सोमबार, मंसिर २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

नाईट क्लबमा सेटिङको आशंका !

शनिबार, कार्तिक ३०, २०७६खेलपाटी संवाददाता
नाईट क्लबमा सेटिङको आशंका !
Classic Tech Internet Ad

काठमाडौं । शनिबार बिहानै अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक अप्रिय निर्णय गर्यो । स्टार फरवार्ड विमल घर्तिमगर सहित चार खेलाडीलाई कारबाही गर्दै राष्ट्रिय टिमबाट निकाल्यो ।

अर्थात, विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्न भुटान जाने टिमबाट चार खेलाडी निकालिए । कारबाही भोग्ने खेलाडीमा विमल सहित अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी छन् ।

कारण, चारै जना खेलाडीले रातको समय नाईट क्लबमा बिताएका थिए, रक्सी पिएका थिए । ठमेलका धेरै क्लब डुलेर रात कटाएका थिए । रक्सीको नशा उत्रन नपाउँदै चारै खेलाडी बिहान बिदाई कार्यक्रममा सहभागी हुन एन्फा पुगेका थिए ।

चारै खेलाडीलाई मुख्य प्रशिक्षक योहान कालिनले बोलाएर सोधपुछ गरे । चारै खेलाडी रक्सीले गन्हाएका थिए । चारै खेलाडीले रातको समय क्लबमा बिताएको स्विकारे ।

खेलाडीको मुख र शरिरबाट निस्किएको रक्सीको गन्ध त्यसकै प्रमाण थियो । उनीहरुको अनुहार र शरिरमा चोट लागेको थियो । रातको समयमा वाईक दुर्घटना भएको उनीहरुले बताए ।

त्यसो त प्रशिक्षक कालिनले खेलाडीले रातको समयमा एन्फा होस्टेल छोडेको पहिल्यै थाहा पाईसकेका थिए । उनले एन्फा पदाधिकारीसंग छलफल गरे । अन्तत चार जना खेलाडीलाई तत्काल बाहिर राख्दै बाँकी टिम भुटान उड्यो । चार जना खेलाडी तत्काल टिमबाट बाहिर निकालिए ।

यसअघि एन्फाले खेलाडीलाई गल्तीलाई लुकाउने भुमिका खेल्ने गरेको थियो । खेलाडीलाई अनुशासनको दायरामा राख्न नसक्दा नेतृत्वको बारम्बार आलोचना समेत हुने गरेको थियो । तर यसपटक एन्फाले चारै खेलाडीलाई टिम बाहिर राख्ने निर्णय थियो ।

यसअघि समेत विमल घर्तिमगर, अन्जन विष्ट, विशाल राई र हेमन्त थापा मगर लगायतका खेलाडी राष्ट्रिय टिममा रहेको समय रातको समयमा नाईट क्लबमा भेटिएका थिए ।

रक्सीले मातिएर रातको समयमा एन्फा पुगेर गेटमा लात्ति बजारेको भिडियो फुटेज एन्फासंग अझै सुरक्षितनै छ ।

तर तत्कालिन समय एन्फाले खेलाडीलाई जोगाउँदै कारबाही गर्नुपर्ने सबै खेलाडीलाई एसियन गेम्सको छनोट खेल्न पठाएको थियो ।

तर यसपटक एन्फा कठोर देखियो ।

आखिर किन त ?

यसको खास कारण छन् ।

टिम शनिबार भुटान जाने पक्का थियो ।

तर अघिल्लो दिन रातको समयमा खेलाडीहरु ठमेल र दरबारमार्गको नाईट क्लबमा भेटिए ।

देशलाई विश्वकप छनोटमा अघि बढाउने जिम्मेवारी पाएका खेलाडीले किन राष्ट्रप्रति गद्वार गरे ?

होस्टेल छाडेर अनुमती बिना ठमेल र दरमार्गमा किन समय बिताए ?

घरेलु फुटबलको सर्वोच्च निकाय एन्फाले यस घटनालाई सामान्य रुपमा हेरेको छैन ।

भुटान जाने अघिल्लो दिन खेलाडी रातको समयमा हराउनुलाई एन्फाले कुवेतसंगको खेलसंग जोडेर अनुसन्धान गर्ने भएको छ ।

अर्थात एन्फाले खेलाडीहरु रातको समयमा बाहिर रहनुलाई कुवेतविरुद्धको खेलमा सेटिङ भएको हुन सक्ने आशंका गरेको छ ।

घटनालाई प्राथमिकतामा राख्दै एन्फाले यसको शुष्म अनुसन्धान अघि बढाउने भएको छ ।

स्रोतका अनुसार विश्वकप छनोटको महत्वपुर्ण खेलको अगाडी रातको समयमा टिमका महत्वपुर्ण खेलाडी नाईट क्लबमा भेटिनुलाई निकै शंकास्पद रुपमा हेरिएको छ ।

सोही कारण मुख्य चार खेलाडीलाई टिम बाहिर राख्दै एन्फाले घटनाको थप अनुसन्धान अघि बढाउने निष्कर्शमा पुगेको हो ।

‘रातको समय खेलाडी बाहिर रहनुले धेरै शंका गर्ने ठाउँ दिएको छ । कुवेतसंगको म्याच अगाडी केही छ कि भन्ने देखिन्छ ।’ एन्फा स्रोतले भन्यो, ‘सोही कारण खेलाडीलाई टिम बाहिर राख्दै थप अनुसन्धान अघि बढाउने निर्णयमा पुगेका छौ ।’

नेपालले पहिलो लेगको खेल कुवेतको घरेलु मैदानमा खेलेको थियो । सो खेल नेपालले ७–० ले गुमाएको थियो । त्यसको ६ महिना अघि मात्र नेपालले कुवेतसंग दुई वटा मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

पहिलो खेल गोल रहित बराबरीमा खेलेको नेपालले दोस्रो खेल १–० ले गुमाएको थियो । त्यो गोल समेत पेनाल्टीमा सम्भव भएको थियो ।

तर त्यसको ६ महिनापछि खेल्दा नेपालको ७–० को हारले धेरै प्रश्न उब्जाएको थियो । स्वयम एएफसीले समेत सो खेलको सुष्म तरिकाले अनुसन्धान गरिरहेको छ ।

सो खेलको नतिजालाई लिएर मुख्य प्रशिक्षक कालिन आफै स्तब्ध थिए । सो खेलमा केही खेलाडीका हर्कतहरु अस्वभाविक देखिएको एएफसीको शंका छ ।

खेलको कुनैपनि समय सम्हालिन नसकेको नेपालको प्रर्दशन साच्चिकै बिर्सनलायक थियो ।

तर त्यसको पाँच दिनपछि चाईनिज ताईपेको घरेलु मैदानमा नेपालले शानदार नतिजा निकाल्यो । सो खेल नेपालले २–० ले जितेको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए ।

कुवेतविरुद्वको पहिलो लेगको खेलमा अस्वभाविक नतिजा निस्कनु र दोस्रो लेगको खेल अगाडी रातको समयमा खेलाडी हराउनुलाई संगसंगै जोडिएर हेरिएको छ ।

सोही कारण कालिनले टिमका मुख्य चार खेलाडीलाई बाहिर राख्ने जोखिम लिएको एन्फाका एक अधिकारी बताउँछन् ।

पछिल्लो समय राष्ट्रिय फुटबल टिमको प्रर्दशनमा एकरुपता छैन । हरेक खेलमा केही खेलाडीको प्रर्दशन समेत फरक देखिन थालेको छ । सोही नतिजाले एन्फालाई चिन्तित बनाएको छ ।

नाईट क्लबमा खेलाडी भेटिएको घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएर एन्फाले राष्ट्रिय टिमबाट हटाईएका खेलाडीलाई थप कारबाहीको तयारी गरेको छ ।

कारबाहीमा परेका खेलाडीमा विमल फरवार्ड, दिनेश डिफेन्डर र अन्जन, सन्तोष मिडफिल्डर पोजिसनबाट खेल्ने गर्छन् ।

याे पनि,

दोहाेरियो 'डिस्को' काण्ड – विमल सहित चार खेलाडी बर्खास्त

 

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

Bajaj Pulsar Motorcycle Ad
महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

 यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

यु-१७ एसियन कप छनोटमा नेपालले पहिलो खेल सिरियासँग खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

पहिलो खेलमै जनकपुरको लज्जास्पद हार

काठमान्डुलाई सामान्य लक्ष्य

काठमान्डुलाई सामान्य लक्ष्य

ग्याब्रियल घाइते

ग्याब्रियल घाइते

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड