बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

आशिषको धैर्यता

बुधबार, १२ जेठ २०७८दिपेश तिमल्सिना
आशिषको धैर्यता
Loading ad...
mustang rice ad

काठमाडौं । ‘धैर्य गर्नुपर्छ । समर्पण र अनुशासनबाट आफुलाई प्रमाणित गर्नुपर्छ । तपाई खस्नुभयो भने उठ्नुहोस् र विश्लेषण गर्न सुरू गर्नुहोस् ।’ आशिष लामाले एक भेटमा यस्तै भने ।

सुन्दा लाग्छ, उनी कुनै दर्शनको ब्याख्या गर्दैछन् । जीवनलाई नजिकबाट बुझेका छन् ।

लामो संघर्षबाट राष्ट्रिय टोलीमा स्थान बनाएका आशिषको खेल जीवनमा दुखकै हिस्सा बढी लेखिएको छ । जीवनका हरेक परिक्षाका उत्तर उनले धैर्यताले दिएका छन् ।

उत्कृष्ट फर्ममा हुदाँ समेत राष्ट्रिय टिमबाट फालिएका आशिष यस पटक अब्दुल्लाह अलमुताइरीको २३ सदस्यीय टोलीमा अटाउन सफल भए । भर्खरै सम्पन्न नेपाल सुपर लिग (एनएसएल) र मोफसलका गोल्डकपमा प्रदर्शनका आधारमा अलमुताइरीको टोलीमा आशिष अटाएका हुन् ।

एनएसएल अघि प्रशिक्षक अलमुताइरीको पहिलो टोलीमा आशिष थिएनन् । एनएसएल लगत्तै उनलाई अमुताइरीले राष्ट्रिय टोलीमा बोलाए । हेडिङमा चुस्त देखिएका आशिष बक्सभित्र पनि चतुर खेलाडी मानिन्छन् । बक्स बाहिरबाट पनि उनको प्रहार शक्तिशाली हुने गर्छ । सायद अलमुताइरीले त्यही देखे । आशिष पुन: एकपटक राष्ट्रिय टोलीमा अटाएका छन् ।

पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट लयमा देखिएका उनीले राष्ट्रिय टोलीको सपना नदेखेका हैनन् । तर उनले स्थान भने सुरक्षित गर्न सकेनन् । उनले पछिल्लो सिजनको ‘ए’ डिभिजन लिगका १३ खेलमा सर्वाधिक ९ गोल गरेका थिए ।

लिगका दौरान आशिष प्रशिक्षकले मुल्याङ्गकन गरेका फरवार्डमा पहिलो रोजाईमा थिए । टोलीले राम्रो प्रदर्शन गर्न नसके पनि उनले लिगमा सर्वाधिक गोल गरेका थिए । लिगका सर्वाधिक गोलकर्ता बने पनि उनले विधागत पुरस्कारै पनि पाउन सकेनन् ।

लिगमा उत्कृष्ट प्रदर्शनकै कारण तकालिन प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको बन्द प्रशिक्षणमा उनलाई बोलाएका थिए । लगत्तै कोरोना महामारीले उग्ररुप लिएपछि विश्वकप छनोटको खेल र तयारी स्थगित भयो । प्रशिक्षक कालिन स्वदेश फर्किए । कोरोनाको कहरका बीच उनी नेपाल फर्किन मानेनन् । उतैबाट राजीनामा दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नोभेम्बर २०२० मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने योजना बनायो । बालगोपाल महर्जनलाई टोलीको कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दियो । बंगलादेश जाने टोलीको बन्द प्रशिक्षणमा आशिष पनि थिए । तर उनी अन्तिम टोलीमा अट्न सकेनन् ।

बन्द प्रशिक्षणमा बोलाइएका ३४ खेलाडी मध्य २६ खेलाडी बंगलादेश जाने भए । नयाँ अनुहारलाई टोलीमा राख्दै २५ खेलाडी सम्मिलित टोली बंगलादेश गएको थियो । त्यसमा आशिष भने थिएनन् ।

‘बंगलादेश भ्रमणका लागि उत्साहीत थिए । किनकी कोरोना कहरका बीच हामी अन्तराष्ट्रिय फुटबल खेल्दै थियौं । तर टोलीमा अटाउन सकिन ।’ उनले भने, ‘त्यो बेला मेरो रूममेटलाई कोरोना पोजेटिभ देखियो । सम्पर्कमा परेपछि टोलीबाट बाहिरिए ।’

खास भएको के थियो ?

बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मिति तय गर्दै एन्फाले ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि दशैं लगत्तै काठमाडौं बोलायो । सबै खेलाडी बन्द प्रशिक्षणमा सहभागी भए । एक साता चलेको बन्द प्रशिक्षणको क्रममा राष्ट्रिय फुटबल टोलीको दुईपटक कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा पाँच खेलाडीलाई कोरोना संक्रमण देखियो । दोस्रो परिक्षणमा थप दुई खेलाडीमा संक्रमण देखियो ।

बंगलादेश प्रस्थान गर्नु अघि भरपर्दा मिडफिल्डर रोहित चन्द चोटका कारण खेल्न नसक्ने भए । उनी लगायत आठ खेलाडी विभिन्न कारण बंगलादेश भ्रमणबाट वञ्चित भए । बन्द प्रशिक्षणका क्रममा आशिषका रुममेट अभिषेक रिजाललाई कोरोना संक्रमण पुष्टि भयो । सम्पर्कमा रहेका आशिषलाई बंगलादेश भ्रमणबाट बाहिर राखियो । तर आशिषको दुवै पटकको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । गोलरक्षक विकेश कुथु समेत कोरोना संक्रमित भए । उनका रुममेट विकास खवास भने टोलीमा सहभागी भए । आशिष भने अभागी सावित भए ।

‘त्यो समयनै खराब थियो । परिस्थिती आफु अनुकुल थिएन । म केवल हेर्न मात्र सक्थे । तर अब मौका पाएको छु । प्रमाणित गर्न मेहनत गर्नेछु ।’ उनले भने ।

लगत्तै नेपालमा आयोजना भएको त्रिदेशीय फुटबल प्रतियोगितामा समेत आशिषले राष्ट्रिय टिममा मौका पाएनन् । मुख्य प्रशिक्षक महर्जनले उनलाई टिममा राखेनन् । त्रिदेशीय प्रतियोगितामा नेपालले सुरुवाती खेलमा गोलकै लागि संघर्ष गर्नुपरेको थियो । तर लिग फुटबलमा सर्वाधिक गोलकर्तालाई प्रयोग गर्न महर्जन हच्किए ।

‘सबै चुनौतीको सामना गर्न दृढ हुनुपर्छ । किनकी एउटा खेलाडीको करियरमा राम्रो र खराब दुवै समय आउँछ । शीर्षमा पुगे पछि तल झर्नुपर्छ, अहंकारी हुनुहुन्न । तर उपलब्धिबाट टाढा हुनु हुँदैन ।’ उनी भन्छन् ।

आशिषको फुटबल यात्रा

आशिषले स्कूल–स्तरीय प्रतियोगिताबाट फुटबल यात्रा सुरु गरेका थिए । उनले एनआरटीबाट यू–१४ च्याम्पियनशिप खेले । टोली च्याम्पियन समेत बन्यो ।

एनआरटीबाट उमेर समूहको फुटबल करियर सुरु गरेका आशिषले टुसाल युथ क्लब, ब्वाइज युनियन क्लब, हिमालयन शेर्पा क्लब, मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेले । त्यपपछि उनी विभागीय टोली एपीएफमा प्रवेश गरेका थिए । हाल उनी एपीएफका मुख्य फरवार्ड हुन् ।

राष्ट्रिय टोलीमा भने आशिषको यात्रा लामो छैन । उनले पहिलो पटक सन् २०१९ मा राष्ट्रिय टोलीमा अवसर पाएका थिए । तत्कालिन प्रशिक्षक योहान कालिन पोखराको सफल पोखरा कप हेर्न पुगेका थिए । आशिषको प्रदर्शनबाट प्रभावित कालिनले आशिषलाई राष्ट्रिय टोलीमा बोलाए । उनकै प्रशिक्षणमा आशिषले सन् २०१९ मा कुवेतविरूद्धका दुई मैत्रीपूर्ण खेलमा नेपालको प्रतिनिधित्व गरे ।

‘पहिलो मैत्रीपूर्ण खेल खेलिसकेका थियौ । दोस्रो मैत्रीपूर्ण खेलको एक दिन अघि कालिनसँगै खाना खाईरहेका थियौं । कोचले दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछौं भनेका थिए । देशका लागि सिनियर टोलीबाट खेल्ने सपना पुरा गर्न उत्साहित थिए । त्यो सपना पनि पुरा गर्न मौका पाए ।’

आशिष आफ्नो फुटबल करियरमा खासै सुनौलो दिन नभएको बताउँछन् । धेरै क्लबका लागि खेलेको भएपनि फरवार्ड भएकाले गोल नगर्दा कसैले याद नगर्ने उनी बताउँछन् ।

‘धेरै क्लबका लागि खेलिसकेको छु । म स्ट्राइकर हु । मलाई थाहा छ, स्ट्राइकरले गोल गरेपछि मात्र मान्छेले याद गर्नेछन् । चिन्नेछन् । फुटबल यस्तो प्रतिस्पर्धा हो, गोलको खडेरी पर्यो भने कसैले याद गर्दैनन् ।’ उनी भन्छन्, ‘फुटबल खेल्छु भनेर आफुमाथि विश्वास थियो । तर शुरुका दिनमा धेरै समय बेन्चमा खर्च गर्नु पर्यो । यस्ता विषयले मानसिक तनाव दिन्छ तर धर्य गर्नुपर्छ ।’

आशिष सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा - Khelpati

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी