काठमाडौं । कोभिड महामारी सुरु भए यता एक वर्ष नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेन् । कुवेतविरुद्ध थिम्पुमा भएको विश्वकप छनोट नै त्यस अगाडिको अन्तिम खेल थियो ।
महामारी केही शान्त भएपछि नेपालले बंगलादेशविरुद्ध ढाकामा दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलेको थियो । यससँगै नेपालले १० खेल खेलेको छ ।
अनि यी खेलमा नेपालका लागि डेब्यु गर्नेको संख्या पुगेको छ, १७ । त्यो पनि एक वर्षको अन्तरमा ।
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा दुई जनाले डेब्यु गरे, सबैभन्दा पहिला राजन गुरुङ, त्यसपछि विशाल श्रेष्ठ ।
एक प्रकारले अविश्वसनीय र अप्रत्यासित छ, यति धेरै खेलाडीले एकै चोटी खेल्न पाउनु । यो पुस्ता हस्तान्तरणको चिन्ह पनि हो ।
अर्कोतर्फ खुसी केमा पनि हुनेछ भने नेपालमा कम्तीमा खेलाडीको कमी छैन् । डेब्यु गर्ने यी १७ खेलाडीमध्ये अहिलेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आठ खेलाडीलाई डेब्युको अवसर दिइसकेका छन् ।
यसअघिका प्रशिक्षक बालगोपाल महर्जनले ९ खेलाडीलाई नेपालका लागि पहिलो पल्ट खेल्ने अवसर दिए ।
अल्मुताइरी प्रशिक्षक भए यता नेपालका लागि पहिलो खेल्ने अवसर पाएका अन्य खेलाडी हुन्, गौत्तम श्रेष्ठ, मनीष डांगी, कमल थापा, सुरज ठकुरी, आयुष घलान र नितिन थापा ।
यी कुवेती प्रशिक्षकको खेल नीतिको एउटा पक्ष नै हो, नयाँ खेलाडीमा भर पर्ने । अबको साफ च्याम्पियनसिपमा यिनै नयाँले नेपालको चुनौती पेस गर्नेछ ।
डेब्यु खेलाडी -
विशाल श्रेष्ठ
नितिन थापा
राजन गुरुङ
मनिष डाँगी
गौतम श्रेष्ठ
कमल थापा
सुरज जिउ ठकुरी
आयुष घलान
संजोक राई
त्रिदेब गुरुङ
निशान खड्का
दर्शन गुरुङ
एरिक बिष्ट
विकाश खवास
पुजन उपरकोटी
सेसेहाङ आङ्देम्बे
छिरिङ गुरुङ