आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

इतिहास रच्ने अवसर

शनिबार, ३० आश्विन २०७८खेलपाटी संवाददाता
इतिहास रच्ने अवसर
Loading ad...
mustang rice ad

काठमाडौं । साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो ।

सन् १९९३ बाट सार्क गोल्डको नामबाट सुरु प्रतियोगिताले २८ वर्ष पार गरिसकेको छ ।

तर, नेपालले साफ च्याम्पियनसिपमा अहिलेसम्म च्याम्पियन हुने अवसर पाएको छैन्।

माल्दिभ्समा जारी १३ संस्करणको साफमा भने नेपाललाई इतिहास रच्ने अवसर छ ।

साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको छ । र, नेपालले आज शनिबार भारतविरुद्ध उपाधिका लागि खेल्दैछ ।

भारतको साफ इतिहास फरक छ । साफमा भारतको एक्लो दबदबा छ । भारतले कीर्तिमानी ७ पटक साफको उपाधि जितेको छ ।

साफमा नेपालको अहिलेसम्मकै सबैभन्दा राम्रो प्रदर्शन भनेको तेस्रो स्थानमा रहनु थियो । जुन सन् १९९३ को पहिलो सार्क गोल्डमा प्राप्त भएको थियो । राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपाल भारत र श्रीलंकापछि तेस्रो स्थानमा रह्यो ।

यस पटक भने नेपाली टिमले फाइनलमा स्थान बनाउँदै इतिहास बनाईसकेको छ । अब नेपाललाई अर्को इतिहास रच्न एक खुड्किलो बाँकी छ । त्यसको लागि भारतको चुनौती पन्छाउनु पर्नेछ ।

नेपालले आज भारतलाई हराएमा पहिलो पटक साफको उपाधि जित्नेछ । जुन नेपाली फुटबलको ऐतिहासिक दिन हुनेछ ।

'हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,' नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भन्छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको मुख्य लक्ष्य नेपाललाई साफको उपाधि जिताउने छ । अल्मुताइरी पटक पटक भन्दै आएका छन् ।

तर, भारतको चुनौती पन्छाएर इतिहास बनाउनु नेपाललाई सहज छैन । दक्षिण एसियाली फुटबलमा नेपालको बाधक भारत बन्दै आईरहेको छ ।

लिग चरणको भेटमा समेत नेपाल भारतसँगै पराजित भएको थियो । सुरुआती दुई खेलमा जित निकालेको नेपाल तेस्रो खेलमा भारतसँग १-० ले पराजित भएको थियो ।

नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ । यस्तै नेपाल भारतविरुद्धको बिगत भुलेर फाइनल खेल्नेछ ।

हामी विगतको बारेमा वास्ता गर्दैनौं । विगत पहिले नै गईसक्यो । हामीले विगतमा के गर्यौं । त्यसलाई मतलब गर्ने छैनौँ । हामीले फाइनल खेलको बारेमा मात्र सोचेका छौँ,' कप्तान किरण भन्छन् ।

भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ ।

नेपालविरुद्ध भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

बार्सिलोना र मोरक्कोको क्लबबीच तय प्रि–सिजन खेल स्थगित

अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?