बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

साफको ‘ड्राइभिङ सिट’ मा नेपाल

बुधबार, २० आश्विन २०७८खेलपाटी संवाददाता
साफको ‘ड्राइभिङ सिट’ मा नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं । मंगलबार साफ च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई हरायो ।

‘हाइ स्कोरिङ’ खेलमा दक्षिण एसियाको बलियो प्रतिद्धन्दी श्रीलंकामाथि ३–२ को जित निकाल्दै नेपाल साफको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

फुटबलका जानकार सञ्जिव मिश्र नेपाल साफ च्याम्पियनसिपको अहिलेको अवस्थामा ‘ड्राइभिङ सिट’मा रहेको बताउँछन् ।

के नेपाल उपाधिको बलियो दाबेदार हो त ?

प्रश्न खस्न नपाउँदै मिश्र भन्छन्, ‘अझै धेरै दौड बाँकी छ । तर नेपाल अहिले ‘ड्राइभिङ सिट’मा छ । तुलनात्मक रुपमा फाइनल पुग्न नेपाललाई अरु टिमभन्दा सजिलो अवस्था बनेको छ ।’

नेपालले उद्घाटन खेलमै आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १–० ले हराएर सनसनीपूर्ण नतिजा निकालेको थियो ।

नेपाललाई जित दिलाउन मनिष डाँगीले विजयी गोल गरेका थिए । मनिषको गोललाई अन्तराष्ट्रिय फुटबलमा नेपालले गरेको उत्कृष्ट मध्यको एक मानिएको छ ।

सोमबार श्रीलंकाविरुद्धको खेल अझै कठिन हुने अपेक्षा गरिएको थियो ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भन्दै थिए, ‘श्रीलंकाले हामीलाई आश्चार्यमा पार्न सक्छ ।’

तर नेपाली खेलाडीको गति र कौशल अघि श्रीलंकाको खासै जोर चलेन ।

खेल अवधिभर नेपाल नतिजा र  प्रदर्शनका आधारमा श्रीलंकामाथि हावीनै देखियो ।

May be an image of 2 people, people playing football, people standing and outdoors

सुमन लामा, अन्जन विष्ट र आयुश घलानले निकै उत्कृष्ट गोल श्रीलंकाविरुद्ध गरे ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपालको यो उत्कृष्ट सुरुवात हो ।

अर्थात नेपालले साफको इतिहासमा सुरुवाती दुई खेलमा जित निकालेको थिएन ।

साफ फुटबलमा अहिलेसम्म फाइनल पुग्न नसकेको नेपाल १३ औं संस्करणको फाइनल खेल्ने ‘फेबरेट’ टिम बनेको छ ।

नेपालले लिग चरणमा दक्षिण एसियाली फुटबलका चिरप्रतिद्धन्दी बंगलादेश र भारतविरुद्ध खेल्नै बाँकी छ । तर सुरुवाती दुई खेलको प्रर्दशन र नतिजाले नेपाललाई महत्वकाक्षी टिमको रुपमा प्रस्तुत गरिदिएको छ ।

‘साफमा हामीले उत्कृष्ट सुरुवात गरेका छौं ।’ फुटबलका विश्लेषक समेत रहेका मिश्र भन्छन्, ‘साविक विजेता माल्दिभ्सलाई घरेलु मैदानमै हराएका छौं । श्रीलंकाविरुद्ध जुन नतिजा निकालेका छौं । यस हिसाबले अहिलेसम्मै उत्कृष्ट सुरुवात भन्न सक्छौं ।’

साफ च्याम्पियनसिप जिताउने लक्ष्य सहित कुवेती प्रशिक्षक अलमुताइरीलाई नेपाली टिम जिम्मा लगाइएको थियो । नेपाली टिमको प्रर्दशन र नतिजामा उनै अलमुताइरी हाबी देखिन्छन् ।

May be an image of 2 people, people playing sports and grass

लिग निर्देशक समेत रहेका मिश्र प्रशिक्षकको रणनीतिनै नेपाली फुटबलले प्राप्त गरेको नतिजाको कारण मान्छन् ।

‘प्रशिक्षकले खेलाडीलाई गरेको ‘मोटिभेसन’नै प्रमुख कारण हो । खेलाडीको क्षमता प्रशिक्षकले सही किसिमले बुझेका छन् । आफुले छनोट गरेका खेलाडीलाई सही किसिमले प्रयोग गरेका छन् ।’ मिश्र भन्छन्, ‘प्रशिक्षकले सही समय, सही स्थानमा सही खेलाडीको प्रयोग गरेको देखिन्छ ।’

 

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी