आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

ऐतिहासिक खेलको प्रतिक्षा 

शनिबार, ०३ पौष २०७८मनोज थापा (हिमालयन मनोज)
ऐतिहासिक खेलको प्रतिक्षा 

मनाङको घरेलु मैदानको रुपमा तयार पारिएको पोखरा रंगशाला । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक काठमाडौं उपत्यका बाहिर सञ्चालन हुदैछ । घरेलु लिगको संरचनामा सुधार हुन नसकिरहेको बेला लिग फुटबल पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । 

नेपाली फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्दै पहिलो ‘होम गेम’ आयोजना गर्दैछ । 

उसले पहिलो खेलमा विभागीय टिम पुलिसलाई आतिथ्यता प्रदान गरेको छ । मनाङ नेपाली फुटबलमा काठमाडौं उपत्यका बाहिर घरेलु मैदानमा लिग सञ्चालन गर्ने पहिलो क्लब बनेको छ । 

शनिबार दिउँसो मनाङले पुलिससँग पोखरा रंगशालामा खेल्दै घरेलु फुटबलमा नयाँ इतिहास कायम गर्नेछ । पुलिससँगै मनाङले ब्रिगेड ब्वाइज र च्यासलसँग समेत पोखरा रंगशालामा खेल्नेछन् ।

मनाङले यस सिजन कम्तीमा ६ खेल पोखरा रंगशालामा खेल्न चाहेको थियो । एन्फा समेत यसका लागि तयार थियो । तर अन्य क्लब मनाङसँग पोखरा खेल्न आउन मानेनन् । 

‘डबल राउण्ड रोबिन’ र ‘होम एण्ड अवे’ अनिवार्य नभएका कारण क्लबहरु पोखरा रंगशाला आउन बाध्य थिएनन् । मनाङले क्लबसँग सहमती गरेर तीन खेल पोखरा रंगशाला लैजान सफल भएको हो । 

यस वर्ष मनाङले ‘होम गेम’को प्रयोग पोखरा रंगशालामा गर्न चाहेको छ । अर्को सिजनबाट आफ्ना सम्पूर्ण खेल पोखरा रंगशालामा खेल्ने मनाङको लक्ष्य छ । 

गण्डकी प्रदेश अन्तर्गतको जिल्ला भएका कारण मनाङले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा विकास गर्ने निर्णय गरेको हो । क्लबलाई आर्थिक रुपमा बलियो र व्यवसायीक रुपमा सफल बनाउन समेत मनाङले पोखरा रंगशाला रोजेको हो । 

सोही अनुसार मनाङले पहिलो वर्षनै पोखरामा सञ्चालन हुने खेलको सम्पुर्ण आर्थिक भार आफैले उठाएको छ । साथै ‘गेटमनी’ मार्फत आउने रकम समेत क्लब आफैले राख्नेछ । 

पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने क्लबको निर्णयबाट खुसी हुँदै गण्डकी प्रदेश सरकारले यस वर्ष मनाङलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । मनाङले सो रकम खेलाडी, अफिसियल, तयारीको सन्दर्भमा खर्च गर्नेछ।

ए डिभिजन लिग खेल्ने अधिकांश क्लब काठमाडौं उपत्यका केन्द्रित छन् । सबै क्लब काठमाडौं र ललितपुरका छन् । महङ्गो बन्दै गईरहेको फुटबलको व्यवस्थापन र व्यवसायीक रुपमा काठमाडौं उपत्यकाले मात्र क्लबहरु थेग्न नसक्ने अवस्था छ ।

सोही कारण क्लबहरु काठमाडौं उपत्यका बाहिर जानुपर्ने बाध्यतामा छन् । एन्फाले समेत यसमा क्लबहरुलाई प्रेरित गरिरहेको छ । तर मोफसललाई घरेलु मैदानको रुपमा विकास गरेर लिग खेलाउने मनाङ पहिलो क्लब बनेको छ । 

घरेलु लिगमा फुटबलमा इतिहास कायम गरेको मनाङको कदमले अन्य क्लबलाई समेत मोफसल झर्न प्रेरित गरेको छ । साथै एन्फालाई समेत लिग डबल राउण्डमा सञ्चालन गर्न र होम एण्ड अवेको रुपमा लैजान दबाब बढाएको छ । 

Loading ad...
LiNing Ad
#ऐतिहासिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?