बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

औषत २३ वर्षको राष्ट्रिय टिम

बुधबार, ०५ जेठ २०७८नमीन ढकाल
औषत २३ वर्षको राष्ट्रिय टिम
Loading ad...
mustang rice ad

काठमाडौं । कुवेती प्रो लाईसेन्स प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा विश्वकप छनोट र ईराकसंगको मैत्रीपूर्ण खेलका लागि अन्तिम २३ खेलाडी छनोट गरेका छन् ।

प्रशिक्षक अब्दुल्लाहले मंगलबार फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँगको खेल र ईराकसंगको मैत्रीपूर्ण खेलका लागि अन्तिम खेलाडी छनोट गरेका हुन् ।

यसअघि प्रशिक्षक अब्दुल्लाहले नेपाल आगमनसँगै ३२ खेलाडी नाम सार्वजनिक गरेका थिए । उनले जेठ १ गते सकिएको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)सँगै केही नयाँ खेलाडीको नाम झिकाएर चोट बोकेका खेलाडीलाई बाहिर राखेका हुन् ।

पहिलो प्रारम्भिक छनोटमा अजित भण्डारी, सुजल श्रेष्ठ, तेज तामाङ, विकेश कुथु, संजोक राई, छिरिङ गुरुङ, त्रिदेभ गुरुङलाई बाहिर राखेका प्रशिक्षक अब्दुल्लाहले अन्तिम छनोटमा भरत खवास, रंजित धिमाल, रवि पासवान, दर्शन गुरुङलाई समेत टिममा नलिने निर्णय गरे । उनले निशान खड्का, विवेक बस्नेत, नितिन थापालाई पनि अन्तिम ३२ मा समेटेनन् ।

प्रशिक्षक अब्दुल्लाहले आफ्नो पहिलो प्रशिक्षणमा आधा दर्जन खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा अवसर दिएका हुन् । उनले मनिष डांगी, सुरज सिह ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र विशाल सुनारलाई पहिलो पटक स्थान दिएका हुन् । नयाँ अनुहारका रुपमा राष्ट्रिय टिममा परेका खेलाडीले एनएसएलमा प्रभावशाली प्रदर्शन गरेका थिए ।

मनिष र सुरजले एनएसएलमा विराटनगर सिटी एफसी, गौतम श्रेष्ठ, कमल थापा र आयुष घलानले पोखरा थण्डर्सबाट खेल्दा विशाल सुनारले एफसी चितवनबाट खेलेका थिए ।

प्रशिक्षक अब्दुल्लाहले सार्वजनिक गरेको नामावलीसँगै नेपाली टोली सम्भवतः हालसम्मकै युवा टोली देखिएको छ । प्रशिक्षक अब्दुल्लाहले बोल्ड निर्णय लिँदै नयाँ खेलाडीलाई अवसर दिएका हुन् । योसँगै गतवर्ष राष्ट्रिय टोलीबाट डेब्यु गर्ने चार खेलाडी बाहिर रहेका छन् । विगत एक दशकदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडी समेत टोलीबाट बाहिर रहे ।

सम्भवतः प्रशिक्षक अब्दुल्लाहले घोषणा गरेका टोली सन् २००५ मा पाकिस्तानमा भएकोसाउथ एसियन गोल्डकप पछिको युवा टोली हो । सो समय एन्फा ब्याजका १९ वर्ष मुनिका प्रायः खेलाडीले खेल्ने मौका पाएका थिए । प्रतियोगितामा ७ खेलाडीले डेब्यु अवसर पाएका थिए ।

हाल राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षक रहेका विकाश मल्लसँगै, विषन गौचन, हाल फिफा प्रतिबन्धमा रहेका अन्जन केसी, प्रदिप महर्जन, राजु तामाङ, जनकसिंह थारु र लोकबन्धु गुरुङले सागमा तत्कालिन समयमा डेब्यु गरेका थिए । सातै खेलाडी तत्कालिन समय १९ वर्षका मात्रै थिए ।

हाल अब्दुल्लाहले घोषणा गरेको युवा टोलीलाई समेत त्यसपछिको सबैभन्दा कम उमेर समूहको टोली मानिएको छ । उनले घोषणा गरको टोलीको औसत उमेर २३ दशमलब ४७ रहेको छ ।

हाल घोषणा गरेको खेलाडीमा धेरै उमेरका कप्तान किरण कुमार लिम्बु हुन् । उनी ३१ वर्षका हुन् । सबैभन्दा कम उमेरमा युवा मिडफिल्डर आयुष घलान रहेका छन् । उनी जम्मा १७ वर्षका हुन् ।

युवा गोलरक्षक विशाल सुनार १९ वर्षका छन् । विकास खवास र मनिष डांगी समान २० वर्षका हुन् । धेरै उमेरमा किरणसँगै नवयुग श्रेष्ठ ३१ वर्ष, रोहित चन्द २९ र विशाल श्रेष्ठ २८ वर्षका छन् ।

अन्य खेलाडीको उमेर भने २१ बाट २५ सम्म रहेको छ । औषतमा नेपाली खेलाडीको उमेर २३ दशमलब ४७ रहेको छ ।

यसअघिनै प्रशिक्षक अब्दुल्लाहले नेपाली फुटबल विकासको लागि युवा खेलाडीलाई अवसर दिनुपर्ने बताएका थिए । उनले युवा खेलाडीलाई अवसर दिएका हुन् ।

अनुभवी खेलाडीलाई बाहिर राखेर अब्दुल्लाहले फिफा विश्वकपको छनोटको बाँकी खेल र मैत्रिपूर्ण खेलमा नयाँ खेलाडीलाई तयारी गरेका छन् ।

नेपालले मे २९ मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्दै विश्वकप छनोटको बाँकी खेलको यात्रा तय गर्नेछ ।

इराकसँगको मैत्रिपूर्ण खेलपछि नेपालले फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाईनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।


नेपाली टिम र उमेर :

गोलरक्षक : किरण चेम्जोङ–३१, विशाल सुनार–१९, दीप कार्की–२३

डिफेन्डर: रोहित चन्द–२९, अनन्त तामाङ–२३, दिनेश राजवंशी–२३, गौतम श्रेष्ठ–२१, सुमन अर्याल–२१, विकास खवास–२०

मिडफिल्डर : विशाल राई–२८, मनिष डाँगी–२०, एरिक विष्ट–२१, कमल थापा–२३, सन्तोष तामाङ–२७, सुमन लामा–२५, सुनिल बल–२३, सुरज जिउ ठकुरी–२१, पुजन उपरकोटी–२५, आयुष घलान–१७

फरवार्ड : अभिषेक रिजाल–२१, अन्जन विष्ट–२३, नवयुग श्रेष्ठ–३१, आशिष लामा–२५

सन् २००५ साउथ एसियन गोल्डकप खेल्ने नेपाली टिम :

गोलरक्षक : उपेन्द्रमान सिंह (कप्तान ), रितेश थापा, बिकास मल्ल डिफेण्डर : राकेश श्रेष्ठ , जनक सिंह थारु, टाशी छिरिङ, सागर थापा, लोक बहादुर गुरुङ, अन्जन केसी मिडफिल्डर : नवीन न्यौपाने, राजेश खड्गी, प्रदिप महर्जन, बिषन गौचन, बिजय गुरुङ, राजु तामाङ, प्रलय राज भण्डारी, स्ट्राइकर : हरि खड्का, सुरेन्द्र तामाङ, रमेश बुढाथोकी, वसन्त थापा प्रशिक्षण - तोशिहिको शिओजावा (जापान)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी