो रमेश सिलवालको विषयमात्र हैन । अथवा टंकलाल घिसिङको विषयमात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो ।' गहतराजले भने, 'अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ ।'

उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा व्यक्त गरेका छन् ।

राखेप सदस्य सचिवको विषय अदालतमा प्रवेश गरेसँगै सिंगो खेलकुद क्षेत्र प्रभावित बनेको छ ।

तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई गरेको कारबाही रोक्न र टंकलाल घिसिङलाई तत्काल काममा नलगाउन अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।

अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलमा बोलाएको थियो । तर पुस १२ गते सोमबार मुद्धामाथि बहष भएन ।

यस मुद्धालाई हेर्दा हेर्दैमा राखिएको छ । मुद्धा १५ दिन पछि सरेको छ ।

राखेप सदस्य सचिवको विषय अदालतमा प्रवेश गरेसँगै खेलकुदको सम्पुर्ण काम कारबाही प्रभावित बनेको छ ।

सिंगो खेलकुद सञ्चालन गर्ने राखेपको कार्यकारी अधिकार सदस्य सचिवमा रहने गर्छ ।

मन्त्री गहतराजले अदालतले छिट्टै सो विषयमा अदालतले मुद्धा किनारा लगाउने अपेक्षा गरे ।

'अदालतले जस्तो निर्णय गर्छ । सरकार त्यसको पालना गर्न तयार छ । तर यसको जति सक्दो चाँडो फैसला हुने अपेक्षा छ ।' उनले भने ।

कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अदालतको आदेशले खेलकुदमा नकारात्मक असर परेको बताए ।

'कानुनी फैसला गर्ने विषय अदालतको काम भयो । तर खेलकुदका विषयमा तत्काल निर्णयमा पुर्याउने काम हुनुपर्छ ।' उनले भने । 

उनले खेलकुदको विषयमा अदालतबाट बिलम्ब गर्न नहुने कुरामा जोड दिदै यस्ता कुराले खेलकुदमा ठुलो असर गर्ने धारणा राखे । 
 

Loading ad...
LiNing Ad
#खेलुकद मन्त्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?