बुधबार, ०७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

पोखरा मनाङको ‘होम ग्राउण्ड’ हुने

मंगलबार, २२ असार २०७८हिम बिक्रम केसी
पोखरा मनाङको ‘होम ग्राउण्ड’ हुने

पोखरा रंगशालामा आहा रारा गोल्डकप खेल्दै मनाङको टिम । फोटो : खेलपाटी

mustang rice ad

काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई ‘होम ग्राउण्ड’ बनाउने भएको छ ।

पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाउने प्रस्ताव सहित मनाङले राखेप समक्ष प्रस्ताव गरेको थियो । क्लबको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहमती प्रदान गरेको छ ।

पछिल्लो निर्णयसंगै मोफसलमा जाने मनाङ पहिलो क्लब बन्ने भएको हाे ।

काठमाडौंलाई आधार बनाएर फुटबलमा लगानी गरिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने प्रयास थालेको छ । मनाङ जिल्ला गण्डकी प्रदेशमा रहेकाले समेत पोखरालाई घरेलु मैदान बनाउनुपर्ने छलफल क्लबभित्र हुने गरेको थियो । क्लबमा नयाँ कार्यसमिति आएसंगै प्रक्रिया अघि बढेको हो ।

‘सहिद स्मारक सहितका प्रतियोगिताका लागि क्लबले खेल्ने ‘होम गेम’ पोखरा रंगशालामा आयोजना गर्ने प्रस्ताव गरेको थियौं । राखेपको सहमतीसंगै चाँडै औपचारिक सम्झौता हुनेछ ।’ क्लबका उपाध्यक्ष बिजय घलेले खेलापाटीसंग भने ।

सम्झौता भएसंगै मनाङले राखेपबाट ‘होम ग्राउण्ड’को प्रमाणपत्र प्राप्त गर्नेछ ।

फुटबललाई बिकेन्द्रिकरण गर्नुपर्ने बहश घरेलु खेलकुदमा पुरानो बनिसकेको छ । तर काठमाडौं उपत्यकाबाट बाहिर नेपाली फुटबल पुग्न सकेको छ ।

नेपालमा खेलिने शीर्ष डिभिजनका लिगमा उपत्यकाकै क्लबको बर्चस्व रहेको छ । तर सबै खेल काठमाडौं उपत्यकामै हुने गर्छ ।

मनाङ र पोखरा रंगशालाबीचको विस्तृत सम्झौता भने गण्डकी प्रदेशमै हुनेछ । राखेप अन्तर्गतको जिल्ला खेलकुद विकास समितिसंग क्लबले औपचारिक सम्झौता गर्ने बताईएको छ ।

‘करिब ५ वर्षलाई प्रारम्भिक रुपमा पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा लैजाने प्रस्ताव छ । लिग सहितका अन्य प्रतियोगिता मनाङले पोखरामै खेल्ने गरि तयारी गरिरहेका छौं ।’ एन्फा कार्यसमिति सदस्य समेत रहेका घलेले भने ।

मनाङलाई एन्फाको सदस्य जिल्ला बनाउन सफल बनेका घले पछिल्लो समय क्लबलाई पोखरा लैजाने प्रक्रियामा लागेका छन् ।

गण्डकी प्रदेशकै जिल्ला भएका कारण पोखरामा मनाङ फुटबल क्लबका धेरै समर्थक छन् । आहा–रारा गोल्डकप लगायतका प्रतियोगितामा मनाङका समर्थकको ‘क्रेज’ देख्न सकिन्छ । समर्थकको सोही सद्भावलाई आधार बनाएर क्लबलाई थप व्यवसायीक र आत्मनिर्भर बनाउने मनाङको योजना छ ।

मनाङ घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो । क्लबले कीर्तिमान ८ पटक लिग उपाधि उचालेको छ । स्टार खेलाडीमा दिल खोलेर खर्च गर्ने र उपाधिमा सधै दाबेदारिता प्रस्तुत गर्ने परिचय मनाङले घरेलु फुटबलमा बनाएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

लय समात्दै जिसस

लय समात्दै जिसस

रियलको गोलको वर्षा

रियलको गोलको वर्षा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार