बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनाङलाई पोखरा रंगशाला दिन सिफारिस

मंगलबार, १२ श्रावण २०७८खेलपाटी संवाददाता
मनाङलाई पोखरा रंगशाला दिन सिफारिस

पोखरा रंगशालामा मनाङ क्लबको टिम । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबलाई पोखरा रंगशाला घरेलु मैदानको रुपमा प्रयोग गर्न दिने गरि सिफारिस गरिएको छ ।

घरेलु फुटबलको लोकप्रिय क्लब मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गरेर फुटबल गतिविधि अघि बढाउन प्रयास गरिरहेको छ ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य राजेश गुरुङ सहित सरोकारवाला निकायको बैठक पोखरामा बस्यो ।

बैठकले मनाङको घरेलु मैदान पोखरा रंगशालालाई बनाउने विषयमा सहमती जुटाएको छ । साथै मनाङलाई घरेलु मैदानको रुपमा पोखरा रंगशालाको प्रमाणपत्र दिने विषयमा राखेपलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

राखेप बोर्ड सदस्य राजेश गुरुङले मनाङलाई घरेलु मैदानको रुपमा पोखरा रंगशाला दिने निर्णय केन्द्रबाट हुनुपर्ने बताउँदै राखेपलाई सिफारिस गर्ने निर्णय भएको बताए ।

‘प्रदेशबाट निर्णय गर्दा समस्या पर्न सक्छ । प्रमाणपत्र दिने काम राखेपबाटै होस भनेर सिफारिस गरेका छौं ।’ गुरुङले खेलपाटीसंग भने ।

राखेपले गण्डकी प्रदेशको खेलकुद पूर्वाधार हेर्ने जिम्मेवारी बोर्ड सदस्य गुरुङलाई दिएको छ । संघीय संरचना अनुसार राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएपनि नियमावली तथा कार्यविधि बन्न सकेको छैन । ऐन कार्यान्वयनका लागि कार्यविधि जारी नहुदा जिल्ला र प्रदेशमा रहेका राखेपको पूर्वाधार कसको मातहत रहने भन्ने टुङ्गो लागिसकेको छैन । तत्कालका लागि राखेपले देशभरको खेलकुद पूर्वाधार आफ्नै मातहत राखेको छ ।

बोर्ड सदस्य गुरुङले मनाङको पोखरा आगमनसंगै खेलकुदको विकाससंगै गण्डकी प्रदेशको पर्यटनलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।

‘साहारा क्लबले पोखराको फुटबललाई लामो समयदेखि योगदान गरिरहेको छ । अर्को क्लब मनाङले पोखरा आउन चाहेको छ । कुनैपनि क्लबले पोखरामा खेलकुद आयोजना गर्दा यहाँको पर्यटनमा टेवानै पुग्छ । खेलकुदको विकास गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले भने ।

स्थापनाकालदेखी काठमाडौंलाई आधार बनाएर घरेलु फुटबल खेलिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्न चाहेको छ । व्यवसायीक फुटबललाई अघि बढाउन र एएफसीको क्लब लाइसेन्सिङ पुरा गर्न समेत काठमाडौंका क्लबलाई ढिलोचाँडो मोफसल झर्नुपर्ने बाध्यता छ । मनाङले सोही कारण पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्न चाहेको हो । मनाङ जिल्ला गण्डकी प्रदेशमा पर्ने हुनाले पोखरा रंगशाला आफ्नालागि उपयुक्त हुने क्लबको बुझाई छ ।

मनाङले घरेलु मैदानका लागि पोखरा रंगशाला उपलब्ध गराउन माग गर्दै राखेपमा निवेदन दिएको थियो । राखेप सदस्य सचिव रमेश सिलवालले घरेलु मैदानका लागि मनाङलाई स्विकृती प्रदान गर्दै जिल्ला खेलकुद विकास समितिमार्फत सम्झौता गर्न पत्राचार गरेका थिए ।

सोमबारको बैठकमा कस्तो प्रतियोगिताका लागि क्लबलाई मैदान उपलब्ध गराउने र मैदान सञ्चालन गर्दा लाग्ने खर्च कसरी ब्यहोर्ने विषयमा छलफल भएको थियो ।

राखेप बोर्ड सदस्य गुरुङले प्रतियोगिता र मैदान सञ्चालन खर्चको विषय केन्द्रबाट निर्णय हुनुपर्ने बताउदै घरेलु मैदानको प्रमाणपत्र समेत राखेपको केन्द्रिय नेतृत्वबाट हस्तान्तरण गर्दा उचित हुने राय राखेका थिए । अब ओलम्पिक भ्रमणमा रहेका राखेप सदस्य सचिव रमेशकुमार सिलवाल स्वदेश फर्किएपछि रंगशाला उपभोग गरेवापत क्लबले तिर्नुपर्ने न्युनतम शुल्क सहित घरेलु मैदानको प्रमाणपत्र हस्तान्तरणको काम हुने बताइएको छ ।

पोखरामा साहारा क्लबले आवसीय एकेडेमी सञ्चालन गरेर फुटबल गतिविधि अघि बढाइरहेको छ । साहाराले हरेक वर्ष आहा–रारा गोल्डकप समेत सञ्चालन गर्छ ।

मनाङले पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा प्रस्तुत गर्दा साहारा क्लबका केही पदाधिकारीले चित्त दुखाएका छन् ।

मनाङका एक पदाधिकारीका अनुसार पोखरा रंगशालानै मनाङ क्लबले लिने हो कि भन्ने गलत बुझाई देखिएको बताउँछन् । उनले मनाङले हरेक वर्ष खेल्ने केही खेलका लागि मात्र पोखरा रंगशालाको अनुमती मागेको बताउँछन् ।

‘घरेलु मैदानको रुपमा पोखरा रंगशालामा क्लबले केही सिमित प्रतियोगिताका खेल मात्र खेल्ने हो । रंगशालानै क्लबले लिने हैन । केही असमझदारी जस्तो देखिन्छ । तर मनाङले पोखरालाई आधार बनाएर फुटबल गतिविधि अघि बढाउन प्रदेशकै पर्यटन र फुटबल विकासमा टेवा पुग्छ ।’ मनाङका एक पदाधिकारीले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी