बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

जोर्डनविरुद्ध भरतको त्यो गोल

आइतबार, २३ जेठ २०७८खेलपाटी संवाददाता
जोर्डनविरुद्ध भरतको त्यो गोल

गाेल गरेपछि खुसी मनाउँदै फरवार्ड भरत खवास ।

Loading ad...
mustang rice ad

नमीन ढकाल ।

१० बर्ष अघि । सन् २०११ जुलाई २८ मा राष्ट्रिय फुटबल टोलीले एउटा अप्रत्यासित नतिजा आत्मसाथ गर्यो ।

नेपालले जोर्डनविरुद्ध १–१ गोलको बराबरीको नतिजा निकालेको थियो ।

चार दिनअघि जोर्डनसँग उसको घरेलु मैदानमा ९–० गोल अन्तरले नेपाल पराजित भएको थियो । यस्तो अवस्थामा नेपालले घरेलु मैदान दशरथ रंगशालामा जित वा बराबरीको नतिजा कल्पना गरेको थिएन ।

तर नेपालले घरेलु मैदानमा जोर्डनसंग १–१ गोलको बराबरीको नतिजा निकाल्यो ।

म्याच फिक्सिङका कारण खस्कदो नेपाली फुटबलका लागि जोर्डनविरुद्धको नतिजाले राहत दिएको थियो ।

ब्राजिल विश्वकपको लागि दोश्रो चरणको छनौट खेलमा वरीयता क्रममा ४५ स्थान माथिको जोर्डनसँग पहिलो लेगको नतिजाबाट नेपाली फुटबल पारखी निराश थिए । दोश्रो लेगमा नेपालले कम गोल अन्तर नतिजा अपेक्षा राखेको थियो ।

पहिलो लेगमा करिब १७ हजार जोर्डनी दर्शक समक्ष नेपाली टिम निरिह देखिन्थ्यो । एकपछि अर्को बलले नेपालको जाली चुम्दा खेल बाघ र बाख्राको लडाईझै देखिन्थ्यो । अधिकाश समय गोलरक्षक किरण चेम्जोङको बल रोक्नमै व्यस्त थिए । तर घरेलु दर्शक समक्ष चार दिनपछि जे नतिजा निस्कियो, त्यसको कल्पना न त तत्कालिन कप्तान सागर थापाले गरेका थिए, न प्रशिक्षक ग्राहम रोबर्ट्सले ।

नेपालको स्मरणीय नतिजाका नायक थिए, भरत खवास । भरतको गोलले नेपालले बराबरीको नतिजा निकालेको थियो । नेपाललाई मौसम र मैदानले पनि साथ दिएको थियो । बर्षाले हिलाम्मे बनेको मैदानमा भरतले ८० औ मिनेटमा बराबरी गोल फर्काएका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका भरतले गोलले नेपाललाई विश्वकप छनौटको तेश्रो चरणमा त पुर्याएन तर अवे मैदानको फराकिलो हारमा राहत दिने काम गर्यो । नवप्रवेशी इस्ट टिमोरमाथि दुई लेगमा ७–१ गोल अन्तरको जित निकाल्दै नेपालले विश्वकप छनोटको दोश्रो चरणमा प्रवेश पाएको थियो ।

यसरी भएको थियो त्यो गोल

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको जोर्डनले ६२ औ मिनेटमा नेपालको कमजोर डिफेन्सको फाइदा उठाउदै शहिद मोहम्मद मुरजानको हेड गोलबाट अग्रता बनाएको थियो । एक गोलले पछि परेको नेपाली टोलीमाथि जोर्डनले दबाब सृजना गरिरहेको थियो । तर हिलाम्मे मैदानको फाइदा नेपाली टोलीले उठायो । मैदानका कारण जोर्डनका खेलाडीले बललाई नियन्त्रणमा राख्न असफल देखिन्थे ।

६६ औ मिनेटमा बिराज महर्जन र भोला सिलवालको स्थानमा जुमानु राई र भरत मैदान प्रवेश गरे । ८० औ मिनेटमा सन्दिप राईले फ्रिकिकमार्फत सन्तोष साहुखललाई पास दिएका थिए । सन्तोषले पेनाल्टी बक्स बाहिर रहेका सुजल श्रेष्ठलाई क्रस दिए । तर सुजल भन्दा पहिला अनमार्क रहेका भरतले प्रहार गरिदिए । उनको प्रहार गोलरक्षक इलामैरेलाई बिट गराउँदै जाली चुमेको थियो । दशर्कको तालीले दशरथ रंगशाला गुञ्जयमान बनेको थियो ।

भरत यसरी सम्झन्छन्

‘जोर्डनको मैदानमा ९–० को फराकिलो हारले हाम्रो मनोबल गिरेको थियो । घरेलु मैदानमा कम्तिमा बराबरी वा कम गोल खाने रणनीति थियो ।’ भरत सम्झन्छन् ‘ घरेलु दर्शकको साथले मनोबल समेत बढेको थियो । तर एउटा अवसरलाई पुरा सदुपयोग गर्न पाए ।’

जोर्डनविरुद्धको दुवै लेगमा भरत वैकल्पिक खेलाडीको रुपमा बेञ्चमा थिए ।

‘सन्दिप (सन्दिप राई)को फ्रिकिकमा सन्तोष साहुखलले सुजल (सुजल श्रेष्ठ)लाई पास दिएका थिए । तर मैले भाई छाड्दे भनेर कल गरे । सुजलले बल छाड्यो । म स्पिडमा थिए । मार्कनै नरहेको अवस्थामा आएर हानेको गोलनै भयो ।’ उनी सम्झन्छन् ‘त्यो गोल गरेपछि हजारौ दर्शकबीच खुशीको वर्णननै गर्न सक्दिन ।’

८ वर्षपछि १५ अक्टोबर सन् २०१९ मा अम्मानमै विश्वकप छनोटको पहिलो लेगमा नेपालले जोर्डनसँग ३–० को पराजय भोग्दा भरत टिममा थिएनन् । चोटका कारण राष्ट्रिय टोलीमा नअटाएका उनी दोश्रो लेगमा समेत मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नजरमा परेनन् । जोर्डनविरुद्धको त्यो नतिजाको साक्षी किरण चेम्जोङ र रोहित चन्द मात्र अहिले राष्ट्रिय टोलीमा छन् । त्यो समय गोलरक्षकको भूमिकामा मात्र रहेको उनी अहिले कप्तानको भूमिका निर्वाह गरिरहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी