बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा कार्यसमिति – मनोनीतलाई ‘नो इन्ट्री’

शुक्रबार, १५ श्रावण २०७८खेलपाटी संवाददाता
एन्फा कार्यसमिति – मनोनीतलाई ‘नो इन्ट्री’
Loading ad...
mustang rice ad

काठमाडौं । मनोनीत पदाधिकारीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को आकस्मिक कार्यसमिति बैठक बस्ने भएको छ । शुक्रबार अपरान्ह बस्न लागेको कार्यसमिति बैठकमा मनोनीत सदस्य र पदाधिकारीलाई खबर गरिएको छैन ।

प्रशिक्षकको राजीनामा प्रकरण र साफ च्याम्पियनसिपको एजेण्डामा छलफल गर्न एन्फाले आकस्मिक कार्यसमिति बैठक आह्वान गरेको छ । प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्गमाथि आरोप लगाउदै पदबाट राजीनामा दिने घोषणा गरेपछि फुटबल विवाद उत्कर्षमा छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग सहित उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले युथ एकेडेमीको खेलाडी छनोटको विषयमा छलफल गर्न कार्यसमिति बैठकको माग गर्दै आएको थिए । प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउदै राजीनामाको घोषणा गरेपछि फुटबलमा नयाँ विवाद सिर्जना भएको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले प्रशिक्षकले आफुमाथि लगाएको आरोपको छानविन गर्न र संस्थागत धारणा सार्वजनीक गर्नुपर्ने माग गर्दै एन्फामा निवेदन दिएका थिए । अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले वरिष्ठ उपाध्यक्ष सहित असन्तुष्ट समूहसंग छलफल गरेर आकस्मिक कार्यसमिति बैठक आह्वान गरेका हुन् । तर बैठकमा मनोनीत सदस्य र पदाधिकारीलाई आमन्त्रण गरिएको छैन ।

शुक्रबारको बैठकमा १७ जना निर्वाचित कार्यसमिति र मनोनयनबाट आएका महासचिव इन्द्रमान तुलाधर र कोषाध्यक्ष रविन्द्र जोशीमात्र सहभागी हुनेछन् । अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घले सहित १७ जनालाई कार्यसमितिमा मनोनीत गरेका थिए ।

शुक्रबारको बैठकमा भने मनोनीत सदस्यलाई बाहिर राख्दै निर्वाचित कार्यसमितिलाई मात्र आमन्त्रण गरिएको छ ।

उपाध्यक्ष विरोध

एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले अब उपरान्त कुनैपनि कार्यसमिति बैठकमा आफु सहभागी नहुने भन्दै एन्फामा निवेदन दिएका छन् । आपतकालिन बैठकबारे कुनै जानकारी नदिइ खेदपूर्ण व्यवहार गरिएको भन्दै उपाध्यक्ष पराजुलीले अब उपरान्त कुनैपनि कार्यसमिति बैठकमा आफु नबस्ने बताएका हुन् । मनोनीत पदाधिकारीलाई बैठक बाहिर राखेर अपमान गरिएको भन्दै पराजुलीको चित्त दुखाई छ ।

‘वर्तमान कार्यसमिति निर्वाचित भएर कार्यारम्भ परे पश्चात संघले प्रदान गरेको जुनसुकै जिम्मेवारी विना सुविधा निर्वाह गर्दै आइरहेको अवस्थामा मैले फुटबल खेलको विकासमा गरेको लगानी एवं योगदानको समेत अवमुल्यन हुने गरी आपतकालिन बैठकबारेमा कुनै जानकारी नदिइ खेदपूर्व व्यहार गरिएको छ ।’ पराजुलीले भनेका छन् ।

पराजुुली मनोनीत उपाध्यक्ष हुन् । वर्तमान कार्यसमितिलाई निर्वाचनमा विजयी गराउन उनले सहयोग र समर्थन गरेका थिए । आफ्नै सहयोगमा निर्वाचित बनेका सहकर्मीहरुले आफुलाई बाहिर राख्दै कार्यसमिति बैठक आह्वान गरेपछि पराजुली असन्तुष्ट बनेका हुन् ।

अध्यक्ष शेर्पा नेतृत्वको प्यानलमा कृष्ण थापालाई उपाध्यक्षमा ल्याउन पराजुलीले निकै जोडबल गरेका थिए । नेम्वाङ्गलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गर्न समेत पराजुली सहितका पदाधिकारीले लबिङ गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीलेनै निर्वाचित कार्यसमितिको मात्र बैठक राख्न बारम्बार जोड गरेपछि आफु आगामी कुनै कार्यसमिति बैठकमा उपस्थित नहुने जानकारी गराएको पराजुलीले खेलपाटीलाई बताए ।

के भन्छन् प्रवक्ता ?

एन्फा प्रवक्ता किरण राईले बैठक आकस्मिक रुपमा गर्नुपर्ने भएकाले १७ जनालाई मात्र बैठकमा बोलाईएको बताउँछन् ।

‘विधान अनुसार १७ जनालाई कार्यसमितिको रुपमा बुझेको छ । अरु साथीलाई पनि मनोनीत कार्यसमितिको रुपमा मानिरहेका छौं, बुझिरहेका छौं । तर व्यवहारीक रुपमा यो बैठक आकस्मिक रुपमा गर्नुपर्ने भयो ।’ उनले भने, ‘अलीकती छिटो छरितो निर्णय गर्नुपर्ने सहमती अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको रह्यो ।’

उनले निर्वाचित कार्यसमितिको बैठक यस पटकका लागि मात्र आह्वान गरिएको बताए ।

‘यस परिस्थितीमा आपतकालिन समितिको बैठकमात्र बोलाउने कि भन्ने पनि थियो । तर आपतकालिन समितिको बैठक पुर्ण नहुने र सो बैठकको निर्णय कार्य समितिबाट पास गर्नुपर्ने हुन्छ ।’ राईले भने, ‘यही बैठकका लागि मात्र यसो गरिएको हो । कोभिडका कारण समेत धेरै भिड नगरौं भन्ने भयो ।’

अंक गणितको खेल

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले आकस्मिक कार्यसमिति बैठकमा निर्वाचित पदाधिकारीलाई मात्र आमन्त्रण गर्नुपर्ने अडान राखेपछि १७ जनालाई शुक्रबारको बैठकमा बोलाईएको हो । मनोनीत सहित एन्फाको ३४ जनाका कार्यसमितिमा अधिकांश अध्यक्ष शेर्पा निकट रहेका छन् ।

प्राय कार्यसमिति बैठकमा अल्पमतमा पर्ने गरेका नेम्वाङ्गले निर्वाचित कार्यसमिति बैठकमा जोड दिदै आएका थिए । निर्वाचित १७ सदस्यीय कार्यसमितिमा नेम्वाङ्ग पक्षमा उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामा छन् । बाँकी अघिकांश अध्यक्ष शेर्पा पक्षका छन् ।

कार्यसमिति बैठकमा अधिकांश पदाधिकारी शेर्पाकै एजेण्डामा समर्थन गर्ने देखिएपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले निर्वाचित कार्यसमितिलाई मात्र आमन्त्रण गरेर बैठकमा संस्थापन पक्षको दबाब कम गर्न चाहेको देखिन्छ ।

एन्फा कार्यसमिति :

अध्यक्ष : कर्माछिरिङ शेर्पा

वरिष्ठ उपाध्यक्ष : पंकज बिक्रम नेम्वाङ्ग

उपाध्यक्षहरु : वीरबहादुर खड्का, कृष्ण थापा, उपेन्द्रमान सिंह

महासचिव : इन्द्रमान तुलाधर (मनाेनीत)

काेषाध्यक्ष : रविन्द्र जोशी (मनाेनीत)

सदस्यहरु :

किरण राई (प्रवक्ता)

रतनकुमार श्रेष्ठ

दिनेश ब्यञ्जनकार

मधुसुदन उपाध्याय

प्रदेश सिंह राठोर

रविन्द्रमान श्रेष्ठ

कुमार केसी

पूर्णमान चित्रकार

निरोज खड्गी

विजय घले

दावा लामा

पेमा डोल्मा लामा

मनोनित पदाधिकारी :

टासी घले (मानार्थ अध्यक्ष)

किशोर राइ (वरिष्ठ उपाध्यक्ष)

शिक्षित पराजुली (उपाध्यक्ष)

राजेन्द्र न्यौपाने (सहायक कोषाध्यक्ष)

अरुणमान जोशी (सहायक महासचिव)

मोहन बस्नेत (सहायक महासचिव)

अब्दुल्लाहा समिउल्लाहा (सहायक महासचिव)

प्रकाश पंगेनी (सहायक महासचिव)

बसन्त अर्याल ( सहायक महासचिव )

निरजबहादुर राउत (सदस्य)

सदस्यहरु : प्रकाश विष्ट

ठुलभाइ केसी

ललबहादुर ज्वारचन

रुपेश अधिकारी

तपेश्वर राउत

दिपक राइ

प्रविनकुमार यादव

 

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी