आइतबार, १४ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुदको बजेट भनेको पूर्वाधार मात्र हैन !

शुक्रबार, २३ जेठ २०७७खेलपाटी संवाददाता
खेलकुदको बजेट भनेको पूर्वाधार मात्र हैन !
Loading ad...
mustang rice ad

निलेन्द्रराज श्रेष्ठ ।

काठमाडौं । गत आर्थिक वर्षको भन्दा खेलकुदको बजेट झण्डै डेढ अर्ब कम छ । बजेट बढाउँदै लैजान पर्ने हो । तर गत वर्ष भन्दा घटेको देखिन्छ । अब बन्ने बजेट समेत अघिल्लो आर्थिक वर्षको आधारमा बन्ने हो । यस हिसाबले खेलकुद क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा राज्यले लिएन भन्ने देखिएको छ ।

खेलकुद भनेको पूर्वाधार मात्र हो भन्ने सोच देखिएको छ । पदक जित्ने सानो खेलाडीको समूहलाई मात्र खेलकुद मानिएको छ । त्यो पटक्कै हैन । खेलकुद भनेको भविष्यका राष्ट्रिय अर्थतन्त्रलाई साथ दिने बिषय हो । राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने हिसाबले राज्यले अझैपनि लिएको देखिएन ।

कोभिड–१९ (कोरोना भाईरस) ले प्रभाव पारेको दुई महिना पुगेको छ । खेलाडी घरमा थुनिएका छन् । खेलाडीले अभ्यास गर्न सकेका छैनन् । बाहिर निस्कन सकेका छैनन् । जसरी उद्योग, ब्यापार खुलेका छन्, अब खेलकुदलाई समेत खोल्नपर्छ । पछिल्ला दुई महिनामा खेलाडी जुन स्तरमा थियो, त्यो स्तरमा आउनै नसक्ने अवस्था बन्न सक्छ । कतिपय खेलाडीले कोरोनाकै कारण खेलबाट सन्यास लिनुपर्ने हुन सक्छ ।

खेलकुदमा एक पुस्ताले योगदान गरिरहेको छ । अहिलेको पुस्ता बाहिर निस्कदै गर्दा, अर्को पुस्ताको विकास गर्नु पर्छ । त्यसका लागि बजेटमा के कार्यक्रम रहेका छन् ? त्यो कार्यक्रममा बजेट कति राखेको छ ? मुख्य प्रश्न यही हो ।

कोरोनाले राष्ट्रिय प्रतियोगिता तत्काल असम्भव छ । अन्यतर्राष्ट्रिय स्तरमा हुने प्रतियोगिताको कुरै छाडौ । कोरोनाबाट खेलकुदलाई बचाउने बिषयमा बजेटमा सोच्न पर्दथ्यो । खेलकुद धरासायी बन्न लागेको छ । यसलाई टेवा दिन आवश्यक छ ।

खेलकुदलाई चलाएमान बनाउने संघहरुलाई हेरौं । परिषद्ले २–४ लाख दिएर बस्ने गरेको छ । संघले आत्मनिर्भर भएर खेलाडी उत्पादन गरिरहेको छन् । प्रतियोगिता गरेर, अलिकति पैसा कमाएर संघहरु चलेका छन् ।

खेलाडीको हकमा प्रतियोगिता खेलेर तलब र पुरस्कार पाउन थिए । क्लबहरुले प्रतियोगिता खेल्न पाएका छैनन् । अब खेलाडीलाई कसरी तलब दिने भन्ने चिन्ता छ । अब संघ चलाउन पैसा कहाँबाट आउँछ ? बजेटले सम्बोधन गर्नुपर्ने थियो ।

विस्तारै व्यापार, ब्यवसाय सञ्चालन गर्ने योजना बनेको छ । कोरोनाको प्रभावले खेलकुदलाई धरासायी बन्न दिन हुँदैन । प्रतियोगिता खेल्ने, अभ्यास गर्ने दृष्टिकोणबाट मात्र खेलकुदलाई हेर्न हुँदैन । खेलकुद स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको बिषय हो ।

साना बालबालिकालाई खेलकुदसंग जोड्नुपर्ने चुनौती छ । हस्पिटल बनाउने काम हाम्रो हैन, तर जनस्वास्थ्य राम्रो बनाउने दायित्व हाम्रो हो । यस कोणले कोरोनाबाट कसरी जोगाउने भन्ने कार्यक्रम र बजेट आएको देखिदैन । दुई चार रंगशाला बनाउने बिषयलाई सधै बजेटसंग दाज्यौ ।

जस्तै एक उदाहरणनै लिउ,

सरकारले उच्च पर्वतीय खेलकुद तालिक केन्द्र स्थापना गर्ने भनेको छ । तर नेपाली खेलाडीलाई त्यो आवश्यकनै छैन । कसका लागि बनाउने भन्ने महत्वपूर्ण छ । नेपाली खेलाडीलाई अभ्यास गर्ने ठाउँ अहिलेपनि छ । संसारमा नभएको उचाई नेपालमा छ । हामी बनाउन सक्छौ ।

अमेरिकाले पैसा भएर पनि बनाउन सक्दैन । हामी बनाउन सक्छौ । तर हामीले विश्वका उच्च स्तरका खेलाडी नेपाल आएर अभ्यास गर्न सक्ने बनाउनुपर्छ । त्यसले आम्दानी पनि गराउँछ । तर सबै कुरा बजेटले निर्धारण गर्छ । कति खर्च गर्ने, कस्तो बनाउने भन्ने महत्वपूर्ण कुरा हो । एक करोडमा समेत बनाउन सकिन्छ । हामीले कुन स्तरको बनाउने भन्ने महत्वपूर्ण कुरा हो ।

कोरोनाले व्यापार, उद्योग सहित सबै क्षेत्रलाई प्रभावित बनाएको छ । त्यसको सबैभन्दा बढी प्रभाव खेलकुदमा देखिएको छ । अझ खेलकुदमा गुणात्मक प्रभाव देखिन्छ ।

बालबालिकाले खेल्न पाएन भने मनोबैज्ञानिक असर पर्छ । त्यसले स्वास्थ्यमा असर गर्छ । देशले धेरै वर्ष यसको प्रभाव भोग्नुपर्ने हुन सक्छ । हामीले प्रर्दशन र नतिजा गर्ने कोर्सको हिसाबले मात्र हेर्यौ, तर खेलकुद त्यो मात्र हैन ।

बालबालिका लक्षित कति प्रतियोगिता तथा कार्यक्रमहरु कटौती गरिएका छन् । त्यसले बालबालिकाले खेकलुदमा सहभागि बन्ने, प्रर्दशन गर्ने र आफुलाई विकास गर्ने कुरामा असर गर्छ ।

(सदनमा छलफलकाे क्रममा रहेकाे बजेटमाथि नेपाल ओलम्पिक कमिटिका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठसंग गरिएकाे कुराकानीका आधारमा)

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

टेस्ट मान्यताको सम्भावनातर्फ नेपाल

‘बहुरुपी’ रोनाल्डो !

‘बहुरुपी’ रोनाल्डो !

सजग एनरिके

सजग एनरिके

Loading ad...
xTreme Energy Drink
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा

उत्कृष्ट मेसी

उत्कृष्ट मेसी

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

एसिया कपको ढोका खोल्ने अभियानमा नेपाल

प्रतिफल नपाएको टोटेनह्याम

प्रतिफल नपाएको टोटेनह्याम

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

रियलको पहिलो प्रतिद्वन्द्वी इन्टर

अभागी लिभरपुल

अभागी लिभरपुल

बारकोला लिभरपुल जाने

बारकोला लिभरपुल जाने

अन्तिम खेलमा पनि नेपाल पराजित

अन्तिम खेलमा पनि नेपाल पराजित